सन्दर्भ : कोरोना भाइरस
डिसेम्बर अन्तिम अर्थात करिब चार महिना अघिदेखि सिंगो मानव जातिलाई नै हैरान बनाएको कोरोना भाइरस (कोभिड–१९) कहिले अन्त्य होला भन्ने यकिन अझै हुन सकेको छैन । विश्वभरी महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड–१९) नेपालमा पनि देखिएको छ । विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारसम्म १ सय ९९ देशका ६ लाख ८१ हजार ७ सय ३ मानिस संक्रमित छन्न । जसमध्ये १ लाख ४५ हजार ६ सय ९६ उपाचार भई अस्पाताल बाट डिस्र्चाज भएका छन्न भने मृत्यु हुने संख्या ३१ हजार ८ सय ८२ जना रहेको छ नेपालको संक्रमित संख्या ५ पुगेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषण गरेको यही चैत्र ११ गते विहान ६ बजेदेखि १८ गतेसम्म र, थप आठ दिन लकडाउन लम्बाउने निर्णय गरेको छ ।
लकडाउनको जनजीवन शान्त र सामान्य रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले कोरोनाको प्रारम्भिक चरणमै लक डाउन गरेसँगै दैनिक जीवनमा अतिआवश्क पर्ने बस्तुहरु, ज्यालादारी गरेर खानेहरुको दैनिकी निक्कै दयनीय बन्ने स्थिति पैदा हुन थालेको छ । कोरोना महामारीविरूद्द सरकार अहोरात्र खटिरहँदा जनताबाट सरकारका कार्यक्रमलाई पूर्णरुपमा सहयोग गरिरहेको अवस्था छ ।
कोरोना भाइरसको आतंकले विश्वलाई चपेटामा लिइरहँदा, यो परिवेशमा विभिन्न असत्य भ्रमको खेती गर्नेहरु यति बेला बाहिर आइरहेका छन । नोबल कोरोना भाइरसबारे कैयौँ हल्ला फैलिएको छ । अहिले यो भाइरस विश्वका १ सय ९९ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ११ मार्चमा आधिकारिक रूपमा यो भाइरसले निम्त्याएको विपतलाई अन्तर्राष्ट्रियस्तरको जनस्वास्थ्य संकटकाललाई विश्वव्यापी महामारीको घोषणा गरेसँगै जनमानसमा ठूलो त्रासको माहोल सिर्जना भएको छ । र, यही त्रासबीचबाट सरकारले गरेका कार्यको गलत सूचना सम्प्रशण, कालोबजारी केहि दरर्ज ब्यापारी, पत्रकार र राजनीतिक व्यक्तिहरु क्रियाशिल भूमिका खेलिरहेका छन ।
ती ब्यक्तिले सरकारको विरूद्धमा एकपछि अर्को गरी योजनावद्ध ढंगले आक्रमण गर्ने जनजीवनलाई त्रास फौलाउने कार्य गर्दै छन् किन ? विश्वलाई नै चपेटामा राखेको अवस्थामा सरकार माथि नियोजित रुपमा हमला खास गरी यो व्यक्ति विशेषभन्दा नेकपामाथिको दलाल तथा भ्रष्टहरूको हमला हो । त्यसैले कहि पनि पानी माथिको ओभानो बन्न, आफ्नो कुण्ठा र असन्तोषमा रमाउन, अनाहक आक्रमण गरिरहँदा रमिते भएर मौन बस्ने तरिकालाई हामी बदल्नै पर्छ । सत्यसँग त कसैको कुनै लडाई आवश्यक छैन, झूठ र बकवासहरूको सामना नगरी सत्य स्थापित हुँदैन ।
अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत मौज्दात राख्न बिर्सनेहरू वा स्वास्थ्य मन्त्रालयको खरिदमा नाजायज हालीमहाली र सेटिङ चलाएर बसेका एजेन्डहरु अहिले कोरोना महामारीविरूद्द अहोरात्र खटिरहनुभएका मन्त्री र कर्मचारीहरु माथि योजनाबद्ध तरिकाले कोहिले चिकित्सक र नर्सहरूले पीपीई नपाएर कसरी महामारीको उपचार गर्छन् भनेर उचाल्छन्न् कोहिले मन्त्रीले सेल्फ क्वारेन्टाइनमा बस्न मिल्छ ? सरकारले सबै व्यवस्था गर्नुपर्दैन ? भन्दै उफ्रन्छन्न् । मानै कि यतिबेला तिनीहरुलाई दशै आएको जस्तै छ । यस्ता योजनाहरु, भ्रम र त्रासविरुद्ध हामी एकतावद्ध हुन आवश्यक्ता छ ।
महामारी संकटलाई सबैले एकतावद्ध भएर आ–आफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भनेमात्र यो भिषण संकटको सामना गर्न सकिन्छ भन्ने महशुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिएका छौं र अन्तसम्म उभिइरहनेछौं ।