बुटवल : नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आफ्नो देशभरका स्वास्थ्यकर्मीको अवस्थाका वारेमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । यूनियनको ११ औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो । सर्वेक्षणको प्रतिवेदन निराशाजनक आएको यूनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
स्थापना दिवसकै अबसर पारेर देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरुमा बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता अध्ययन गर्न सर्वेक्षण गरिएको थापाले बताए । प्रदेश नम्वर १ का १८, प्रदेश २ का २, बाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका १६, प्रदेश ५ का २७ , कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ वटा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुले नियमित पारिश्रमिक पाए वा नपाएको, ब्यक्तिगत सुरक्षा समाग्री पाए नपाएको , सामाजिक सुरक्षा कोषमा सूचिकरणको अवस्था लगाएतका बिषयमा सर्वेक्षण गरेको हो ।
अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ । ३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपल्ब्ध गराएको देखिएको छ । ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको देखिएको छ । बैशाख महिनाको जम्मा १५ प्रतिशतले पुरा पारिश्रमिक दिएको ६९ प्रतिशतले बिदा कटौती गरेको र १६ प्रतिशतले पारिश्रमिक नै नदिएको पाईएको छ । अझ सामाजिक सुरक्षा कोषको हकमा नीजि स्वास्थ्य संस्था उदासिन देखिएको छ । ९५ प्रतिशत नीजिस्वास्थ्य संस्था हालसम्म पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नभएको सर्वेक्षणले देखाएको छ ।
कतिपय निजी अस्पतालहरुमा ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बिना नै काम गर्न पर्ने बाध्यात्मक अवस्था रहेको, केही अस्पतालमा फागुन महिना देखिकै पारिश्रमिक नपाएको, कतिपय निजि स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरूले समयमा तलब नपाउने, पाए पनि पूरा तलब नपाउने र बेतलबी बिदा बस्नुपर्ने बाध्यताले उनीहरुको दैनिक जीवनयापन चलाउन कष्टकर हुँदै गएको, घरभाडा र अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीको जोहो गर्न समेत नसक्ने अवस्था बनेको सर्बेक्षणले देखाएको छ ।
अस्पताल सञ्चालकहरूबाट नेपाल सरकारको निर्णयको यसरी संकटपूर्ण अवस्थामा समेत खुल्ला उल्लघन हुनु निन्दनीय रहेको भन्दै अध्यक्ष थापाले कर्मचारीहरूका जीवनयापन प्रति पूर्णरूपमा गैहृ जिम्मेवार बनेका निजि क्षेत्रका अस्पताल सञ्चालकहरूको मनोमानी भएको निष्कर्ष निकालिएको छ । लकडाउन अवधीको नेपाल सरकारको निर्णय अनुसारको पारिश्रमिक र प्रोत्साहन भत्ता सबैलाई समान रूपले अविलम्व उपलब्ध गराउन अध्यक्ष थापाले अनुरोध गरे ।
युनियनका केन्द्रिय कमिटी, प्रदेश कमिटी र प्रतिष्ठान स्तरका कमिटीले शुक्रबार देशभर बिभिन्न कार्यक्रम दिवस मनाएका हुन् । स्थापना दिवसको अबसर पारेर केन्द्रिय अध्यक्ष थापाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण सदस्य, चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु प्रति शुभकामना ब्यक्त गरे । उनले जारी गरेको शुभकामना सन्देशमा यूनियनको स्थापना र विकासमा महत्वपूर्ण योगदान गर्ने अग्रजहरू प्रति सम्मान ब्यक्त गरिएको छ ।
थापाले जारी गरेको सन्देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण सिंगो विश्व नै आक्रान्त बनेको र यसले मानव सभ्यतालाई रोग, मृत्यु, बेरोजगारी र मानवीय तथा आर्थिक संकटको दलदलमा पुर्याईदिएको भन्दै नेपालमा पनि यसबाट संक्रमित हुनेहरूको संख्या बढिरहेको र यस अवधीमा कोरोना भाईरस संक्रमणका कारण जीवन गुमाएकाहरू प्रति श्रद्धाञ्जली र उपचारतहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यस जटिल अवस्थामा अग्रपंक्तीमा रहेर मानिसको जीवन रक्षाका लागि दिनरात खटीरहेका चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उच्च जोखिममा रहेको र स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नै कोरोना संक्रमित भएको घटनाले आफुहरुलाई थप चिन्तित र दुखी बनाएको विज्ञप्तीमा लेखिएको छ ।
अध्यक्ष चन्द्र थापाद्धारा जारी भिडियो शुभकामना सन्देश :
सर्वेक्षणको पूर्णपाठ :