- अल्लोका कलात्मक सामग्री
- हर्वल सावुन
- प्यूठानी बाँघमुखे चुलेसी । जिल्ला चिनाउने माध्यम
कुनैबेला धेरै कम्युनिष्ट नेता जन्माउने जिल्ला भनेर चिन्दथे प्यूठानलाइ । त्यसो त पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्र्वद्धारीले पनि परिचित छदैछ । प्यूठानको चिनारी यत्तिकैमा मात्र सिमित छैन् । जिल्लाका उद्यमी, व्यवसायीहरुले उत्पादन गरेका विभिन्न सामग्रीले समेत प्यूठानलाइ विश्वसामु चिनाएका छन् ।
कृषी उपज तथा हस्तकलाका ब्राण्डहरु स्थानीय आय, उद्यमशील्ता, रोजगारी र समृद्धिका श्रोत बनेका छन । जसले उद्यमीहरुलाई आत्मनिर्भर बनाएको छ । उत्पादित दर्जनौ सामाग्री जिल्लाको चिनारी बनेर बसेका छन् ।
के हुन चिनारी ?
दुर्गम गाउँ स्याउलिवाङकोे अल्लो, खलगांको बाघमुखे चुलेसी र मरण्ठानाको हर्वल सावुन प्यूठान चिनाउने उत्पादन हुन् । पर्यटकले यहाँ उत्पादित सामाग्री कोशेलीका रुपमा लैजान थालेको उद्यमीहरु बताउँछन । सजावटका लागि बाघमुखे चुलेसी, अल्लोवाट निर्मित झोला, टोपी, मोवाइल कभरका साथै स्थानीय श्रोत र साधनबाट उत्पादित हर्वल सावुन देशका बिभिन्न शहर सहित बिदेशी बजारमा समेत रुचाउन थालिएका छन ।
जिल्लाको उत्तरी क्षेत्र अर्खा, रजवारा,स्याउलीवाङ, खवाङ लगाएत गाउँमा अल्लो उत्पादन हुन्छ । हाल जिल्लाभर ८० जनाको हाराहारीमा अल्लो उद्यमी रहेका छन । जसमध्ये महिला उद्यमीको संख्या बढिरहेको छ । एक तथ्यांक अनुसार जिल्लाबाट मासिक अनुमानित १५ लाखको प्रशोधित अल्लोको धागो सहित बिभिन्न सामाग्री निर्यात हुन्छ । उद्यमीहरुले संकलन गरेको अल्लोको प्रशोधित धागो बिदेशी बजारमा पु¥याउन आफुले सहयोग गर्ने कोठीहिमाल अल्लो उद्योगका संचालक चित्रकली बुढाले बताइन । जंगलमा त्यसै खेर गएको र पारखीहरुले टिपेर एक छाक खानु बाहेक अरु मूल्य नपाएको सिस्नोलाइ उच्च मूल्यको बालीको दर्जामा लैजान चित्रकलीको समूहले उदाहरणीय काम गरेकाछन ।
अर्को चिनारीको माध्यम हो, प्यूठानी बाघमुखे चुलेसी । तरकारी काटने औजार र सजावटका लागि यसको प्रयोग हुने गर्दछ । तर पछिल्ला दिनमा यसको प्रवद्र्धन र प्रोत्साहनमा ध्यान पुग्न नसकेको सरोकारवालाहरु बताउँछन । बजारमा समेत चुलेसीको माग बढि छ । तर, उत्पादन दिनानुदिन खस्किदो छ । मल्लरानी गाउँपालिका खलंगाको बुढाचौरमा चुलेसी उत्पादन हुन्छ । साझा सुबिधाकेन्द्र खोलिएको छ ।
चिउरीबाट उत्पादन हुने हर्वल सावुनमा पनि जिल्ला उत्तिकै चर्चित छ । मरन्ठानाको झिमरुक हर्वल सावुन उद्योगद्धारा उत्पादित सावुन जापान निर्यात भइरहेको छ । दशक अघि देखि उद्यमी दुर्गा केसीले संचालन गरेको घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्ययेको एक हो । हर्वल सावनुले उद्यमी केसीको जीवनशैली र दिनचर्या बदलिएको छ । चिउरीबाट कस्मेटिक सामाग्री, जैबिक बिषादि, आयुवेर्दिक औषधी, बनस्पती घ्यू आदि बनाउन सकिन्छ ।
चिउरी खेतीलाइ बिकास गर्न सक्दा बर्षको आठ महिना मौरी चरण बन्छ । मौरीपालनलाइ समेत यसले सघाउ पु¥याउदछ । स्याउलिबाङमा रातो मुलाको पनि व्याबसायिक उत्पादनलाइ कृषकहरुले निरन्तरता दिइरहेका छन । दाखाक्वाडीमा श्रीखण्डको लोभलाग्दो जंगल हेर्न पाइन्छ । जिल्ला बन कार्यालय र स्थानीय बन उपभोक्ता समुहले यस बनलाइ तारवार गरेर सुरक्षित गरेका छन । स्थानीयले श्रीखण्डबारे थाहाँ नपाउँदा झण्डै मासिएको यस वन अहिले हराभरा बनेको छ । अहिले श्रीखण्डको तेल प्रतिलिटर तीन लाख रुपैयाँ सम्ममा चीन निकासी हुन थालेको छ । यस व्यवसायका साथै श्रीखण्डको नीजी नर्सरी खुल्न थालेका छन । दक्षिणी प्यूठानका गाउँभरी अर्गानिक अदुवाखेती हुँदै आएको छ । अदुवा र मौरीपालनबाट जिबिका धान्नेको संख्या बढ्दो छ । पहाडका जाँगरिलाहरु किसानहरुका लागि यसलाइ राम्रो अवसरका रुपमा हेरिएको छ । तर, खुसीलाइ दिगो बनाउन व्यावसायिक उत्पादन, प्रशोधन र आकर्षक प्याकेजिङमा राज्यको लगानी नभएको उद्यमी एवं किसानहरु गुनासो गर्छन् ।
चिनेन् प्यूठानले
आ–आफ्नो क्षेत्रबाट उद्यमी एवं किसानहरुले प्यूठानलाइ चिनाए । तर, जिल्लाबासीले आफूहरुलाइ अझै चिन्न नसकेको उद्यमीहरु गुनासो गर्छन् । जिल्लाबासीले जिल्लाकै उत्पादनलाइ प्रोत्साहन नगरेको उनीहरुको दुखेसो छ । बजारीकरणकै प्रमुख समस्या भएको उद्यमीहरु बताउछन् । हर्वल सावुन, अल्लोका विभिन्न सामग्री, बाँघमुखे चुलेसीले प्यूठानको बजार ओगट्न सकेका छैनन् । जिल्लामै उत्पादित सामग्री शुरुमा प्यूठानबासीले नै खरिद गरेर हौसला दिन उद्यमी चित्रकली बुढामगरले आग्रह गरिन् । प्यूठान उद्योग वाणिज्य संघले यसको प्रमुख अगुवाइ गरेर बजारीकरणमा सहजीकरण गरिदिन् उनले सुझाइन । जिल्लाका सवै स्थानीय सरकारले स्थानीय उत्पानलाइ प्रोत्साहन गर्न उद्यमीहरुले आग्रह समेत गरे ।