अग्रज तथा साथीहरू सोध्नुहुन्छ,
तपाईलाई कोभिड १९ को प्रभाव कस्तो छ ?
म सहज भन्छु,‘पिंजडा भित्रको जीवन छ’ !
मलाई ,
न ज्वरो छ,
न रुघाँखोकी छ,
न थकाइ छ,
न शरीर दुःखाइ छ,
न त कुनै तनाव,
न कुनै औषधीको सेवन,
न कुनै भय ,
न कुनै यस्तै यस्तै !
गर्न नै बाँकी छ
अनुभवको साट्फेर
गरिब र दुःखीको सेवा
सेवा प्रवाहमा निरन्तरता
पाउनु नै बाँकी छ ,
मायाँ र हौसला ,
इज्जत र सम्मान,
तारिफ र उत्प्रेरणा,
हुन बाँकी नै छ ,
समाज बिकासको अभिन्न अङ्ग बन्न !!
यहाँ ,
छ त केबल,
एकान्तबाँस ,
मोबाइल र सुनसान कोठा
कष्टकर जीवन ,
आर्यूवेदक औषधी,
मह,बेसार,अदुवा ,लसुन
कागती र पानी
हटेर हैन डटेर लड्ने बानी ,
सामान्य ब्यायाम,
उच्च मनोबल , ं
जित्ने दृढ संकल्प ,
साथीहरूको साथ र सहयोग ,
अनि ,बन्द कोठाबाट निस्कने चाहाना !!
अहिलेसम्म
न त यो रोग रहेछ,
न त औषधि बनेछ,
भए छ अनेकौं प्रचार र प्रसार
फैलिए छ त्रास डर
बस !! बस!!
बलियो आत्मबल नै अचुक औषधी रहेछ !!
त्यसैले त
लिएको छु जित्ने अभिलाषा
प्रण गर्दछु केही दिनमै
घर पुग्ने दृढता !!