भ्रष्टाचार, मनपरितन्त्रले उफ् जरा गाडेको छ यहाँ
इमान्दार कर्मचारीहरुलाई बेकुफ बनाउँछन् यहाँ
सहि र राम्रो काम गर्न सिद्धान्तको खोजी हुने यहाँ
लापरबाही गर्न भने खुलेआम हेर, पाइने रछ यहाँ
कार्यालयका जरुरी काम पनि थाती राख्छन् यहाँ
के गर्नु व्यस्त जो छन्, गुट र उपगुट बनाउनमै यहाँ
महामारी छ, अभावमा पनि कालोबजारी हुने यहाँ
राहतमा समेत भ्रष्टाचार, कस्तो चलन हो लौन यहाँ ?
समृद्ध समाज र मुलुक बनाउने कुरा हुन छाडे यहाँ
व्यक्तिगत र राजनैतिक गफकै वर्चस्व जो छ यहाँ
कान भर्ने अनि गल्ती गर्नेहरुको वाहवाही छ यहाँ
राम्रा काम गर्नेहरु निराश हुन बाध्य पारिन्छन् यहाँ
गरिब गरिबीमै मर्न बाध्य भएका छन् अचेल यहाँ
भूकम्प आउँदा होस् या कोरोना फैलिँदा होस् यहाँ
चुनाव हुँदा बसका बस मानिसहरु ओसार्ने गर्थे यहाँ
अहिले खोइ कता गए ? ओसार्नेहरु सब बेपत्ता यहाँ
मजदुरहरु हेर, भोकभोकै चर्को घामपानी सहँदै यहाँ
कष्टपूर्ण पैदल यात्रामा घर हिँड्नुपरेको, बिजोग यहाँ
वास्तविक पीडित को हुन् ? पहिचान गर्नुप¥यो लौन यहाँ
परिस्थिति जस्तोसुकै भएपनी, आत्मबल नघटोस् यहाँ
जो जहाँ रहेपनी सुरक्षित रहनुपर्ने कठिन बेला छ यहाँ
यो महामारीमा हाम्रो सहयोग सरकारलाई छँदै छ यहाँ
हे सरकार ! बोली र शब्दमा मात्र सिमित होइन अब यहाँ
कार्यसम्पादन तर्फपनी तिव्रता ल्याउनुपर्ने जरुरी छ यहाँ !!
000000