बुटवल : कोरोना भाइरस सम्वन्धी तिलोत्तमा नगरपालिका रुपन्देहीले सन्देशमुलक सांगेतिक भिडियो सार्वजनिक गरेको छ । समाजमा कोरोनालाई नेपालीको एकताको जग नभत्काई सामाजिक दुरी कायम राखेर मात्र कोरोनाबाट विजयी गर्न सकिन्छ भन्ने सन्देश दिने गरी भिडियो सार्वजनिक गरिएको हो । नगरपालिका प्रमुख वासुदेव घिमिरेले सार्वजनिक गरे ।
भिडियोमा ‘‘विश्वभरी फैलियो नयाँ कोरोना महामारी, योसँग लड्नलाई गरौं मिलेर तयारी, राखौं सबैले नेपाली एकताको चिनारी, आत्तिनु हुन्न टरी जान्छ यो सँकट भारी’’ लगाएत सन्देश छ । भिडियोले कोरोना भाइरस रोकथामलाई नै प्रमुख महत्व दिएको छ । संगीतको माध्यमबाट जनस्तरमा कोरोना विरुद्धको सचेतना फैलाउन धेरै सजिलो हुने भएकाले यस्तो माध्यम रोजिएको नगरप्रमुख घिमिरेले बताएका छन् । घिमिरेले नगरपालिकाको कार्यालयमा एक अनौपचारिक कार्यक्रमका बीच मंगलवार श्रीनगर फिल्म्स यूट्युबमा ‘रिलिज’ गरेका हुन् । संगीतको माध्यमबाट नागरीकहरुले त्यसले दिन खोजेको सन्देश छिट्टै बुझनसक्ने घिमिरेको आशा छ ।
भिडियो ११ मिनेटको तयार पारिएको छ । गित सुनेपछि नागरीकहरुमा यसले मनोवन बढाउन सक्ने समेत नगरपालिकाले बताएको छ । ‘आफू सुरक्षित भई समाजनलाई पनि सुरक्षित बनाउन यसले मद्दत पुगने छ’,घिमिरेले भने,‘हामी सवैले मिलेर कोरोनाबाट विजयी प्रापत गरौँ ।’
लकडाउनको समयमा पनि सन्देशमूलक सांगेतिक भिडियो तयार पार्ने परिवारप्रति उनी आभारी बने । लोकगायक नारायण विपी परियारको डिजाइनमा एक्जीक्यूशन, अर्जुन खरेल, फाइन मिडिया बुटवल, श्रीनगर अनलाइन र जय माता दी फाउण्डेशन लगायतको सहकार्यमा भिडियो तयार पारिएको हो ।
गीतको शब्द, संगीत राजु विकेको रहेको छ । स्वर गायिका एन्जिला रेग्मी, नवोदित गायकहरु नमन सुनार र प्रसन्न पछाइ क्षेत्रीको छ । छायाँकन, निर्देशन र सम्पादन मनिष पन्थले गरेका छन् भने स्पन्दन पन्थ, स्वभाव पन्थ, कमला पन्थ र अभिषेक तिवारीले अभिनय गरेका छन् । चीनको वुहानबाट शहरबा शुरु भएको नयाँ कोरोना महामारीले विश्वलाई नै आक्रान्त बनाउँदै गएको छ । अहिलेसम्म २४ लाख २ हजार १ सय ५ बढी संक्रमित, १ लाख ७० हजार ४ सय ७० बढीको मृत्यु भइसकेको छ । विश्वभरका २ सय १० मुलुकहरु महामारीलाई न्यूनिकरण, रोकथाम र नियन्त्रण कसरी गर्ने भन्नेमा प्रयासरत भइरहेका छन् ।
कोरोना महामारी विरुद्ध जुध्नका लागि विश्वका समृद्ध, शक्तिशाली र विकसित देशहरुलाई समेत हम्मेहम्मे भइरहेको छ । नेपालमा पनि संक्रमितहरु देखिन थालेका छन् । छिमेकी मुलुक भारतमा संक्रमितहरुको संख्या १७ हजार पार गरी सकेको छ भने ६ सय बढीको निधन भइसकेको छ । कोरोनाको अहिलेसम्म औषधि अहिलेसम्म बनेको छैन् ।
हेर्नुहोस् भिडियो