- ढुंगामा भविष्य देख्दै जनप्रतिनिधी
सौतामारे (प्यूठान) : तीन जिल्लाको सिमा क्षेत्र सौतामारेमा गुल्मीका एक जनप्रतिनिधीले पोखरेली मार्वल सरहकै ढुंगा उद्योग संचालन गरेका छन् । झिमरुक गाउँपालिका १ सौतामारे छेडामा मदाने गाउँपालिका ६ का सदस्य चक्र बहादुर जिसीले पुरकोटे ढुंगा उद्योग संचालनमा ल्याएका हुन् । गाउँमै उपलव्ध हुने ढुंगालाइ कुँदेर उनले कलात्मक मार्वल बनाउछन् ।
गाउँघरमै यसको माग बढ्दो छ । दश लाख रुपैयाँ लगानीमा संचालन गरिएको उद्योगले स्थानीय यूवालाइ समेत रोजगार दिएको छ । गाउँकै दश जना यूवालाइ रोजगार दिइएको जिसीले जानकारी गराए । ‘ख¥यानमा ढुंगा यत्तिकै खेर गएका थिए’,उनले भने,‘३० रोपनी क्षेत्रफल जग्गाभरी ढुंगा छन् ।’ गाउँभरीका स्थानीयको ख¥यानको ढुंगालाइ प्रति गोटा तीन रुपैयाँ दिने गरी भाडामा लिइएको उनले जानकारी दिए ।
४२ वर्षिय जिसी वडा कार्यालयको काम बाहेक यसैमा व्यस्त हुन्छन् । दिउँभरी वडामा व्यस्त भएपनि कार्यालय समयपछिको समय यसैमा खर्चन्छन् । दिर्घकालिनसम्म उद्योगलाइ निरन्तरता दिएर अघि बढ्ने उनको सोँच छ । कुदेका ढुंगाको बजारमा माग समेत राम्रो छ । गुल्मीको पर्यटकीय तिर्थस्थल रेसुंगा, प्यूठानको ओखरकोट मन्दिर लगाएत स्थानमा सिँढी निर्माणका लागि ढुंगा खपत भएको उनले बताए । गार्डेन निर्माण, चौपारी, मन्दिर, क्याफे लगाएत निर्माणमा ढुंगाको प्रयोग हुने गरेको छ । घर निर्माणमा समेत यहाँका ढुंगा सजाउनका लागि प्रयोग हुन्छ ।
झिमरुक गाउँपालिकाको बाँदीकोटमा यसअघि यस्तै प्रकारको उद्योग संचालनमा आएको छ । त्यसपछि यस क्षेत्रमा संचालित उक्त उद्योग दोस्रो हो । ६ महिना अघिदेखि संचालन गरिएको उद्योगबाट हालसम्म झण्डै सात लाख रुपैयाँ कारोवार भइसकेको जिसीले बताए । तीन लाख रुपैयाँ आम्दानी भइसकेको उनको भनाइ छ । उनले प्रति ढुंगा १ सय ४० रुपैयाँमा विक्री गर्छन् । ढुवानी गर्न समस्या छैन । उनको आफ्नै गाडी छ । मच्छि–पुर्कोटदह सडक छेउँमै उद्योग संचालन भएकाले सडक ओहोरदोहोर गर्ने यात्रुले समेत कुदेका ढुंगाको माग गर्ने गरेको जिसीले बताए । प्यूठान, गुल्मी र अर्घाखाँचीका नागरीक ओहोरदोहोर गर्ने संगमस्थल भएकाले बजारको समस्या नभएको उनी बताउँछन् ।
‘गाउँमा मेहनत गर्नसके आम्दानी गर्न समस्या छैन्’,जिसी भन्छन्,‘गाउँमा प्रशस्त संभावना छन् । वडाबासीलाइ आय आर्जनमा जोडिनका लागि प्रेरित गरेका छौँ ।’ स्थानीयमा उपलव्ध स्रोत साधनलाइ प्रयोग गरेर उद्यमी व्यवसायमा लाग्ने गरी वडाका नागरीकहरुलाइ विशेष कार्यक्रम बनाएर लैजाने सोँच रहेको उनले सुनाए । छोटो समयमै आफूले संचालन गरेको उद्योगबाट सफलता पाउन थालेको अनुभव सुनाउँदै उनले यसैलाइ निरन्तरता दिएर लागिरहने योजना सुनाए ।