गाउँको धुलोमाटोमा खेलेको भुल्ने मान्छे छन ।
आधापेट अर्कैको मेलोमा हिडेको भुल्दै छन ।।
सुख दुःख आसुहासो दुईपाटा भन्ने भुल्दैछन ।
धन, जागिर र पढाइको घमण्डमा भुल्दैछन ।।
अफिसर, इञ्जिनियर, शिक्षक पनि कस्ता छन ।
व्यापारी र अल्ली पढेकाका खुट्टै टाउकामा छन ।।
सर्वेसर्वा आफैँलाइ हामीलाइ चाहि लाहुँरे भन्छन ।
सम्झदै नसम्झने घासहालेर पाल्ने जस्ता छन ।।
सुविधा पाएर पक्कि घरमा उम्लेका मान्छे छन ।
नाता रिस्तालाइ त स्वार्थमा निभाउने मान्छे छन ।।
सधै आफैँ नै समृद्धको सपना साच्ने मान्छे छन ।
आफुभन्दा कमजोर त रिस्तै तोडने मान्छे छन ।।
उमेर भन्दा नातारिस्ता धनमा तौलने मान्छे छन ।
शहरको रमझनमा रमाउने पो रिस्ता छन ।।
वाह भाई ! वाह साहब यो यति मिठो नाता रिस्ता ।
पढाई र धनकै आडले निभाउने नाता रिस्ता ।।
घमण्ड र अहंकार मै हुँ ठुलो भन्ने कस्तो रिस्ता ।
फोनको घण्टी वज्दा कोल्टे फर्कने पनि नाता रिस्ता ।।
जीवन र मृत्यु सुख र दुःख विर्सने नाता रिस्ता ।
अजम्वरी मै छु भन्ने सांसारिक झुटा रिस्ता ।।
000000000