- पाकेको बाली भित्र्याउन नपाउँदै असिनाले चुट्यो ।
- राहत दिन सरकारसँग किसानको माग ।
प्यूठान : गौमुखी गाउँपालिका–४ पूँजा लैसारा प्यूठानका रेशमलाल शर्माले अधियाँमा छिमेकीको बारीमा गहुँ लगाएका थिए । आफ्नो जग्गा थोरै भएपछि उव्जेको अन्न आधा÷आधा बनाउने गरी उनले अरुकै जग्गामा खेती गरे । थोरै भएको आफ्नो बारीमा उनले तरकारी लगाएका छन् । पाँच हजार रुपैयाँ जति खर्च गरेर शर्माले बारीमा गहुँ छरेका हुन् ।
बारीमा गहुँ पाकिसकेको थियो । तर दुःख गरेर उब्जाएको बाली भित्र्याउन नपाउँदा उनी निराश छन् । उनले गरेको खर्च र मेहनत दुवै खेर गयो । फलेको फल माटोमै विलायो । उनका अनुसार यसपाली गहुँ राम्रै फलेको थियो । पाकेको गहुँ भित्र्याउने बेला असिनापानीले नष्ट गरेपछि शर्मा दुःखी छन् । दुई दिन अघि परेको असिनाले लहलह फलेको गहुँ बारीमै नष्ट पारेपछि शर्मा निराश बनेर घरमा बसेका छन् । ‘तीन÷चार मुरी गहुँ फल्थ्यो’,उनी भन्छन्,‘भित्र्याउने बेला असिनाले चुट्यो ।’ उनले एक रोपनी क्षेत्रफलमा गहुँ लगाएका छन् ।
उनको मात्र होइन् गाउँका पुरै किसानहरुले लगाएको बाली भित्र्याउन नपाउँदै असिनापानीले ध्वस्त पारेको छ । धेरैजसोको वर्षभरी र केहीको आधा महिनासम्म खाना पुग्ने अन्न बारीमै नष्ट भएको छ । पाकीसकेको गहुँ, जौ, छरेको चैते मकैमा असिनाले क्षति पु¥याएको छ । सुन्तला, जुनार, कागती र आँपमा लागेको फूल मात्र होइन पातै झारेर विरुवाहरु तहसनहस बनाएको किसानहरुले गुनासो गरेका छन् ।
पुँजा लैसारा निवासी जिवलाल जैसीले पनि बाली भित्र्याउन नपाउँदै असिनाले क्षति प¥याएको गुनासो गरे । उनले एउटा ठूलो पाटामा गहुँ लगाएका छन् । कोरोना भाइरसले गाउँ त्रसित भइरहेको बेला प्रकृृतिले पनि आफूहरुलाई साथ नदिएको उनको दुःखेसो छ । तर प्रकृति विरुद्ध किसानहरुले केही गर्न सक्ने स्थिती छैन् । कोरोनासँग जोगिन सकिएपनि प्रकृतीसँग जोगिन धेरै गाह्रो हुने उनीहरुको भनाई छ । पुँजाका स्थानीय जायश्वर जैसीका अनुसार गाउँका धेरैजसो क्षेत्रमा असिनापानीले खेतवारीमा किसानले लगाएको बाली पूनःप्रयोगमा ल्याउन नमिल्ने गरी नष्ट भएको छ । गौमुखी गाउँपालिकाका पुँजा र लिवाङ क्षेत्रमा असिनाले बाली धेरै नष्ट गरेको स्थानीयले बताएका छन् । यसबाहेक रजवारा, अर्खा, खुङ क्षेत्रमा पनि बालीनालीमा क्षति पुगेको छ ।
झिमरुक गाउँपालिका–७ तुषारामा पनि असिनापानीले बाली सुरक्षित रहन दिएन । स्थानीय बुढापाकाका अनुसार अहिलेसम्मकै ठूला असिना यसवर्ष परेको छ । ‘नातीले तौल गर्दा दुई सय ग्रामको असिना परेको रहेछ’,तुषाराका स्थानीय ७० वर्षिय हुमा जिसीले भनिन्,‘बारीभरी असिनाले सेतै भएको थियो ।’ गाउँका कुनै पनि किसानले बारीमा उव्जेको अन्न घरभित्र भित्र्याउन नपाएको स्थानीय लोक बहादुर महतराले जानकारी दिए । वर्षदिन खान पुग्ने अन्नपात स्याहार्न नपाउँदा किसानहरुलाई धेरै मर्का परेको महतराले गुनासो गरे । ‘स्थानीय सरकारले किसानहरुको पीडा बुझिदिए हुन्थ्यो’,उनी भन्छन्,‘किसानहरुले क्षतिपूर्ति त मागेका छैनन् । तर हौसलाको रुपमा राहत दिए हुन्थ्यो ।’
कृषि प्राविधिक समेत रहेका ४५ वर्षिय महतराले प्रकृतिले यसरी वालीनालीमा पु¥याएको यो नै पहिलो क्षति हो । तुषाराका साविक २, ३,४ र ६ नम्वर वडामा असिनाले धेरै क्षति गराएको उनले बताए । सुन्तला, कमला, कागतीको पकेट क्षेत्रको रुपमा रहेको तुषारामा किसानहरु व्यवसायिक रुपमा लागेका छन् । उनीहरुले लगाएका बारीका सवै बोटहरुमा क्षति पुगेको महतराले जानकारी गराए । ‘गहुँ, जौ यस क्षेत्रका किसानको मुख्य वाली हो’,महतरा भन्छन्,‘तर भित्र्याउनै नपाउने गरी भएको क्षतिले यसवर्ष खाद्यान्न संकट हुने देखिन्छ ।’ किसानहरुलाई राहत दिनका लागि सरकारले चासो दिन उनले आग्रह गरे । गाउँका स्थानीय भविराम जैसीका तीन वटा गोरु र एउटा गाई वनबाट चरेर गोठमा फर्किदा स्थानीय ठाडो खोलाले बगाएर मृत्यु भएको समेत उनले जानकारी गराए । झिमरुक गाउँपालिकाको वडा नम्वर ५ स्थित ओखरकोट क्षेत्रमा पनि असिनापानीले धेरै क्षति पु¥याएको स्थानीय दल बहादुर जिसीले जानकारी दिए । उनले काट्न ठिक्क परेको गहुँ, जौ प्रयोगमा आउन नमिल्ने गरी क्षति भएको बताए । गाउँका सवै किसानहरु निराश भएको उनको भनाई छ ।
किसानले जेठ असारताका खान मिल्ने गरी बारीमा लगाएको चैते मकै समेत ध्वस्त भएका छन् । मेहनत गरेको दुःखको प्रतिफल लिन नपाउँदा किसानहरुको अनुहारमा निराश छाएको छ । कोरोना भाइरसको त्रासमै रहेका किसानहरुलाई असिनापानीले वालीनाली पूर्ण रुपमा नष्ट गर्दा थप चिन्तित बनाएको छ । टमाटरको पकेट क्षेत्रको रुपमा रहेको माण्डवी गाउँपालिका–२ मर्कावाङका किसानहरुले बारीभरी लगाएको टमाटर असिनापनीले नष्ट गरेको स्थानीय ६४ वर्षिय मान वहादुर वलीले बताए । उनले यसवर्ष २ हजार ५ सय टमाटरका बेर्ना र चार सय कागती, मौसमका विरुवा रोपेका थिए । ती सवै कामै नलाग्ने गरी सखाप भएको उनले गुनासो गरे । ‘झण्डै डेढ लाख रुपैयाँ जति लगानी भएको थियो’,उनले भने,‘सवै असिनाले चुट्यो ।’ आफू सहित गाउँका सयौँ किसानको मेहनत गुमेको उनले बताए । विगत पाँच वर्षदेखि उनले गाउँमा व्यवसायिक तरकारी र फलफूल खेती गर्दै आएका छन् । यसवर्ष गरिखाने माध्यम गुम्दा उनी दुःखी छन् । कोरोनाले गर्दा फूर्सदमा खेतवारीमा काम गर्ने समय पाएपनि बाली जोगाउन नपाउँदा निराश हुनुपरेको उनी सुनाउँछन् । स्थानीय सरकारले अवस्था हेरेर राहत दिन किसानहरुले आग्रह गरेका छन् । कोरोना भाइरससँग जुधिरहेका बेला असिनापानीले पु¥याएको क्षतिले किसानहरुलाई चोटमाथी चोट पुगेको छ ।
तस्विर : राजेन्द्रराउत क्षेत्री/मर्कावाङ, सुमन भण्डारी/तुषारा
हेर्नुहोस् भिडियो :