सुखी नेपाली, समृद्ध नेपाल !
नयनमा सपना सजाउँदै गर्दा
दिमाग, पाठेघर र कारागारको बन्दी भित्र
परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा
सोच्छु,
सर्पले टोकेको दयनिय एउटा मृत्युवरण
चट्याङ लागेर भएको विभत्स मृत्युवरण
बाढी र पहिरोको अर्को दुइचार मृत्युवरण
प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला
अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको
उपचार नपाएरै भएको त्यो कहालीलाग्दो
भयानक अनि हृदयविदारक मृत्युु वरण
अस्पतालले वेवास्ता गर्दाको मृत्यु वरण
अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु
नआइदिएको भए हुन्थ्यो!
सोच्छु,
कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव
जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद
के हाम्रातिर मात्रै हुन् र भन्या?
फेरि सोच्छु,
मल माग्ने किसान रित्तो फर्किँदा हुन्छ।
वर्षेनी त्यसैगरी माग्दै आएकै थिए
क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए
कमाउन गएका दाजुभाइ, दिदीबहिनी
कोरोना कहरको छट्पटीमा पिल्पिलाएका छन्
मजदुर रोगले होइन, भोकले पिल्सिएका छन्
जीवन बचाउने होडमा, आत्महत्या बढेका छन्
आकाशिएको महंगीले, अक्क न बक्क परेका छन्।
पटक पटक सोच्छु,
खोइ अब कहिलेसम्म ?
खोइ अब कहिलेसम्म ?
लेखक : जनप्रशासन क्याम्पस केन्द्रिय विभाग, बल्खुमा अध्ययनरत विद्यार्थी हुन् ।)