न शिक्षकले कोरोना ल्याए न पढाउदिनँ भने
गालीका वर्षालेे सर्वत्र सामाजिक सञ्जाल भरिए
सँगै हात्तीछाप लगाइ हिँडेका मित्र खुसुक्क सिंहदरबार छिरे
हात्तीछाप छोडेर गर्जदै सिंह भएर निस्किए ।।१।।
अझैसम्म हात्तीछाप लगाउने शिक्षक त्यही छापमै अडिए
कराउँदैै सिकाउँदा घाँटीको क्यान्सर भइ लडे
हात्ती ,सिंहको उपचार थाइल्यान्ड र अमेरिकामा
पाएन रोगी शिक्षकले ठाउँ क्यान्सर अस्पतालमा ।।२।।
एकोहोरो करायो उन्नति,समृद्धिको छलाङ मार्नुपर्छ
तिमी देशभक्त, राष्ट्रसेवक भइ सुरक्षा गर्नु पर्छ
तिमी नै राष्ट्र निर्माता हौ भनी प्रेरणा दिइरहयो
प्रेरित हुँदै तिनैले प्रेरकको घाँटी नै रेटिदियो ।।३।।
कोरोना कहरमा अनलाइन पढाउनुपर्छ भनी
मालिकको गर्जनले पढायो ल्यावटप ऋणमा किनी
इन्टरनेट जोड्यो बीसहजारमा ल्यावटप,मोबाइल असी
एक दिन तलव आउँछ तिर्छु भन्दै पढायो घरै बसी ।।४।।
अरूलाई शोषण गरी फुलेका ती हाँडीघोप्टे भुँडीले
उठायो पैसा जोड्यो घडेरी तलव दिन विर्सियो त्यसले
विचरा! शिक्षकले महिनै पिच्छे भित्तेपात्रो पल्टायो
घरैबसी पढाउनेलाई केको तलव भनी थर्कायो ।।५।।
किनेका ती सामानको ऋण तिर्ने कसरी होला ?
घरबारी नै बेची तिर्नपरे विचरा मन कति रोला ?
नीति न गति भएको देशको हामी अभागी शिक्षक
कहिलेसम्म सुन्नुपर्ने होला अक्षमताको लामो गीत? ।।६।।
असक्षम नेताको चुट्किलामा हाँस्न पल्केकाहरू
माटो सुहाउँदो शिक्षा नीति नबनाइ मास्न पल्केेेकाहरू
जताको आयो डलर उतैको नीति बनाइदियो
शिक्षकले पढाएनन् भनी झोले नामाकरण गरिदियो ।।७।।
प्रत्येक वर्ष फेरिन्छ पाठ्यक्रम विचरो त्यो शिक्षक
घरमा सबै थुपारी सन्तानसँगै पढ्छ पाठ्यक्रम र किताब
पढ्दा पढाउँदा बूढो भइसक्यो छैन उसको इज्जत
ठूलालाई आदर गर भनी सिकाउन अझै पछि पर्दैन त
देशको विकास गर्नुपर्छ भनी चिच्याउन अझै छोड्दै न त ।।८।।