प्यूठान जिल्ला प्राकृतिक मनोरम दृष्य, जलसम्पदा, खनिज, जडिबुटीको धनी र पवित्र तिर्थस्थल स्वार्गद्धारीका नामले परिचित छ । पूर्वाधार विकास निर्माण र अन्य विकासको कमी रहेको स्विजरल्याण्डको झल्को दिने प्यूठान राजनीतिक चेतनाका हिसाबले पनि नेपालकै अग्रपंक्तिमै आउँछ । रोल्पा, दाङ अर्घाखाँची, गुल्मी र बाग्लुङसँग सिमाना जोडिएको यो जिल्ला महेन्द्र राजमार्गबाट करिव ५५ किलोमिटर मात्र टाढा छ ।
प्यूठानमा, मट्टितेल, डिजल, पेट्रोल, फलाम, तामाको खानी रहेको भूगर्वविद् बताउँछन् । माडी र झिमरुक नदीहरुबाट धरै स्थानमा विधुत्त निकाल्न सकिन्छ । झिमरुक जलविद्युत्त परियोजना यसै जिल्लामा पर्दछ । नेपाल अधिराज्यमा लोडसेडिङ मुक्त जिल्ला प्यूठान मात्र हो । भारतद्धारा प्रस्तावित जलाशययूक्त नौमुरे जलविद्युत्त परियोजना पनि यसै जिल्लामा पर्दछ ।
प्युठान जिल्लाको सूचना प्रविधिको वर्तमान अवस्थालाई हेर्ने हो भने एफ.एम. रेडियो, टेलिभिजन, मोवाइल, दैनिक एवं साप्ताहिक पत्रिका, कम्प्यूटर प्रशिक्षण केन्द्रबाट प्रदान गरिने इमेल, इन्टरनेट सेवा वाहेक अन्य केही छैनन् । ढाँडा, मच्छी, मरन्ठाना खरिबोट, खलंगा, विजुवार, विजयनगर, भिंगृमा नीजि क्षेत्रबाट संचालित कम्प्यूटर प्रशिक्षण केन्द्रहरु संचालनमा रहेका छन् । यहाँ कम्प्यूटर सम्बन्धि पार्टपुर्जाहरु पाउनुका साथै मर्मतका लागि जिल्ला बाहिर जानु पर्दैैन् ।
जिल्लाका प्रतिष्ठित व्यापारीहरुबाट कम्प्यूटर व्यावसाय संचालन हुँदै आएको छ । केही सरकारी र बार्डिङ स्कूलहरुमा कम्प्यूटर शिक्षा पढाइ हुने गरेको छ र यसलाई बिस्तार गरि जिल्लाभरी रहेका सरकारी तथा गैर सरकारी विद्यालयहरु कम्प्यूटर शिक्षालाई अनिवार्य रुपमा लागु गर्न विद्यार्थी, शिक्षक, अभिभावक र आम सरोकारबालाको ध्यान जान जरुरी छ ।
जनता मावी बाग्दुलामा १८ महिने टिएसएलसी तहको जुनियर कम्प्यूटर टेक्नीसियन कार्यक्रम विगत केही बर्षदेखि संचालनमा छ । यस जिल्लामा अहिलेसम्म सूचना प्रविधि सम्वन्धी विषयलाई लिएर कुनै सेमीनार, गोष्टी, सम्मेलन, अन्त्रक्रिया, कार्यशाला अत्यन्त न्यून मात्रामा आयोजना गरिएका छन ।
हालसम्म सूचना प्रविधि सम्बन्धी विकासको पूर्वाधार तयार भएकोे अवस्था छैन् । सूचना प्रविध सम्बन्धि राम्रो व्यवस्था नहुँदा विद्यार्थी, शिक्षक, किसान, व्यापारी, डाक्टर, वकिल लागायत आम जनसमुदाय सूचनाको पहुँचबाट टाढा रहेको यथार्त सबैको सामु दिनको घाम जस्तै छर्लङ छ । यस्ता कुराहरुमा नेपाल सरकारको ध्यान जान जरुरी छ ।
पछिल्लो समयमा विकास भएका सूचना प्रविधिका विभिन्न आयामहरुलाई यस जिल्लामा भित्रयाउन सके यसले बेरोजगार युवायवतीहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने देखिन्छ । यस कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । यसले नविनतम सीपहरुलाई जिल्लामा भित्र्याउने प्रयत्न जारी राख्नुपर्दछ । बेरोजगार युवायुवतीहरुलाई स्वरोजगारमा लाग्नको लागि आर्थिक सहयोग गरी विभिन्न सीपमुलक बजारमुखी तालिमको व्यवस्था समेत गुर्नपर्ने हुन्छ । यूवाहरुलाई श्रमको महत्व बुझाउन सकेमात्र देश विकासले गति लिनसक्छ ।
प्यूठान जिल्लामा संचालन गर्न सकिने सूचना प्रविधिका केही मोडेलहरु बारे छलफल गरौ :
१) टेलीसेन्टर : टेलिसेन्टरको स्थापना गरी यसको मद्दतले आम नागरिकलाई सहजै सूचनाको पहुँचसम्म पुर्याउन सकिन्छ । इमेल, इन्टरनेट लगायत, फोटोकपी फ्याक्सलाई संगै राखी सेवा पनि प्रदान गर्न सकिन्छ । भिडियो कन्फरेन्सको माध्यमबाट बेरोजगार यूवाहरुलाई विभिन्न विषयका सीपमुलक प्रशिक्षणहरु संचालन गर्न सकिन्छ । यो थोरै लागतमा सबै स्थानीय तहमा स्थापना गर्न सम्भभ छ । यहाँबाट आम सरोकारवालले आफुलाई चाहिने आवश्यक सूचना र विभिन्न तथ्यांकहरु संकलन गरी लिन सकिन्छ ।
२) ई–एजुकेशन : समुदायिक विद्यालयहरुमा ई–लाइव्रेरी संचालन गरी ई–लर्निङ सेवालाई सहजिकरण गर्न सकिन्छ । ‘वन ल्यापटप, फर वन बेवी’ कन्सेप्टलाई प्यूठान जिल्लाले फ्लोअप गरेको पाइएको छैन । टेलिटिचिङको माध्यमबाट सरोकरावालालाई आफ्नो विषय बस्तुको नजिक पुग्न निकै सजिलो हुन्छ । स्थानीय तहका प्रत्येक वाडाहरुमा रहेका सुविधा सम्पन्न विद्यालयमा स्थापना गरी वडा कार्यालयको समन्वयमा यो कार्यक्रम संचालन गर्न सकिन्छ । स्थानीय भाषामा वेभसाइटहरु निर्माण गरी विद्यार्थी एवं आम जनताको चेतना अभिवृद्धि गर्न सकिन्छ । शिक्षा सम्बन्धी सफ्टवेयर एपलिकेसन निर्माण गरी प्यूठान जिल्लाको विस्तृत विवरण सहित विभिन्न क्षेत्रसंग सम्बन्धित शैक्षिक सामाग्री राखी आम नागरिकको चेतना अभिवृद्धिमा सहयोग गर्न सकिन्छ ।
३) ई–हेल्थः टेलिमेडिसिनको माध्यमबाट सहजै राजधानीका डाक्टरहरुको सम्पर्कमा रहन सकिन्छ । यसले समय, पैसा बाचाउँछ भने सेवालाई पनि छिटो छरितो बनाउँछ । नेपाल सरकारले टेलीमेडिसिन काठमाण्डौँको पाटन हस्पिटलबाट देशका अन्य जिल्लामा संचालनमा गर्दैैैछ तर प्यूठान जिल्ला त्यसमा परेको छैन् । अहिले भिडियो कन्फरेन्सका माध्यमबाट राजधानीका चलेका डाक्टरहरुसँग स्वास्थ्य सेवा लिन सम्भव छ । यसको लागी वडास्तरमा रहेका हाम्रा स्वाथ्यचौकीको स्तर वृद्धि गरी त्यहीबाट यो सेवा सूचारु गर्नसके आम नागरिकलाई आर्थिक रुपमा निकै सस्तो पर्ने र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।
४) ई–विजनेस : व्यापारी र किसानहरुलाई इमेल, इन्टरनेटको तालिम दिई उनीहरुको व्यापार र उत्पानलाई सहजै वजारीकरण गर्न यसले सजिलो पर्दछ । जिल्लाका व्यापारीहरुबीच नेटवर्क बनाई जिल्लाको उत्पादनलाई खरिद गरी जिल्ला भित्र बिक्री बितरण गर्न र बढी भएको सामान जिल्ला बाहिर लैजान सहयोग गर्न सकेमा यसले विक्री वितरणलाई सजिलो बनाउनुका साथै सस्तो पनि पर्न जान्छ ।
५) ई–गर्भमेन्स : सरकारी तहबाट पाउँन सकिने सूचनाहरुलाई सहजै आम जनतामा पुर्याउने यो नै उत्तम माध्यम हो । सूचना प्रविधिका विभिन्न माध्म प्रयोग गरी नागरिकहरुलाई सर्बसुलभ तरिकाले सरकारी सेवा प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । सबै स्थानीय तहहरुले एकद्धार प्रणालीबाट सेवा प्रदान गर्न यो विधी अत्यन्त फलदायी हुन्छ ।
- लेखक : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरका कार्यकारी निर्देशक हुन् ।