घुम्टो खोली बसेछु आज तिमी यता दृष्टि देऊ
चरा बचरा चूँ चूँ गरी रमाएका आई मेरा छेऊ
शस्त्र अस्त्र होडमा तिमीले मानवता बिर्सिदियौै
प्रकृतिलाई नै तिमीले कृतिम श्वास फेराइदियौ !
भुलेकी छैन अझै आफ्नो युगौँ देखिको नियम
ऋतु अनुसार नै सब गरेछु मानव कल्याण गर्न
प्रदुषणमा पनि पीडा लुकाई खुल्न खोजेँ सदा
तिमी सदैव हेपिरहयौ मलाई म धेरै नम्र हुँदा !!
मृत्यु नल्याएकी मलाई हेर कस्तो बनाइदियौ
संसार कम्पित बनाउन तिमी उद्दत भइदियौ
मेरो फक्रदो बैंसलाई शोषण मात्र जान्यौ गर्न
बाँच्नु नै ठूलो कुरा हेर त गाह्रो हुँदो रहेछ मर्न !
उचनीच,धनी,गरिब कालागोरा भनी विभेदमा
अरूलाई लडाइ खुसीभयौ विकासको नाममा
मनायौ पृथ्वी,वातावरण,गुलाफ दिवस पनि
जानेनौ मनाएर मात्र यो संरक्षण हुन्न भनी !!
हजारौं फूलआई पुकारे हामी फुल्न पाएनौँ
वनपाखा ओइलाउन थाले प्रदुषणले बाँचेनौँ
समुद्रआई भनी रोइन आमा जलचर मर्न थाले
पृथ्वी काप्न थालिन् भन्दै थलचर लोप भए !!
हिमालले पुका¥यो मलाई साह्रै गर्मी भयो अनि
मानवलाई एउटा पाठ सिकाऊ हे आमा भनीे
धेरैसोचेँ अनेक रूप धारणनगरूँ अहिले भनी
तिमीले बाध्य बनायौ महामारी ल्याऊ भनी !!!
यसबाट पाठ सिकेर अब सुिध्रएनौ तिमी भने
नरूनु सम्झी त्यो बेला कृतिम श्वास फेर्न परे
नरूनु है पुकार्दै मानव अस्तित्व समाप्त भए
मलाई नसम्झिनु त्यो बेला तिमी हराइ गए !!
0000000