विहानको ठीक ११ बजेको छ । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको छिञ्चुस्थित शारदा माध्यमिक विद्यालय । उक्त विद्यालयको कक्षा १० को सेक्सन ‘ए’ जसको एकछेउमा समयको चक्रले यो पङ्तिकारलाई पनि बस्ने अवसर जुराउँछ । म सवैका लागि अपरिचित छु त्यो सेक्सनमा र मेरो लागि पनि कक्षाका विद्यार्थीहरु अपरिचित छन् । मैले विद्यार्थीहरुलाई सरसर्ति हेरिरहेको छु भने विद्यार्थीहरुको ध्यान टेलिभिजनको स्क्रिनतिर दौडिरहेको छ । यस्तैमा टेलिभिजनको स्क्रीनमा शिक्षक जितेन्द्रराज ओली देखिन्छन् । उनले विद्यार्थीहरुलाई शुभप्रभात भन्दै आफ्नो गणित विषयको कक्षामा स्वागत गर्दछन् । उनले विद्यालयको नामै लिएर मा.वि.झिङ्नी, मा.वि. रामघाट, मा.वि.लोदे, मा.वि. झिलमिले र मा.वि.छिञ्चुका विद्यार्थीहरुलाई आफ्नो कक्षामा सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गर्दछन् । उनले नाम लिएका विद्यालयका विद्यार्थीहरु टेलिभिजनको स्क्रिनमा झल्याकझुलक देखिन्छन् । मलाई बस्दाबस्दै बोध हुन्छ कि उनले म बसेको सेक्सनलाई मात्र होइन कि उल्लिखित ५ वटा विद्यालयका ९ वटा सेक्सनका विद्यार्थीहरुलाई एकैसाथ सहजिकरण गरिरहेका रहेछन् ।
केही समय सेक्सन ‘ए’ बाट अनलाइन शिक्षक जितेन्द्रराज ओलीका सहजिकरणका गतिविधिहरु स्क्रिनमा नियाली सकेपछि त्यहाँबाट निस्कें र प्रशारण कक्षमा पुगें । प्रशारण कक्षमा अनलाइन शिक्षक जितेन्द्रराज ओली एक्लै थिए । उनका सामु एउटा सेतोपाटी थियो । उनको सामुन्नेमा टेवुलमा ल्यापटप थियो । त्यही नजिकै वेभ क्यामरा पनि थियो । ल्यापटपमा देखिएका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई हेरेर उनी कक्षामा सहजिकरण गरिरहेका थिए । कुनै विद्यालयको कुनै सेक्सनमा विद्यार्थीहरु अलमलिएको स्थिति देखियो भने त्यहाँका शिक्षक र विद्यार्थीहरुलाई फोकस गरेर सहजिकरणको क्रममा जिज्ञाशा राख्दै प्रतिक्रिया समेत मागिरेहका थिए जितेन्द्र सरले । विद्यार्थीहरुले पनि अनलाइन शिक्षक ओलीको जिज्ञाशाप्रतिको जवाफ र आफ्ना अस्पष्टताहरु अभिव्यक्त गरिरहेका थिए । यी सवै गतिविधिहरु ५ वटै विद्यालयका कक्षा १० का सवै सेक्सनका विद्यार्थीहरुले टेलिभिजनको स्क्रिनमा देखिरहेका थिए ।
यसको प्रविधिको बारेमा कुरा गर्दा अनलाइन शिक्षक लालबहादुर खड्का र कुशेश्वर ठाकुर भन्नुहुन्छ – ‘यसमा त्यस्तो ठूलो कुरा केही नभएर सामान्य प्रविधिको भरमा सञ्चालन भइरहेको छ । हामीले मोवाइल वा ल्यापटपबाट ग्रूपमा भिडियो कल गरेको प्रविधि र एप्स यहाँ प्रयोग गरिएको छ । अर्को शब्दमा भिडियो कन्फ्रेन्स हो यो । हामीसँग जोडिएका सवै विद्यालयमा विजुली, इन्टरनेटर र वाइफाइ सेवा छ । सवैसँग टिभी स्क्रीन र ल्यापटप छ । यत्ति भएपछि हामी पाँचवटा विद्यालयका ९ वटा सेक्सनहरु जोडिएका छौं ।’ यसको आवश्यकताको बारेमा भेरीगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत गजेन्द्र जिसी भन्नु हुन्छ – ‘यस नगरपालिकामा माध्यमिक विद्यालयहरुको संख्या १२ वटा छन् र माध्यमिक शिक्षक दरबन्दीको संख्या राहत सहित १६ वटा मात्र छन् । धेरै माध्यमिक विद्यालयहरु दरबन्दी विहीन छन् । अतः माध्यमिक तहको शिक्षक दरबन्दी नभएका माध्यमिक विद्यालयहरुलाई फाइदा हुने हिसावले जवर्जस्ती तरिकाबाट यो शैली अपनाइएको हो ।’
गजेन्द्रसरले भने जस्तै मलाई पनि जवरर्जस्त तरिकाले सञ्चालन गरिए झै लाग्यो सहजीकरणको यो तरिका । कक्षामा शिक्षण गर्ने शिक्षक कन्ट्रोल रुपमा गएर अनलाइन शिक्षण गर्न थालेपछि शारदा मा.वि. छिञ्चुका विद्यार्थीहरु शिक्षकविहिन जस्ता देखिन्छन् । यसकारण पनि कक्षामा अनलाइन शिक्षण भइरहेको समयमा विषयवस्तु स्पष्ट नहुँदा कहिलेकाही कक्षामा हल्ला पनि हुने गर्दछ । कन्ट्रोल रुम स्रोतसाधन सम्पन्न हुन सकेको छैन । हवाइट वोर्ड समेत कम्तीमा २ वटा भइदिएको भए पछिल्लो शिक्षकलाई तयारी गर्ने अवसर हुन्थ्यो । दोश्रो घण्टीको शिक्षकको पालो आइसक्दा पनि पहिलो घण्टीको शिक्षकले हवाइट बोर्डमा लेखेको कुरा मेट्दै गरेको देखिन्छ । सवै सेक्सनमा भएको भए त सुनमा सुगन्धै हुन्थ्यो, त्यसो हुन नसकेपनि कन्ट्रोल रुपमा एलसीडी प्रोजेक्टर वा स्मार्ट बोर्ड हुनुपथ्र्यो । अनलाइन शिक्षकले विशेष तयारी गरेर सामग्रीसहित आउनु पनि उत्तिकै आवश्यक छ । विद्युत अनियमित हुने हाम्रो मुलुकमा विद्युत नभएको बेला त्यसका लागि ब्याकअप हुनुपथ्र्यो ।
उल्लिखित समस्याको बारेमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव धिरेन्द्र प्रसाद लम्साल भन्नुहुन्छ – ‘यो सुरुवात हो । यही पौष ८ गतेबाट सञ्चालन गरेका छौं । आगामी शैक्षिक सत्रदेखि हाल देखिएका कमीकमजोरीलाई समाधान गरी नगरपालिकाका सवै माध्यमिक विद्यालयहरुमा विस्तार गर्ने योजना छ । यसका लागि हाम्रो शाखाले विशेष पहल गरिरहेको छ ।’ वहाँ अझै अगाडि थप्नुहुन्छ , औपचारिक शिक्षा भित्रको खुला सिकाइमा तथा सिकाइमा सूचना तथा प्रविधिको प्रयोगका लागि भर्चुअल कक्षा र उक्त कक्षाबाट शिक्षण गरिने सिकाइ पद्धतिको विकास गर्न जरुरी छ । यसका लागि कक्षाकोठालाई प्रविधिमैत्री बनाउन तीनवटै सरकारको थप सोच, योजना, लगानी, प्रतिबद्धता र अनुगमनको आवश्यकता छ ।’
भेरीगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र लम्सालको टिमले जवर्जस्त सञ्चालनमा ल्याएको यो शिक्षण सिकाइलाई भर्चुअल सिकाइ भनिन्छ । यो अनलाइनमा आधारित सिकाइ हो । यसलाई क्ष्ऋत् अर्थात सूचना र प्रविधिमा आधारित सिकाइ पनि भनिन्छ । हाम्रो मुलुकको माष्टर प्लान अनुसार सन २०२० सम्ममा मुलुकभर कार्यक्रम सञ्चालन र प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । मुलुकको पन्धौं योजनामा प्राथमिक तह देखि उच्च शिक्षासम्मको शिक्षण सिकाइको प्रक्रिया तथा शिक्षक तालिममा कम्प्यूटर सिप उपयोग गर्ने र यसका लागि पूर्वाधार र मानवीय क्षमता विकास गर्ने नीति अघि सारेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ मा समेत इ–लाइव्रेरी, भर्चुअल ल्याव, भर्चुअल कक्षाकोठा र शिक्षण सिकाइमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याइने छ भन्ने कुरा उल्लेख गरिएको छ । कुरा जे जस्ता भए पनि भेरीगंगाले भने एकाध पदाधिकारीको पहल र नगरपालिकाको सीमित सहयोगमा जवर्जस्त तरिकाले भर्चुअल सिकाइका कक्षा सञ्चालन गरिरहेको छ ।
त्यसो त शिक्षा तथा मानव स्रोत विकास केन्द्र (पुरानो शिक्षा विभाग) ले आर्थिक वर्ष २०७५÷०७६ देखि नेपाल टेलिभिजनसंग प्रशारण सम्झौता गरी केन्द्रद्वारा उत्पादित भर्चुअल पाठहरु शनिवार बाहेक हरेक दिन कक्षा १० का अनिवार्य विषयका भर्चुअल पाठहरु विहान ११ बजेदेखि दिउसो १ बजेसम्म र कक्षा ९ का अनिवार्य विषयका भर्चुअल पाठहरु दिउसो १ बजेदेखि ३ बजेसम्म एटिभी च्यानलबाट प्रशारण भइरहेका छन् । कक्षा १० का अनिवार्य ६ वटा विषयका ५४२ र कक्षा ९ का अनिवार्य ६ वटा विषयमा ४०० वटा पाठहरु एनटिभी च्यानलबाट प्रशारण गर्नका लागि तयार गरिएको छ । उक्त पाठहरु युटुवको लअभमखष्चतगब िअजबललभ िमा समेत राखिएको छ । इन्टरनेट र वाइफाइ उपलब्ध भएको अवस्थामा उक्त भर्चुअल पाठहरु कम्प्यूटर ल्यापटप र मोवाइल सेटमा हेर्न सकिन्छ । यसका अतिरिक्त सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रब्यदृश्य शाखाबाट उक्त भर्चुअल पाठहरुलाई कपी गरी इच्छुक विद्यालयहरुलाई दिने व्यवस्था समेत गरिएको छ । यसका लागि विद्यालयले कुनै एउटा मात्र कक्षाका लागि २ टेरावाइट र दुइटै कक्षाका सवै पाठहरुका लागि ४ टेराबाइटको हार्डडिष्क उपलब्ध गराउनुपर्छ, जसको अहिलेको बजारमूल्य बीस हजार रुपैया जति पर्छ ।
उल्लिखित विश्लेषणबाट भर्चुअल सिकाइका चार वटा मोडलहरु देखिए । पहिलो, सुर्खेतको भेरीगंगाले सञ्चालन गरिएको अन्तरक्रियात्मक मोडल । दोश्रो, युटुवमा भएका पाठहरुलाई सर्च गरेर आफूखुशी अध्ययन गर्ने मोडल । तेश्रो, शिक्षा तथा मानव विकास केन्द्रले एनटिभी च्यानल मार्फत प्रशारण गरेको मोडल र चौथो भनेको हार्डडिष्कमा कपि गरेर अफलाइनको समयमा पनि अध्ययन गर्ने मोडल । विद्युत, इन्टरनेट र वाइफाइ सुविधा भएको विद्यालयमा पहिलो र दोश्रो तरिका उपयुक्त देखिन्छ । यसमध्ये पनि पहिलो तरिका दोश्रो भन्दा उपयुक्त देखिन्छ । किनभने पहिलोमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने र उनीहरुको क्रियाकलापहरु अवलोकन गर्ने अवसर समेत प्राप्त हुन्छ । यसका लागि हरेक सेक्सन र कक्षाकोठाहरुमा सकेसम्म विषयगत शिक्षक र त्यो नभए सामान्य सहजकर्ता मात्र भएपनि आवश्यक छ । यसका अतिरिक्त कण्ट्रोल रुम साधनसम्पन्न हुनुपर्दछ । साथै शिक्षकहरु दक्ष, सक्षम, सिर्जनशील र स्रोतपूर्ण हुनु जरुरी छ । कण्ट्रोल रुमको शिक्षकलाई सहयोग गर्नका लागि क्यामरा, ल्यापटप आदिको बारेमा जानकारी भएको सहयोगीको पनि त्यत्तिकै जरुरी छ ।
इन्टरनेट र वाइफाइको पहुच भन्दा बाहिरका विद्यालयहरुका निम्ति तेश्रो र चौथो तरिका प्रयोग गर्न सकिन्छ । विद्युत भने यी दुवै मोडलमा आवश्यक छ । यी दुइमध्ये पनि राम्रो र लचिलो तरिका भनेको हार्ड डिष्कमा कपी गरेर कम्प्यूटर वा टिभीबाट हेर्ने तरिका हो । यसका लागि हरेक विद्यालयले ४ टेराबाइटको हार्डडिष्क र टेलिभिजन सेट वा स्मार्ट बोर्ड र ल्यापटप वा कम्प्यूटर हुनु आवश्यक छ । निश्चित समयसम्म हेरि÷सुनिसकेपछि विषयगत शिक्षकले विद्याथीहरुलाई धारणा प्रष्ट भए नभएको सम्बन्धमा रोकेर अर्थात पज गरेर छलफल चलाउन सकिन्छ र तत्पश्चात पुनः प्ले गर्न सकिन्छ । यस प्रकारको सुविधा टिभीबाट प्रशारण हुने तरिकामा उपलब्ध हुदैन ।
निष्कर्षमा भन्नुपर्दा सिकारुहरु प्रविधिमैत्री हुदै गइरहेको अवस्था छ । त्यसकारण सिकाइलाई प्रभावकारी बनाउने हो भने यसलाई प्रविधिसँग जोड्नु पनि त्यत्तिकै आवश्यक छ । अर्कोतिर विद्यालयहरुमा शिक्षक र त्यसमा पनि सक्षम शिक्षकको त्यत्तिकै अभाव छ । यस्तो अवस्थामा सिकाइको भर्चुअल मोड अपनाउनुको विकल्प देखिदैन । शारदा माध्यमिक विद्यालयकी छात्राहरु : राधा पौडेल, करुणा खत्री र रामकुमारी महराले भने झै यो तरिकाबाट अरु विद्यालयका विद्यार्थीहरुको अवस्थाको बारेमा समेत जानकारी हुने भइ आफू कहाँ छु भन्ने बारेमा बोध हुने गर्दछ ।’ यसको अर्थ हो, यो तरिकाबाट आर्जन गरिने शिक्षा र सिकाइले सिकारुलाई विश्वबजारको जानकारी लिन समेत सहयोग पु¥याउछ । यत्ति हुँदाहुदै पनि यो विधिलाई प्रभावकारी रुपमा प्रयोग गर्नका लागि शिक्षक समेत प्रविधिमैत्री हुनु जरुरी छ । कक्षाकोठाहरु साधन र स्रोतसम्पन्न हुनु आवश्यक छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा मान्छेका मनहरु शिक्षामैत्री हुनु आवश्यक छ । धनमैत्री मन र डोजरमैत्री सरकारहरु भएको ठाउमा प्रविधिमैत्री शिक्षा फष्टाउनु भनेको उजाड मरुभूमिमा हरियाली जङ्गलको परिकल्पना गर्नुजस्तै हाष्यास्पद हुन्छ कि भन्ने लाग्छ । सवैलाई चेतना भया । - लेखक सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना बीरेन्द्रनगरको आयोजना निर्देशक हुनुहन्छ ।