प्यूठान : एउटा टेलिभिजनको लाइभ दोहोरी कार्यक्रमबाट उदाएकी धादिङकी कमला घिमिरेलाई अहिले भ्याइ नभ्याई छ । स्टेज कार्यक्रममा प्रस्तुती देखाउन् । ११ वर्षकै उमेरमा लाईभ दोहोरी गाएर दर्शकलाई चकित पार्नसक्ने क्षमता उनमा छ । चर्चित ‘बाल कलाकार’ कै रुपमा उनले आफूलाई स्थापित गराइसकिन् । देशमा मात्र कहाहोर ? उनको माग अहिले विदेशमा पनि उत्तिकै छ ।
.JPG)
प्रतिभा देखाउने शिलशिलामा उनी विहिवार विजुवारमा जारी स्वर्गद्धारी चौथो प्यूठान महोत्सवमा आइपुगिन् । कमला आउने खवरले प्यूठानका गाउँ गाउँबाट दर्शकहरु महोत्सवमा आए । विहिवार आधा दर्जन कलाकारको प्रस्तुती भएपनि धेरैजसो दर्शक उनै कमलाको प्रतिभा सुन्न आतुर देखिन्थे । फागुन ८ गतेदेखि जारी महोत्सवमा सवैभन्दा धेरै दर्शक कमला आउने दिननै ओइरिए ।
‘चिया छानेको, बोलिले हसाउन कत्ति जानेको’ उनले गाएको गीत सवैजसो दर्शकको मनमा बसेको छ । महोत्सवमा स्थलमा भेटिने सवैले कमलाले गाएको ‘चिया छानेको’ सुन्न आएको भन्ने भेटिन्थे । यति सानै उमेरमा हजारौँ दर्शकका अगाडी नाम चलेका कलाकारहरुसँग लाईभ दोहोरी गाउन सक्ने ‘विलक्षण’ क्षमताकी कमला प्यूठानीहरुको मनमा बसिन् । स्टेजमा प्रस्तुती राख्दा उनलाई कैद नगर्ने कमै हुन्थे ।
.JPG)
‘जिन्दगी गर्ने खाने, मर्ने जाने हो, किन लिन्छौ पिरलो’ उनले गाएको यस गित पनि धेरैले मन पराए । लोक गायक कृष्ण रेउलेसँग कमलाले लाईभ दोहोर गाइन् । ‘चिया छानेको’ भाकामा । गायक रेउलेसँग पनि कमजोर भइनन् । छिनभरमै फर्काइहाल्नुपर्ने दोहोरीमा उनले मिठा÷मिठा शव्दले टुक्का जुराउथिन् । टेलिभिजन कार्यक्रममा मात्र होइन, उनी हजारौ, लाखौँ दर्शकका माझमा पनि लाईभ दोहोरी गाउन सक्ने भएकी छन् । कला क्षेत्रमै समय विताउँदा कतै उनको पढाई त विग्रने होइन ? भन्नेमा धेरै दर्शकले चिन्ता व्यक्त गर्दथे । तर कमलाले गायक कृष्ण रेउलेसँगको दोहोरीमा आफूले पढाईसँगै प्रतिभालाई अगाडी बढाएको बताउँथिन् ।
.JPG)
गितकै टुक्कामा रेउलेले भने,‘गाउँदै हिड्छे स्कुलनी जान्न, जिरो आउछ यसपाली परिक्षामा माक्स आउन्न’, चिया छानेको बोलीले हसाउन कत्ति जानेको । प्रति उत्तरमा उनले भनिन्,‘दोहोरी गाउँदै पढ्ननी भ्याइदिन्छु, विज्ञानमा नी मैले नाइन्टी फाइप ल्याइदिन्छु’ चिया छानेको, बोलिले हसाउन कत्ति जानेको । कमलाको पढाईकै विषयमा रेउलेसँग दोहोरी सकियो ।
बुवा कल्याणप्रसाद घिमिरे र आफूले पढ्ने विद्यालयका शिक्षकको सहारामा उनी प्यूठान आइकी हुन् । सल्यान, पाल्पा हुँदै कमला प्रस्तुती देखाउन प्यूठान आइपुगेकी छिन् । यस महिनाभरी यस्तै मंच कार्यक्रममा उनको व्यस्त कार्यसूचि बनेको छ । सयौँ मंच कार्यक्रममा उनले प्रतिभा देखाइसकिन् । कमला अहिले कक्षा ६ मा पढ्दै छिन् । जुनसुकै व्यक्तिसँग एक न, एक प्रतिभा हुन्छ । मात्र त्यसको पहिचान र प्रस्तुत गर्ने बाटो देखाउन मात्र पर्छ । यस्तै उदाहारण बनेकी छिन्, बालकलाकार कमला घिमिरे ।
कमला आफ्नै बुवासँग ।
प्यूठान उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको महोत्सवमा कमला प्यूठानमा आउने कलाकारमा पारिश्रमिक लिनेमा दोस्रो महंगोमा पर्छिन् । हास्य कलाकार मनोज गजुरेलले ९० हजार र कमलाले ८० हजार पारिश्रमिक दिएर आयोजकले उनलाई लिएको हो ।
हेर्नुहोस् भिडियो :