बुटवल : दुवै मृगौला फेल भएर वर्षौदेखि पीडामा बाँचिरहेका झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका प्रकाश जिसीलाई नयाँ जीवन पाउने आशा पलाएको छ । आजको पोष्ट डटकम र बुटवल टुडे दैनिकमा समाचार प्रकाशनपछि सहयोगी मनहरु फैलिदै जानथालेपछि उनलाई नयाँ जीवन पाउने आशा पलाएको हो ।
आइतवारसम्म जिसीको उपचारर्थ १ लाख २३ हजार ८ सय ३१ रुपैयाँ संकलन भएको छ । नेपाली हट ग्रुपले सामाजिक सञ्जाल टिकटक मार्फत संकलन भएको २४ हजार २ सय ९९ रुपैयाँ पीडित जिसीको घरमै पुगेर सहयोग गरेको छ । हट ग्रुपका होस्टर बाग्दुला प्यूठान निवासी डिल्लीराज पराजुलीको नेतृत्वमा पुगेको टोलीले नगद सहयोग गरेको हो । सहयोग हस्तान्तरण गर्न जिसी बस्दै आएको बाणगंगा नगरपालिका ४ कपिलवस्तुमा हट गु्रपका सदस्य अबिरल थापा, सुगम रिजाल, अम्बिका खनाल, पदम खनाल, प्रेस सल्लाहकार बोम बहादुर परियार, बुटवल निवासी शिव पोख्रेल र गणेश सापकोटा पनि पुगेका थिए । उनीहरुले जिसीको जीवन बँचाउन सवैमा आग्रह गरेका छन् ।
रुपन्देही प्यूठान सम्पर्क मंचले नगद १० हजार सहयोग गरेको छ । बुटवलमा डायलासिस गर्दै आएका जिसीलाई अस्पतालमै पुगेर सहयोग गरिएको मंचका आजिवन सदस्य जगत जिसीले जानकारी गराए । प्यूठान निवासी कमल ढकाल (हाल पर्चुगल)ले ३० हजार, झिमरुक गाउँपालिका मच्छिका विवेश सिँह (हाल जापान)बाट १० हजार, चितवनका उत्तम गुरुङ (हाल साउदी अरविया) १० हजार, प्यूठानकै प्रतिभा पुरी (हाल अमेरिका) ११ हजार ४ सय ४ रुपैयाँ, प्यूठान निवासी रविन जिसी (हाल जापान) १३ हजार १ सय ५८, कर्मगेली शेर्पा (यूएइ)बाट १० हजार र छहरा जिसी प्यूठान (हाल जापान) बाट ४ हजार ९ सय ७० रुपैयाँ सहयोग संकलन भएको छ ।
भाई हिमाल जिसीले मृगौला दिन तयार भएका छन् । प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएपछि सहयोगदातालाई जीवन बचाउन आग्रह गरिएको ‘प्रकाश जिसी बचाउँ अभियान’ का अभियाकर्ता कपिलवस्तु निवासी अम्विका जिसीले जानकारी गराइन् । उनले सवैलाई सहयोग गरिदिन आग्रह समेत गरिन् । ३३ वर्षिय प्रकाशका श्रीमती सहित साना एक छोरी र छोरी छन् । आफूले नयाँ जीवन पाएमा सामाजिक क्षेत्रमा लागेर काम गर्ने उनको दृढ संकल्प छ । दुवै मृगौला प्रत्यारोपण गर्नका लागि १२ देखि १५ लाख रुपैयाँ लाग्ने डाक्टरले सल्लाह दिएको प्रकाशले बताए । हाल संकलन भएको सहयोग हेर्दा उनको उपचारका लागि अझै धेरै रकम आवश्यक पर्ने देखिएको छ ।
जिसीले सहयोग गर्ने दयालु मनहरुका लागि उल्लेखित बैंक खाता नम्वर सार्वजनिक गरेका छन् :
अम्बिका जिसि, सिद्धार्थ बैंक, कपिलवस्तु : खाता न ०२७१५५७०५९०, सम्पर्क : ९८४९६४८७६०