सन्दर्भ : कोरोना भाइरस
कोरोनाको त्रास घटनुको साटो दिनप्रतिदिन बढ्दै गएको छ । पोजेटिभ संक्रमितहरु नभेटिए पनि हुन्थ्यो भन्ने आम नागरीकहरुको आशामा तुसारापात लाग्दै छ । शनिवार कैलालीमा तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि अझ शसंकित बनाएको छ । विश्व नै ठप्प भइरहेका बेला नेपाल नहुनै कुरै भएन् । कोरोना (कोभिड १९) भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनको आज (आइतवार) १२ औँ दिन पुगिसक्यो । नागरीकहरु जसोतसो इमान्दारीका साथ लकडाउनको पालना गरिनै रहेका छन् । नगरुन पनि कसरी, ज्यानको मायाँ त सवैलाई हुन्छ नै । ‘एक दिन बाँचे नौ लाख तारा देखिन्छ’ भन्ने नेपाली उखान काफी छ ।
कोरोना भाइरस हामीलाई खोज्दै घरघरमा आउने होइन् । सावधानी पु¥याएनौ भने मात्र उसले सजिलैसँग हामीलाई आक्रमण गर्छ । यसबाट बच्ने उपाए भनेकै घरबाहिर नस्किएर चिकित्सकले भने अनुसार गर्नुनै हो । वैदेशिक रोजगारबाट जन्मघर फर्केकाहरु अहिले गाउँ गाउँमा डुलिरहेका छन् । विशेषगरी भारतबाट आएका नेपालीहरु खुलेआम हिडिरहेका छन् । गाउँमा आफन्तसँग सन्चो विसन्चो सोध्दै हिडेका छन् । सन्चो विसन्चो नसोध्ने भनेको होइन, कोरोनाको त्रास कम भएपछि सोँधो न भनेको मात्र हो ।
विदेशबाट आएकाहरुलाई नै लक्षित गरी गाउँ गाउँमा स्थानीय सरकारले कम्तीमा पनि १४ दिन सुरक्षित रुपमा बस्नका लागि भनेर क्वारेन्टाइन बनाएका छन् । प्यूठानमा पनि ९ वटै स्थानीय तहले अहिलेसम्म ७७ वटा क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा ३०१ जना व्यक्तिहरु बस्नसक्ने क्षमता छ । अहिलेसम्म ५८ जना मात्र व्यक्तिहरु क्वारेन्टाइनमा छन् । अरु कहाँ छन् ? खोजेर ल्याउनुप¥यो । तथ्यांक संकलन मात्र गरेर पुग्दैन् उनीहरुलाई सुरक्षित स्थानमा राख्न पनि उत्तिकै पहलकदमी गर्न जरुरी छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको तथ्यांक अनुसार भारत सहित तेस्रो मुलुकबाट प्यूठानमा अहिलेसम्म ३ हजार ४ सय ७ जना व्यक्तिहरु आइपुगेका छन् । ती मध्ये अत्यन्तै न्यून संख्यामा व्यक्तिहरु क्वारेन्टाइनमा छन् । स्थानीय तहले उनीहरुलाई क्वारेन्टाइनमा राख्न सकेको छैनन् । गाउँपालिका, नगरपालिकाहरुले क्वारेन्टाइनमा बस्न त आग्रह गरे तर उनीहरु टेरेका छैनन् । महामारी नफैल्नु पूर्व नै सावधानी अपनाउन किन यति अटेरी बनेका होलान ? यो चिन्ताको विषय बनेको छ ।
कोरोनाको त्रास शुरु भएदेखि नै पहिलो कामको रुपमा सवै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन बनाउन तछाडमछाड गरे । शुरुवाती चरणमा थालेको उनीहरुको प्रयासलाई सकरात्मक रुपमा लिनुपर्छ । यदि कोही व्यक्ति संक्रमित भएको शंका लागेमा ती क्वारेन्टाइनको जरुरत पर्दथ्यो । त्यसका निम्ति पनि क्वारेन्टाइन निर्माणको अर्थ रहेको छ । वैदेशिक रोजगारमा गएकाहरु फर्केका व्यक्तिलाई घर पुग्नुपूर्व नै सिमानामै १४ दिन क्वारेन्टाइनमा राखेर पठाउनुपर्ने थियो । तर, सिमानाका स्थानीय सरकारले त्यसो गर्न सकेनन् । स्थानीय सरकारले मात्र नभई प्रदेश सरकारले समेत यसमा सहयोग गर्नुपर्ने थियो । प्रदेश सरकारले जिम्मेवारी बाडफाँडमै यस्तो प्रावधान गर्नुपर्ने थियो, तर गरेन । क्वारेन्टाइन बनाउन हतास गरेका उनीहरु रित्ता क्वारेन्टाइन भर्नतर्फ अव भने चासो दिनैपर्छ ।
स्थानीय तहका जनप्रतिनिधीहरु अहिले गाउँ गाउँमा राहत बाढ्ने दौडधुपमा छन् । धेरैजसोले देखासिकीकै भरमा राहत बाढ्ने अभियानलाई तिव्र बनाए । तर जसरी गरेपनि अन्ततः यो श्रमिककै हितमा छ । यसलाई सराहना गर्नैपर्छ । दैनिक ज्यालादारीमा काम गरेर जिविका चलाएकाहरुको खोजी गरी स्थानीय तहले खाद्यान्न र नुनतेल दिएको कुरा आफैँमा स्वागतयोग्य छ । तर अव यसैमा मात्र भुलेर काम छैन् । अर्को कुरा राहत वितरणमा स्थानीय तहले न त दुरी कायम गरेका छन्, न त आफू र जनतालाई सुरक्षित बनाएका छन् । कुनै आम भेला, जुलुस र रमाइलो मेलाजस्तो गरी गाउँमा राहत वितरण भइरहेको छ । संवेदनशिल विषयमा असंवेदनशिल बन्दा कतै थप जोखिम त निम्तिने होइन ? नागरीकले प्रश्न गर्न थालेका छन् । जनप्रतिनिधी ज्यू, यसतर्फ ध्यान दिनुभए हजुरकै हितमा हुन्छ भन्ने मलाई लाग्छ ।
अर्को कुरा नी ? राहत वितरणको बाहानामा कतै सस्तो लोकप्रियता त भइरहेको छैन् ? यसतर्फ पनि ध्यान दिनु जरुरी हुन्छ । जनप्रतिनिधी र कर्मचारीहरु राहत वितरणको फोटो सेसन गर्न निकै तछाडमछाड गरेको देखिन्छ । गर्न खोजिएको प्रयास राम्रो हुँदाहुँदै पनि सामान्य विषयमा ख्याल नगर्दा परिणाम उल्टो आउन सक्छ । कुरा यत्ति हो, ‘राम्रो गर्ने बाहानामा सामान्य विषयमै ध्यान नदिँदा, ख्यालख्यालमै आलोचित हुन नपरोस् ।’ भन्ने नै हाम्रो सुझाव र आग्रह हो । त्यो ग्रहण गर्ने नगर्ने जिम्मा चाँही हजुरकै हातमा छ ।
शनिवार बसेको मन्त्रिपरिषद् बैठकले अझै लकडाउनलाई कडाइका साथ लैजाने निर्णय गरेको छ । अन्तर जिल्ला, अन्तर स्थानीय तह र अन्तर प्रदेश जान रोक लगाएको छ । यसले पनि के देखाउँछ भने कोरोनाको संक्रमण घट्दो होइन, झनै बढ्दो क्रममा छ । त्यसकारण जनताको सवैभन्दा नजिकका सरकार भनेकै गाउँपालिका, नगरपालिका हुन् । संघीय सरकार र प्रदेश सरकार गाउँको तुलनामा धेरै टाढा छन् । जनताको नजिकको सारथी बनेर उभिएका स्थानीय सरकारले अव विदेशबाट आएका व्यक्तिहरुलाई गाउँगाउँमा ‘लखरलखर’ डुल्न दिनुभन्दा सम्झाई, बुझाई गराएर रित्ता क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुपर्छ । यसो गरियो भने जोखिम केही मात्रामा कम हुनसक्छ ।
१४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिने हुँदा, अझैपनि ढुक्क हुने अवस्था छैन् । गाउँमा बसिरहेकाहरुलाई कोरोना हुने कुरै भएन् । त्रास, यतिमात्र हो, विदेशिबाट आएकाहरु त कतै संक्रमित छैनन ? सवैको प्रश्न यसैमा छ । तसर्थ, स्थानीय तहका जनप्रतिनिधीहरुले उनीहरुलाई घृणाको नजरबाट होइन्, मायाँ, सदभाव देखाएर क्वारेन्टाइनमा ल्याउनुपर्छ । १४ दिन पुगेपछि सम्मानपूर्वक घर पठाउनुपर्छ । ताकी, उनीहरुलाई गाउँ, घरमा फर्केपछि समाजले नराम्रो दृष्टिकोणबाट नहेरुन् ।
विदेशबाट आएकाहरुलाई गाउँघरमा नराम्रो दृष्टिकोणबाट हेर्नेहरुको पनि जमात बढेकै छ । मानौ उनीहरु कोरोना संक्रमित भएर गाइ पसिसके ? यस्तो संस्कार आजैबाट सवैले त्याग्नुपर्छ । भारतीय सिमानाकाहुँदै घर आएकाहरुलाई के दोष ? उनीहरु आफ्नो जन्भूमी आउन पाउनु नैसर्गिक अधिकार हो । कमजोरी सरकारकै छ । उनीहरुलाई सिमा नाकाबाटै नेपाल प्रवेश गर्दावित्तिकै क्वारेन्टाइनमा राखेर पठाउने व्यवस्था गर्नुपर्दथ्यो । तर, त्यसो किन गरिएन ? घरमा आइसकेपछि स्थानीय तहले क्वारेन्टाइनमा बस्न आग्रह मात्र ग¥यो तर बस्न बाध्य बनाएका छैनन् । घरमा आइसकेपछि क्वारेन्टाइनमा गएर बस्न कोही अघि सर्ने कुरा हुँदैन् । यसका लागि एउटा मात्र उपाय हो, गाउँ तथा नगरपालिकाले कडा नियम बनाएर कार्यान्वयन गर्ने ।
माथीका अनेकन विषयहरुबाट पाठ सिकेर अव स्थानीय तहहरुले आफूले बनाएका क्वारेन्टाइनमा विदेशबाट आएकाहरुलाई कम्तीमा १४ दिनसम्म राखेर उनीहरुको स्वास्थ्य परिक्षण गराएर घरमा पठाउँ । तवमात्र हामी सुरक्षित भएको महशुस गर्नेछौँ । नागरीकको स्वास्थ्यमा स्थानीय तहले विशेषः ध्यान दिनुपर्छ । स्वास्थ्य क्षेत्रमा बजेट कम छ । पैसा नहुँदा स्वास्थ्य सामग्री खरिद गर्न सकिएन । जस्ता आलटाल कुरा गरेर पन्छिने मौका आदरणीय जनप्रतिनिधीहरुलाई कदापी छैन् । तपाइको स्थानीय तहमा कुल बजेटको मोटो रकम भौतिक पूर्वाधार निर्माणमा छुट्टिएकै छ । विनियोजित बजेटलाई जतिबेला पनि रकमान्तर गरेर अरु शिर्षकमा खर्च गर्ने सर्वाधिकार हजुरहरुकै काँधमा छ । कुरा यत्ति हो तपाईहरुसँग काम गर्ने दृढ इच्छा कति छ ?
कार्यपालिकाको बैठकबाटै यहाँहरुले अरु शिर्षकमा छुट्टिएको बजेट स्वास्थ्य क्षेत्रमा ल्याउन सक्नुहुन्छ । तपाई हामी बाँच्यौ भने मोटरबाटो अर्को वर्ष खनौला । खेतबारीमा सिंचाई फेरी पु¥याउँला । स्कुलको भवन यो वर्ष नबनाएपनि त्यत्ति फरक पर्दैन् । अहिलेसम्म जे जस्तो छ त्यसैमा चित्त बुझाउला । तर स्वास्थ्य क्षेत्रमा बजेट कम भयो भनेर कोरोनाको संक्रमण फैलिनबाट जोगाउनुहोला आदरणीय जनप्रतिनिधी ज्यू, हजुरहरुसँग आशा यत्तिमात्र छ ।
जनताको भोट लिएर जनताकै सेवा गर्छु भनेर चुनाव जितेर आउनुभएका सवै जनप्रतिनिधीहरुले कोरोना विरुद्धको अभियानमा थालेको कामलाई सवैले साथ दिउँ । रचनात्मक टिकाटिप्पणी गरौँ । उहाँहरुलाई हतोसाहित होइन्, उत्साहित हुनेगरी हातेमालो गरौँ । तवमात्र विपत्तीलाई हामी जित्न सफल हुनेछौँ । सरकारले गरेको निर्देशनहरु इमान्दारीताका साथ पालना गरौँ । घरमै बसौँ । घरबाहिर ननिस्कौँ । आफू बचौँ, अरुलाई पनि बचाउँ ।