
सम्पदा अंग्रेजी शब्द Heritage को नेपाली रूपान्तरण हो । सम्पदा शब्दको अर्थ सम्पत्ती भन्ने लाग्दछ । करीब ६ करोड ५० लाख वर्ष पूर्वसम्मको अवधीमा चट्टानहरू फुट्ने र फैलने क्रममा बनेका पर्वत, हिमश्रृखलाहरू एकातिर छन भने मानिसले आप्mनो जीवनमा बनाएका कला, कौशलताहरू अर्कातिर छन् । सम्पदा मूलरूपमा दुई प्रकारका हुन्छन् । प्राकृतिक सम्पदा प्रकृतिमा स्वतः निर्माण भएका हुन्छन् । पहाड हिमाल, नदी, ताल, वन, जङ्गल, माटो, धातु, गुफा, ओडार, चट्टान लगायतका वस्तुहरू प्राकृतिक सम्पदा हुन । यस अन्र्तगत प्राकृतिक सुन्दरता र जैविक विविधता लगायतका वस्तुहरू पनि यस अन्र्तगत पर्दछन् ।
विगतमा वा वर्तमान समयमा मानवद्वारा निर्मित वस्तुहरू साँस्कृतिक सम्पदाहरू हुन । साँस्कृतिक सम्पदा मानिस र उसको समाज र सँस्कृतिसँग सम्बन्ध रहेको हुन्छ । पुरातात्विक, ऐतिहासिक स्थलहरू, मठ मन्दिर, गुम्बा, विहार, चर्च, मस्जिद, जात्रा, पर्व, उत्सव, परम्परा आदि साँस्कृतिक समपदाहरू हुन् । साँस्कृतिक सम्पदालाई दुई भागमा विभाजन गर्न सकिन्छ । अमूर्त साँस्कृतिक सम्पदा (intangible cultural heritage) र मूर्त साँस्कृतिक सम्पदा (tangible cultural heritage) हुन ।
मूर्त साँस्कृतिक सम्पदा भन्नाले साँस्कृतिक सम्पदाको भौतिक अवस्था हो । मूर्त सम्पदाहरूको लम्बाई, चौडाई, उचाइ, परिधी, क्षेत्रफल, तौल आदि विषयमा मापन गर्न सकिन्छ । प्राचीन स्मारक, राजदरबार, मन्दिर, स्तुपा, विहार, गुम्बा, किल्ला, अभिलेख, मूर्ति, चित्रकला, धातुकला, काष्ठकला, ढुङ्गेधारा, पोखरी, पौवा, घर, हातहतियार, धर्मशाला, पोशाक आदि मूर्त साँस्कृतिक सम्पदाहरू हुन् । यिनीहरूलाई दृष्यावलोकन गर्न सकिन्छ । यिनीहरूको भौतिक अवस्थाको बारेमा अध्ययन एवं अनुसन्धान गर्न सकिन्छ ।
यसबाट मनोरञ्जन लिन सकिन्छ । अमूर्त सम्पदाहरू भन्नाले विभिन्न सम्प्रदाय वा जातजातिका मानिसहरूको रहनसहन, भाषा, भेषभूषा, संस्कार, संस्कृति, नाचगान, जात्रा, पर्व, गीत, नाटक आदिलाई बुझिन्छ । अमूर्त साँस्कृतिक सम्पदाहरूलाई अभौतिक संस्कृति पनि भनिन्छ । अमूर्त सँस्कृति हस्तान्तरणमा आधारित हुन्छ । मूर्त साँस्कृतिक सम्पदाको धार्मिक महत्व, सास्कृतिक महत्वर त्यसका अन्य पक्षहरू रहेका हुन्छन् । यसले प्राचीनकालिन समाजको विवरणलाई बुझाउँछ । त्यसताकाको समाजको विवरणहरू यी सम्पदाहरूमा देख्न सकिन्छ । कलाकौशल, रहनसहन, परम्पराहरू यी सम्पदाहरमा प्रतिविम्वति हुन्छन । यी भौतिक सम्पदाहरू पुस्ता पुस्ता रहिरहन्छ । वर्षौ वर्षसम्म रहिरहन्छ । पुननिर्माण गर्न सकिन्छ । फोटो, तस्बिरहरू खिचेर राख्न सकिन्छ । तर अभौतिक सँस्कृति हस्तान्तरणमा आधारित हुन्छन् ।
एक पुस्ताबाट अर्को पुस्तामा सुनेको आधारमा सर्दै जान्छन । यसरी हस्तान्तरण नहुँदा कतिपय धार्मिक एवं सास्ँकृतिक महत्वहरु हराउन सक्छन । कतिपय सुनेका कुराहरू अपभ्रम्स भएर अर्को अर्थ लाग्ने पनि हुन सक्दछन् । यि महत्वहरु पैराणिक कथामा आधारित हुन्छन् । त्यस समयको समाजको अवस्थामाका वारेमा रही कथाहरू बनाइएका हुन्छन् । मानव समाजमा मानिसले आफ्ना अनुभव अरूलाई सुनाउने वा अरूबाट सुन्ने परम्परा बस्यो । यहीबाट कथाहरू बने । मानिसहरू सुन्दै गए, सुनाउदै गए । प्रायः कथाहरू एउटा समाजका कुराहरू, परम्पराहरूलाई वर्णन गरेर बनाइएका हुन्छन् ।
प्राचीन समयका देवदेवीका घटनाहरूका साथै सृष्टि, स्थिती र प्रलयका पनि कथाहरू बनाइएका हुन्छन् । कथामा सत्य र असत्य दुवैको समिश्रण हुन्छ । यस्ता कथाहरू कसरी र किन उत्पति भए ? यिनीहरूको आशय के हो ? एक अध्ययनको बिषय हो । हामीले मान्दै र मनाउदै आएका परम्पराहरू, जात्रा, पर्व, मठमन्दिरका धार्मिक तथा सांस्कृतिक महत्व थाँहा पाउनको लागि हामीले हाम्रा पूर्वजहरूको कुराहरू सुन्दा, उनीहरूसँग सगै बसेर छलफल गर्दा धेरै कुराहरू थाहा पाउन सकिन्छ । यि कुराहरू लिखित रूपमा रहेको पाइदैन । हस्तान्तरणमा आधारित हुन्छन् । यि अमूर्त साँस्कृतिक सम्पदाहरू हुन । यिनीहरूको सङ्कलन र संरक्षण गर्नु जरूरी छ ।
प्युठान जिल्ला रहेका केही प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा स्वर्गद्वारी, गौमुखी, ऐरावती, इस्नाकोट आदि हुन् । यिनीहरूको आफ्नै खालका धार्मिक तथा सांस्कृतिक महत्व छ । झिमरूक गा.पा.मा यिनै सम्पदाहरूको प्रभाव छ । केही उल्लेखनिय धार्मिक तथा सांस्कृतिक सम्पदाहरूमा असारे भाका, साउने संक्रान्ती, तिज ÷नाँच, साउने संक्रान्ती, वडादशैं ÷सरायँ नाच, तिहार ÷मारूनी नाँच, कुल पुजा, इस्नाथान आदि हुन । यिनीहरूको आफ्नै महत्व छ । यि हाम्रा सांस्कृतिक सम्पदाहरू हुन । समाजका साझा सम्पति हुन । यिनीहरूलाई पुस्तै पुस्तासम्म जोगाउनु हाम्रो कर्तब्य हो । जोगाउन र बचाउन हाम्रो महत्वपूर्ण भूमिका रहन्छ । हामीले नै यिनीहरूलाई जोगाउन सक्छौ, बचाउन सक्छोै । आन्तरिक एवं वाह्य पर्यटकका लागि प्रचार, प्रसार गर्न सक्छौ । धार्मिक एवं सांस्कृतिक पर्यटकहरू तीर्थ गर्न, प्रदक्षिणा गर्न र नुहाउन आउने गर्दछन । यसरी सांस्कृतिक पर्यटकहरू बृद्धि गर्न सकिन्छ ।
नेपालमा १२५ थरका जातजातिहरू बसोबास गर्दछन । ति मध्ये क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की,मगर,नेवार आदि समुदायहरू बसोबास गर्दछन् । यिनीहरूको आफ्नै प्रकारको चालचलन, रितिरिवाज र संस्कृति छन । यि संस्कृतिको अध्ययन, अनुसन्धानको लागि एक खुला विश्वविद्यालय जस्तै रह्ेको छ । यसका थुप्रै पाटाहरू अध्ययनको लागि आवश्यक छ ।
यस गा.पा.मा हिन्दू धर्म, बौद्ध धर्म, क्रिश्चियन धर्म लगायत धार्मिक सम्प्रदायहरू छन् । यहाँ हिन्दू धर्म मान्ने मानिसहरू धेरै छन् भने त्यस पछि बौद्ध धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् । हिन्दू धर्मका देव देवताहरूको बासस्थान यहीको भूमि नेपाल भएको विश्वास गरिन्छ । यसैले यहाँ थुप्रै धार्मिक मठमन्दिर रहेका छन । यसका बारेमा अध्ययन हुनु जरुरी छ ।
झिमरूक गा .पा. समुन्द्र सतहबाट ८६८ देखि २१९९ मिटरको उचाईमा रहेको प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट उत्तरपूर्व भागमा पर्ने एक ग्रामीण इलाका हो । प्राकृतिक, सास्ँकृतिक, ऐतिहासिक एवं धार्मिक रूपमा एक महत्वपूर्ण एवं ऐतिहासिक गा.पा.हो । यस गा.पा.मा ऐतिहासिक कोटहरू जस्तैः ओखरकोट, बाँदिकोट ऐतिहासिक स्थानहरू इस्नाथान पर्दछन् । हिमाल, पर्वत, नदी, नाला, ताल, डाडा, थुम्का अवलोकन गर्न सकिन्छ । यात्रा गर्दा टाढा–टाढासम्म र बाटो वरपरका प्राकृतिक सुन्दरताका अनेकौं दृश्यहरू देख्न सकिन्छ ।
यहाँको ग्रामीण पर्यटनको सम्भावनाका आधारहरू के के हुन् ? कसरी ग्रामीण पर्यटनको विकास गर्न सकिन्छ ? भन्ने विषयमा यो लेख केन्द्रित छ । यस गा.पा.मा अवस्थित प्राकृतिक सुन्दरता, धार्मिक एवं सास्ँकृतिक सम्पदाहरू नै ग्रामीण पर्यटनका मुख्य आधारहरू हुन् । यिनीहरूको अभिलेखिकरण, प्रचारप्रसार, लेख, रचना प्रकाशन, अन्र्तक्रिया, छलफल, सेमिनार गोष्ठिहरू गरी प्रचार प्रसार गर्न सकेमा ग्रामीण पर्यटनको सम्भावना बलियो देखिन्छ । सम्भावनाका केही आधारहरूलाई निष्र्कषको रूपमा प्रस्तुत गरिएको छ ।
१.झिमरूक गा.पा मा सांस्कृतिक रूपमा सम्पन्न छ । यहाँ परम्परागत मारूनी नृत्य आकर्षक छ । तिहारको समयमा खेलिने भैलो, यसमा गाइने सोरठी गितहरू र नृत्य गर्दा लगाउने पोशाकहरूले आकर्षणका साथै साँस्कृतिक पर्यटकहरूलाई मनोरञ्जन दिन्छन् ।
२. झिमरूक गा.पा मौलिक कला, संस्कृतिको भण्डार रहेको छ । यहाँ पुजाआजा, विवाह, ब्रतबन्ध, पास्नी, छैठीमा बजाइने नौमती बाजा, पञ्चेबाजा साँस्कृतिक आकर्षक हुन् ।
३.झिमरूक गा.पा.मा होमस्टेको संस्कृति सुरूवाती चरणमा छन् । होमस्टे बनाउन थालिएको छ । स्वस्थ्य र अर्गानिक खाना पर्यटकका आकर्षक हुन् ।
४. यस गा.पा.मा ओखरकोटमा पुरातात्विक हिसाबले महत्वपूर्ण खड्ग देवताको पुजा सञ्चालन गरिन्छ । यहाँ पूर्वकालमा राजारजौटाहरू राज्य गरेका हुनाले ऐतिहासिक सामाग्रीहरू रहेका छन । पुराना दरवारका भग्नावशेषहरू रहेका छन ।
५. यस स्थानबाट ओखरकोट, बाँदीकोट, तुषारा, नारीकोट लगायत ग्रामिण वस्तीहरू छन । जहाँबाट अन्नपूर्ण र धवलागिरी हिमालका मनोरम दृश्यहरू अवलोकन गरी आनन्द लिन सकिन्छ ।
६. झिमरूक गा.पा.को लिवाङको दियाल्ना चौरमा ठुलो चौर छ । यहाँ लालिगँुरासको रमणीय जंगल छ । क्रिकेट पारखीहरूको पहलमा क्रिकेट मैदान निर्माण गरिएको छ । समय समयमा खेलकुद आयोजना गर्ने, मेलापर्वहरू आयोजना गरी आन्तरिक पर्यटकहरूलाई मनोरञ्जन दिने गरिन्छ ।
७. लिवाङको स्नाथानमा दशै र चैते दशैको रामनवमीमा ठुलो मेला लाग्दछ । अध्ययन, अनुसन्धान हुन सकेमा ढुंङ्गे युगका अवशेषका प्रमाणहरू प्राप्त गर्न सकिन्छ । यसले ऐतिहासिक महत्व राख्दछ । इतिहासकारहरू यस स्थान लगायत अन्य कतिपय स्थानहरूमा ढुंङ्गे युगिन मानिसहरू बसोबास गरेका हुन सक्ने चर्चा गरेको पाईन्छ । त्यसैले यसको ऐतिहासिकता छ ।
८. ढाँडामा रक गार्डेन बनाउने प्रस्ताव गरिएको छ । यो नेपालकै लागि पहिलो र नौलो प्रयास हो । उपयुक्त समयमा सम्पन्न हुन सकेमा यसले थप पर्यटन व्यवसायका लागि टेवा पु¥याउन सक्छ ।
९.झिमरूक गा.पा.मा उब्जाउ भूमि रहेको छ । मच्छीफाँट, भ्यागुतेफाँट, पिडाल्नेफाँट, आम्मटेफाँट आदि उल्लेखनिय छन् । यि फाँटहरूमा झुलेका सुनौला धानका बाला, गहुँका बालाहरूले सिंगारेका हुन्छन ।
१०. यहाँ सुन्तलाखेती, आँपखेती, कफीखेती, आलुखेती आदिको जोनको रूपमा विकास गर्न सकिन्छ । यहाँको माटो मलिलो भएकोले यि खेतीहरू प्रसस्त उब्जाउ हुने गर्दछन । आजकाल जीवन निर्वाहको लागि उत्पादनहरू व्यवसायिक रूपमा सञ्चालन गर्न सकिन्छ ।
११. यहाँ बनजंगल छन । दुन्दुरे वन, काउले खोला जंगल, काउछे वन, खहरे वन, सेतापहरा वन, चुधारीखोला वन, किट्नीमेल वन, इस्नाथान वन, खहरे वन आदि उल्लेखनिय वनजंगलहरू हुन् । यी वनजंगलमा साल, चिलाउने, सल्लो, म्याल, हर्राे, अमला, कटुस, ओखर, उत्तीस, खल्टु, चिउरी, सिमल, तिल्को साज, गुँरास आदि जस्ता काष्ठ बनस्पतिहरू पाइन्छन । यस झिमरूक गा.पा.को कुल क्षेत्रफल १०६.९३ वर्ग कि. मी. छ । जस मध्ये ३८.९ वर्ग कि. मी. वनजंगलले ढाकेको छ । पदयात्रा, वन्यजन्तु अवलोकन भ्रमण, वनस्पतिको अध्ययन, मनोरञ्जन आदिको लागि उपयुक्त हुन्छन् ।
१२. यस गा.पा.मा, चिउरी, तेजु, ऐसेलु, चुत्रो, तोरी लगायत अन्य फूलफूल्ने वनस्पतिहरू प्रसस्त मात्रामा पाईन्छन । यहाँ परम्परागत काठेघार बनाई किसानहरूले मौरी पालन गर्दछन । यही काठेघारमा मौरीको मह पर्यटकहरूलाई काट्न लगाएर र अर्गानिक मह खान दिई पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
१३ . प्युठान जिल्लामा स्वर्गद्धारी, गौमुखी, ऐरावती, भित्रीकोट, बाइसमुल धारा, इस्नाथानको लगायत थु¥प्रै धार्मिक एवं सांस्कृतिक पर्यटकीय स्थलहरू छन । यि स्थलहरूमा आएका पर्यटकहरूलाई यस गा.पा.सम्म भित्राउने प्रसस्त सम्भावना छ ।
हामी प्राकृतिक एवं साँस्कृतिक सम्पदालाई सिरानीमा राखी भोक भोकै आर्थिक उर्पाजनको लागि अरबका खाडी मुलुकहरूमा भौतारीरहेका छौ ।प्रसस्त मात्रामा आर्थिक उर्पाजनका सम्भावनाहरू छन् । ति सम्भावनाहरू औल्याउनु जरूरी छ । झिमरूक गा.पा.पर्यटकीय गन्तब्य बन्ने प्रसस्त सम्भावना छ । यसको लागि योजना र इच्छा शक्तिको आवश्यक पर्दछ ।