लामो हाम्रो इतिहास लामो हाम्रो कहानी।
सुन्न पर्यो हाम्रो कुरो दुखै नमानी।।
घरघर को कहानी हो पील्सिएका नारी हौ।
हजार नामले चीनीएका हामी नारी हौ।।
कहीले नाम बोक्सीनीको कहीले नाम वाझीको।
नामाकरण जस्ले पनी गर्छन हामीको।।
अलक्ष्यीनाई हुन्छौ हामी कहीले छोरा नपाई।
कहीले मार्छन जीउदै हाम्लाई आगो लगाई।।
कहीले दाईजो नपाएर भीखारीको दिन्छन नाम।
न्याय पाउने ठाँउ कहा छ हामी कता जाम।।
दाईजो प्रथा बन्द भयो हल्ला मात्र भाषण।
झन पछी झन गारो भयो चेली बाचन।।
कहीले छोरो खाई भन्छन कहीले घर भडाई।
लाखौ चेली मर्ने भये गुहार नपाई।।
जे गरेनी स्वत्रता छुट भयो तीमीलाई।
आचरण कै सफाई दीनु पर्छ नारीलाई।।
कस्तो दिनमा जन्मीए छौ गारो भयो बाचन ।
रुदा रुदै बीर्सीएका हामी हासन।।
कहीले मार्छन फाँसी लगाई कहीले आगो एसीड।
डरै लाग्छ पुरुष भन्ने जातै देखीत।।
कहीले हुन्छ अपहरण कहीले हुन्छ बलत्कार।
ढुक्क सँग बाँच्न पाए हुन्थ्यो चमत्कार।।
यो समाजमा परीबर्तन होला येस्तो गरेर? ।
एउटै नामले चीन्नु परो नारी भनेर।
संरचना विरुद्धमा उठै जुटौ समाज।
नारी पुरुष वरावर वनाऔ अवत ।।
जुना चालिसे , मालिका गाउपालिका -६ अर्जै गुल्मी
(लेखक हाल रोजगारीको शिलसिलामा भारतको चंडीगढ़मा हुनुहुन्छ)