काठमाडौं : सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १२ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। तेस्रो चरणको लकडाउन वैशाख ३ गतेदेखि सकिँदैछ।