प्यूठान : जिल्लाको प्रमुख धार्मिक एबम पर्यटकीय तिर्थस्थल स्वर्गद्वारी आश्रमले गत आर्थिक वर्षमा झण्डै तीन करोड रुपैयाँ भेटीबाटै रकम संकलन गरेको छ । मन्दिर दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट दुई करोड ९९ लाख रुपैया भेटी संकलन भएको हो । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका तथा बैशाखे पूर्णिमा र कात्तिक औसीका दिन लाग्ने मेलाबाट उक्त भेटी संकलन भएको स्वर्गद्वारी आश्रमका लेखापाल बासुदेव भट्टराईले जानकारी दिए । स्वर्गद्वारीमा बैशाखे पूर्णिमा र कार्तिक औसीमा मेला लाग्ने गर्दछ । दर्शनका लागी छिमेकी जिल्ला दाङ, कपिलबस्तु, गुल्मी, अर्घाखाँची, काठमाण्डौ लगायतका देशैभरबाट दर्शालु भक्तजन आउने गर्दछन् ।
पर्यटक तीन लाख
पछिल्लो समय पर्यटकहरुको संख्यामा समेत उल्लेखय बृद्धि हुँदै गएको छ । स्वर्गद्वारीसम्म पुग्नका लागी सडकको स्तरउन्नती भएका कारण स्वर्गद्वारीमा पुग्ने पर्यकटको संख्यामा बृद्धि भएको स्वर्गद्धारी मन्दिरका प्रसाशकिय प्रमुख हरि अधिकारिले बताए । उनका अनुसार गत बर्षमा करिब २ लाख ९५ हजार जनाले मन्दिरको दर्शन गरेका छन् । स्वर्गद्वारीमा खासगरी आन्तरिक पर्यटक भन्दा भारतवाट आउने पर्यटकहरुको संखया उल्लेख्नीय रहने गरेको छ । स्वर्गद्वारी मन्दिरसम्म सडक सञ्जाल बिस्तार गएिकाले आन्तरिक तथा बाह्रय पर्यटकहरुको आगमनमा बृद्धि भएको हो ।
वैशाखे पुर्णिमा र कात्तिक पूर्णिमामा विशेष मेला लाग्ने भएकाले यस समयमा वढि झक्तजन (पर्यटक) आउने गरेको प्रमुख अधिकारीको भनाई छ । वैशाखे पूर्णिमा (वुद्ध जयन्ती), स्वर्गद्धारी महाराजको जन्मदिन, श्रावण शुक्ल एकादशी, कार्तिक शुक्ल औँशी र महाप्रभुको देहावसानको समयमा आश्रममा वढि पर्यटक आउने गरेका छन् । स्वर्गद्धारीमा दैनिक १ हजार भन्दा धेरैले दर्शन गर्ने गर्छन् भने, विशेष दिनमा यो सख्यामा वृद्धि हुने गर्दछ ।
स्रोत नहँुदा संस्कृत बिद्यालय चलाउन समस्या
स्वर्गद्वारी मन्दिरले बेद बिद्या आश्रम समेत सञ्चालन गरेको छ । सस्कृत बिषयको पठनपाठन गराउनका लागी सञ्चालन गरिएको स्वर्गद्धारी वेद विद्याश्रम भेटीको रकम बाहेक अन्य स्रोत नहँुदा सञ्चालनमा समस्या भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका दर्शालुबाट आएको भेटीले बिद्यालय सञ्चालन हुदै आएको मन्दिरका प्रशासकिय प्रमुख अधिकारीले बताए । ‘विद्यालय सञ्चालनका लागी मन्दिरको भेटी बाहेक अन्य थप सहयोग छैन्’ उनले भने ।
आश्रमले सञ्चालन गरेको सँस्कृत विद्यालयमा ९५ जना विद्यार्थीले अध्ययन गरिरहेको छन । वेद विद्याश्रममा सात जना शिक्षकहरु कार्यरत छन । दुइ जना शिक्षक राहत कोटामा सरकारी तलव लिदै आएका छन् । अन्य पाँच जना शिक्षकका लागी आश्रममा भक्तजनले चढाएको भेटिबाट तलवको ब्यवस्था छ । ‘शिक्षकका लागी सरकारी सेवा सुविधा दिने गरि नियूक्त गरेका हौँ’,अधिकारीले भने,‘तर अहिले शिक्षकहरुलाई तलव खुवाउन समस्या भएको छ ।’ आश्रममा पठनपाठनका लागी वस्दै आएका विद्यार्थीहरुका लागी खाना वस्न तथा लगाउने कपडा सवैको ब्यवस्था आश्रमले गर्दै आइरहेको छ ।