
नेपालको मुस्ताङ जिल्लामा अवस्थित जोमसोम, कागवेनी, मुक्तिनाथ मन्दिरको सुन्दरताको बारेमा पहिलेदेखि चर्चा परिचर्चा सुन्दै आएका थियौ । घुमन्तेहरुका फोटा हेरेर पनि थाँहा भएकै थियो । झनै यूट्युवमा ‘मुस्ताङ टुर’ वाला भिडियो हेर्दा लाग्दथ्यो सबैकुरा छोडेर आजै घुम्न जाउ–जाउ । यसका बाबजुद केही दिनका लागी काठमाण्डौँको व्यस्त दिनचर्या अनि धुवाधुलो छल्न यस पटक तीन दिनको छोटो समय निकालेर मुस्ताङ जाने निधो गर्यौ ।
.jpg)
पहिलो दिन यात्राका लागी म लगायत चालक सहित ९ जना २०७६ फागुन २३ गते शुक्रबारको दिन ३ बजे काठमाण्डौ चेकपोष्टबाट मुक्तिनाथ यात्रामा निस्कियौ । जहाँ हाम्रो साथी गीत संगीत भयो जुन तीन दिनको यात्राभर नै साथी भयो । पृथ्वी राजमार्गमा गाडी ८०–९० कि.मी को गतिमा कुदिरहयो । धादिङको धार्के ,मलेखु ,कुरिनटार हुँदै मुग्लिन पुल तरियो । आबुखैरेनी, डुम्रे, दमौली ,पोखरा हुदै बाग्लुङ प्रवेश ग¥यौँ । त्यस दिन राती १२ बजेतिर बाग्लुङ पुग्यौ । त्यहाँ होटल पिस प्यालेसमा आरामदायी बसाई पश्चात बिहानै ४ बजे उठेर नित्यकर्म सकाई हामी बाग्लुङको कालिका भगवती मन्दिर दर्शन गर्यौ ।
.jpg)
बिहानको खाजा पश्चात हामी एसियाकै सबैभन्दा लामो निर्माणाधिन झोलुङ्गे पुल हेर्दै हामी गन्तव्य तर्फ लाग्यौ । गाडी चालक राजु स्याङबो एकदमै सरल र सहज स्वभावको भएकोले बिच बाटोमा पर्ने सबै महत्वपूर्ण ठाउँहरू हेर्ने मौका पायौ । बाग्लुङ र पर्वतका बिभिन्न पुलहरु तर्दै अघि बढि रहयौ र हामी म्याग्दीको सदरमुकाम बेनी पुगियो ।
समय अभाबको कारण हामी त्यहाँ नअल्मल्ली सिधै अगाडी लाग्यौ । बेनी भन्दा माथिको सडक भने निकै अप्ठयारो ,खाल्डा खुल्डी र साघुरो रहेछ संगै जोखिमपूर्ण पनि । बेनीबाट करिब २०÷२५ किलोमिटर अगाडी पुगेपछि हामीलाई सुन्दर सेतै हासेका हिमालहरुले स्वागत गर्न थाले । त्यो देख्दा हामी सबैको मन फुरुङग भईसकेको थियो । बाटोमा रुप्से झरना पर्दो रहेछ त्यो झरना देखेपछि हामीले गाडी नरोकि जाउ भन्न सकिएन यस्तो ठाउँ अतकतै आउदैन होला भन्ने सोँच्दै सबैजना फोटा खिच्नमा मस्त भयौ संगै खाना पनि त्यहि खाएर फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौ ।
.jpg)
त्यसपश्चात हामी संसारकै गहिरो कालिगण्डकी गल्छी भएको दाना भन्ने ठाउँमा पुग्यौ । त्यस पछि लेते भन्ने ठाउँमा पुगियो त्यहाँ डोजरले बाटो बनाउदै रहेछ । ठाउँठाउँका प्रहरी चेकपोष्ट पार गर्दै अगाडी बढयौ र मुस्ताङ जिल्लामा प्रवेश गरियो ।
धेरै पर्यटक आउने जिल्ला भएर पनि हुन सक्छ प्रहरीहरुले गाडीको रेकर्ड मात्र राख्ने होईन यात्रुको सख्या र राष्ट्रियताबारे पनि सोधपुछ गर्ने ब्यबस्था रहेछ । हामीले त्यो सबै जानकारी गराएर गन्तब्य तर्फ लाग्यौ । आहा १ कालिगण्डकी नदीको विशाल बगर देख्न पाउँदा आफुले आफैलाई भाग्यमानी ठानिरहेका थियौ । दिउँसो २ बजेतिर मुस्ताङको सदरमुकाम जोमसोम पुग्यौ ।
जोमसोमको बिमानस्थल हेर्यौ जताततै हिउले सेताम्य भएको रहेछ । प्राकृतिक छटाले भरिएको जोमसोम बजार नियाल्दै हामी घरपझोङ गाउपालिका गाउँ कार्यपालिकाको कार्यालय नजिक पुग्यौ । त्यहाँ मेरो साथी अशोक कुमार खडकालाई भेटयौ र उहाँसंगै ढुम्बा ताल जाने निर्णय गर्यौ । हिउ धेरै परेको थियो सबै डाडापाखा हिउँले भरिपूर्ण भएका थिए ।

त्यो दृश्य देख्दा लागेको थियो हामी कतै सगरमाथा त चड्न लागेका छैनौ । हिउँमा रमाउँदै हामी ढुम्बा ताल पुग्यौ । ढुम्बा तालमा एकदमै रमायौ नेपालको झण्डा फहराउदै सामूहिक तस्बिर खिच्यौ । हावा त त्यहाँ यतिसम्म चल्दो रहेछ कि म जस्ता पातलो मान्छेलाई त उडाउला जस्तो नै भयो । चिसो पनि धेरै भयो जसको कारण हातले एउटा मोबाईल समाउन छोडिसकेका थिए ।
.jpg)
हास्दा–हास्दा सबैजना थाकिसकेका थियौ । ढुम्बा ताल घुमेर फर्कियौ र मुक्तिनाथ बास बस्न जाने निर्णय गर्यौ । काठमाण्डौ बाट निस्किन नपाएका हामीलाई त्यो प्राकृतिक दृश्यले एकदमै नजिक लगेर आफुसंगै उभ्यायो ।
घरपझोङ गाउपालिका बाट मुक्तिनाथ मन्दिर तर्फ लाग्यौ , कालिगण्डकी नदिको किनारै किनार कालिगण्डकी करिडोर बाट कालिगण्डकी नदीको बगर र नाङ्गा डाडा देख्दा लाग्यो यो साच्चिकै नेपाल हो र ?? त्यहाबाट माथि जाने बाटो भने राष्ट्रिय गौरबको आयोजना भएर होला बाटोमा ग्राबेल गरि राम्रो बनाएको रहेछ । त्यहि बाटो हुँदै एकदमै चिसो हावा खादै ,कपाल उडाउदै कागवेनी पुगियो ।
.jpg)
बाटोमा देखिरहेका ठाउँहरु यति मनमोहक थिए जहा पनि फोटो खिचौ खिचौ लाग्ने । यतिको सुन्दर दृश्य फेरी नआउला भन्ने सोच्दै फोटो खिच्यौ । एकैछिनमा अझै मनमोहक दृश्य आउथ्यो । सडकको दुई तर्फ नै हिउले ढाकिएको देख्दा त झन मनै लोभियो । हिउले सेताम्य डाडाहरुलाई पृष्ठभूमि पार्दै सम्झनाको लागि फोटो र भिडियो खिचियो । धर्तिमा भएको स्वर्गको एक टुक्रा जस्तो अनुभूति भयो । यति सुन्दर कि हेरिरहुँ हेरिरहु मात्र लाग्ने । मन लोभ्याउने सुन्दर हिमालहरु ,नाङ्गा पहाडहरु कति फोटो क्यामेरामा कैद भए त्यसको हिसाब नै भएन । यतै फर्कियो खिच्यो उतै फर्कियो खिच्यो । त्यो दिन बेलुका ६ बजे मुक्तिनाथ बजार पुगियो । हामी त्यहा ग्राण्ड होटलमा बस्यौ मौसम एकदमै चिसो थियो ।
एकछिन आगो तापेर खाना खायौ संयोग काठमाण्डौ बाट आएको एउटा समूह त्यहि होटलमा बसेको रहेछ त्यहा हामी दोहोरी गित गाएर रमाइलो गर्यौ । एकदमै नौलो अनुभव भयो । त्यति बेला हाम्रो घडिमा ११ बजिसकेको थियो र हामी सुत्यौ । २५ गते बिहानै ५ बजे उठयौ , नुवाई धुवाई गरी बिहान ७ बजे मुक्तिनाथ मन्दिर तर्फ प्रस्थान गर्यौ । मन्दिर पुग्नलाई ३० मिनेट लाग्यो । उक्त ३० मिनेटको यात्रामा थुप्रै भारतिय पर्यटकहरु उकालो चढिरहेका थिए । त्यसमध्य एकजनालाई त हिडन नसकेर स्टेचरमा राखेर मन्दिर लैजादै गरेको दृश्य देख्दा भगवान प्रति मानिसको आस्था देखेर सोचनीय बने । घोडाचढेर पनि मन्दिरसम्म पुग्ने व्यबस्था थियो ।
.jpg)
मुक्तिनाथ मन्दिर एउटा कलात्मक मन्दिर लाग्यो । मन्दिरको वरिपरि धाराहरुमा पानी झरिरहेको, श्रदालुहरु त्यो चिसो जाडोको प्रवाह नगरी धारोमा आफ्नो जिउ भिजाउँदै हिडिरहेका थिए । मुक्तिनाथको चिसोमा नुहाउन सकिदैन होला भन्ने मनसाय भएका हामीहरु त्यहा पुगेपछि ,त्यहाको बाताबरणले हामीलाई पनि ननुहाई नफर्किने बनायो अन्तत हामीले पनि नुहायौ ।

१०८ वटा धारामा नुहाई अगाडि रहेका २ वटा पोखरीमा डुबुल्की लगायौ । माइनस तापक्रम को पानीमा नुहाउदा पनि भगवान प्रतिको आस्थाको कारण चिसो अनुभूति चाहि भएन । मन्दिर दर्शन गर्यौ र फर्कियौ फर्कदा त्यहि जादाको सुन्दर हिउले ढाकिएको पहाडहरु हेर्दै रमाउँदै मुक्तिनाथबाट कागबेनीतर्फ प्रस्थान गर्यौ । मुस्ताङको कोसेली स्याउको सुकुटी, टिम्बुरको छोप , पस्मिना आदि किनेर झोलामा राख्यौ र हामी पोखरा फर्कियौ । फागुन २६ गते हामी बिहानै उठी नित्यकर्म गरि पोखराको तालबाराही मन्दिर दर्शन गर्यौ । फागुन २६ गते पहाडमा मनाइने होली परेकोले बाटोभरी होली खेल्नेहरुसंग होली खेल्दै पोखराको शान्ति स्तुपा , तालबाराही मन्दिर , डेभिड फल्स, गुप्तेश्वर महादेव अबलोकन गरी काठमाण्डौ फर्कियौ । मुस्ताङ यात्राको क्रममा सुन्दरतासँगै विकासको सम्भावना पनि प्रशस्त देखियो । पोखरा , जोमसोम र मुक्तिनाथ एकपटक घुम्नको लागी पुग्नैपर्ने ठाउँ रहेछ । यात्रा गर्न रुचाउँने नयाँ ठाउँहरु हेर्न जान्न र बुझ्न इच्छुकको लागी घुमफिर एउटा अविस्मरणिय क्षण हुँदो रहेछ ।
जीवन रहेसम्म यात्रा जारी रहन्छ सहयात्रीहरु फेरिन सक्छन । घुम्ने मौका मिल्दा घुम्नुपर्छ । संसारमा देख्न र सिक्न धेरै कुराहरु छन । उमेर र समय छदै घुमौ र रमाईलो गरौ । हामीले त मुस्तांङ घुमेर आयौ तपाईहरु पनि स्वर्गीय आनन्द लिन चाहान्हुन्छ भने एक पटक मुस्तांङ घुम्न पुग्नुहोस । जय मुक्तिनाथ भगवान !
हेर्नुहोस् भिडियो :