- नेकपा प्यूठानले राजमो र कांग्रेस सरहकै कोटामा चित्त बुझाएर समितिमा आफ्ना प्रतिनिधी पठाएको छ ।
प्यूठान : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रदेश ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सवै जिल्लामा जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गर्न पत्र पठायो । जिल्ला सम्वन्य समितिको नेतृत्वमा समिति गठनका लागि २०७६ भदौ ३० गते प्यूठानमा पनि पत्र आयो । अन्य जिल्लामा समिति गठन गरी जिल्लास्तरीय कार्यक्रम तय भए । तर प्यूठानमा तीन महिना वितिसक्दा समेत समिति गठन हुन् सकेन् । भ्रमण वर्षको शुरुवाती दिन नजिकिदै गर्दा एक दिन अघि मात्र तछाडमछाड गरी समिति गठन भयो, त्यो पनि दलिय भागवण्डाका आधारमा ।
जिल्ला सम्वन्य समिति प्रमुख केशवराज आचार्यको संयोजकत्वमा २१ सदस्यीय जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थाबाट पर्ने गरी आठ जना पदेन सदस्य हुने व्यवस्था समितिमा गरिएको छ । उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, यातायात र होटल व्यवसायी संघबाट पदेन सदस्य छन् । अन्य १३ जना सदस्यमा जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले भागवण्डा गरेरै आफ्ना नेता, कार्यकर्तालाई समितिमा पठाएका छन् । पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई समितिमा राख्ने भनिएपनि दलहरुको भागवण्डामै समिति गठन भएको छ ।
दलहरुबाट लिखित जानकारी नआएपनि सहमतीका आधारमा दलिय भागवण्डा गरेरै समिति गठन गरिएको आचर्याले स्वीकारे । ‘दलका मान्छे भनेर तोकिएको छैन््’,आचार्यले भने,‘तर मान्छे दल अनुसारकै मिलाएर राखिएको छ ।’
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसले चार÷चार जना नेता, कार्यकर्तालाई समितिमा पठाएका छन् । नेकपाबाट इमानसिँह भारती, नेगनसिँह कुवँर, रेश्मा गिरी र शसिधर भण्डारी समितिमा छन् । राजमोबाट ज्ञामुराम न्यौपाने, पदमा पण्डित, मिनराज रानामगर र इन्द्र बहादुर वि.क छन् । नेपाली कांग्रेसबाट नारायणी थापा, बसन्ता केसी, अमर रेश्मीमगर र श्रीराम भण्डारीले प्रतिनिधित्व गरेका छन् । जिल्ला सम्वन्य समितिबाट एक जना सदस्य हुने व्यवस्था अनुसार सम्वन्य समितिका सदस्य कांग्रेसका माधव प्रसाद भण्डारी समितिमा छन् । सदस्य सचिवमा जिल्ला सम्वन्य अधिकारी स्वत रहने व्यवस्था छ ।
भ्रमण वर्ष शुरु हुनु अगावै समिति गठन गरेर जिल्ला स्तरमा पर्यटन प्रवद्र्धनात्मकका कार्यक्रम गर्नुपर्ने भनिएपनि समिति गठन प्रक्रियामै अलमल परेको जिल्ला सम्वन्य समितिले अझैसम्म ठोस योजना बनाउन सकेको छैन् । ‘यही बीचमा उप निर्वाचन प¥यो’,सम्वन्य प्रमुख केशवराज आचार्यले भने,‘ढिला गरी भएपनि समिति गठन गरिएको छ । अब कार्यक्रम बनाएर अघि बढ्छौँ ।’ उनले दलहरुबाट लिखित जानकारी नआएपनि सहमतीका आधारमा दलिय भागवण्डा गरेरै समिति गठन गरिएको स्वीकारे । ‘दलका मान्छे भनेर तोकिएको छैन््’,आचार्यले भने,‘तर मान्छे दल अनुसारकै मिलाएर राखिएको छ ।’ तर आचार्यले दलहरुलाई संख्या तोकेरै आफ्ना प्रतिनिधीको नाम पठाउन भनेको स्रोतले बताएको छ । जिल्लामा क्रियाशिल अन्य दलहरुका प्रतिनिधीहरु भने समितिमा परेका छैनन् । आफूलाई पहिलो शक्तिको रुपमा उभाएको नेकपा प्यूठानले राजमो र कांग्रेस सरहकै कोटामा चित्त बुझाएर समितिमा आफ्ना प्रतिनिधी पठाएको छ ।
भ्रमण वर्षलाई लक्षित गरी गठन गरिएको जिल्ला स्तरीय समितिमा आफूहरुलाई वेवास्ता गरेको नेकपा माले प्यूठानका सचिव तिलविक्रम केसीले गुनासो गरे । ‘शक्तिको आडमा सानो पार्टी भनेर उपेक्षा गरेको महशुस भएको छ’,उनले भने,‘समिति गठन भएको सुनेको थिए तर हामीलाई केही जानकारी छैन् ।’ उनले साना पार्टी भनेर बेवास्ता नगर्न समेत जिल्लाका अन्य दलहरुलाई सुझाव दिए ।
भ्रमण वर्षलाई लक्षित गरी स्वर्गद्धारीमा पदमार्ग निर्माणमा पाँच लाख, गौमुखीमा माघी मेला संचालन गर्न एक लाख र समिति मार्फत पर्यटकीय क्षेत्रहरुको अवस्था चित्रण, वैठक संचालन लगाएतलाई दुई लाख रुपैयाँ बरावरको कार्यक्रम आएको सम्वन्य प्रमुख आचार्यले बताएका छन् । प्रदेश ५ स्तरीय समितिले कार्यक्रम पठाएपनि बजेट अझै नपठाएको उनको भनाई छ ।
प्रदेश ५ मै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्य स्वर्गद्धारी लक्षित कार्यक्रम हालसम्म नबनेको स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकायले जानकारी गराए । ‘जिल्ला सम्वन्य समितिले अहिलेसम्म कार्यक्रमबारे केही जानकारी गराएको छैन्’,उनले भने,‘भर्खरमात्र समिति गठन गरेको सुनेको छु, अव केही होला ।’ उनले स्वर्गद्धारीमा ‘सन्त’ हरुको सम्मेलन गर्ने सोँच बनाएको बताउँदै यसका लागि प्रदेश सरकारसँग सल्लाह गर्ने योजना सुनाए । स्वर्गद्धारी सहित झिमरुक नदीको उद्गम स्थल गौमुखी मुहान, ऐरावती मन्दिर, झाक्रिस्थान, भित्रिकोट र मल्लरानी जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । स्वर्गद्धारीको प्रवद्र्धन भएपनि जिल्लाका अन्य गन्तव्यहरुको प्रचार प्रसार हुन सकेको छैन् । दलिय खिचातानीकै कारण जिल्लाका पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा बाधा पुगेको नागरीक समाजका अगुवाहरुले टिप्पणी गरेका छन् ।
सरकारले एक सय गन्तव्यको सूचिमा राखेको ओखरकोटको रक गार्डेनको प्रवद्र्धनको क्षेत्रमा समेत कुनै कार्यक्रम बनेका छैन् । रक गार्डेनको क्षेत्रमा भ्रमण वर्ष लक्षित कार्यक्रम नरहेको झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले जानकारी गराए । संघीय सरकारले पठाएको २५ लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माणकै चरणमा रहेको समेत उनको भनाई छ ।