प्यूठान : झिमरुक गाउँपालिका ६ मर्काबाङकी ६० वर्षीय नुमीदेवि नगरकोटी सधंै बिहानै ४ बजे उठेर पँधेरा पुग्छिन् । लाइन बसेर पानी ल्याएर घरमा आउँदा ७ बजिसकेको हुन्छ । छोराछोरीलाई खाना पकाएर स्कुल पठाउन उनलाई सधैं हतारो भइरहन्छ । ‘सधै पानीको लागि लाइन बस्नुपर्छ । पानीको लाइनमा बसेर पालाकुरीरहेकी उनले भनिन,‘चैत्र बैशाखमा त घण्टौ लाइनमा बसेर पालो कुरेर पानी भर्नुपर्छ ।’
गाउ“का १ सय ५० घरपरिवार बढिले पानी भर्ने एउटा मात्र धारापानी पँधेरो सधैं पानी भर्ने पधेर्नीले भीडभाड हुने गरेको नगरकोटीले बताइन् । ‘हाम्रो पँधेरो राती पनि खाली हँुदैन,’उनले भनिन्,‘अन्यत्र पानी भर्ने विकल्पै छैन् ।’ पानीको लागि पँधेरामा सधैभरि दिदिबहिनीहरुसँग झगडा हुने गरेको स्थानीय सुशिला नगरकोटीले बताइन् । ‘सबैलाई पानी पु¥याएर अन्य काममा लाग्न हतारो हुन्छ’,उनले भनिन्,‘पालो मिच्यो भने झगडा भइहाल्छ ।’
मर्काबाङका नुमादेवि र सुशिलालाई मात्र नभएर यहाँका सबै स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोगिरहेका छन् । एकघर एकधाराको स्थानीयले माग गरेका छन् । अहिलेसम्म पूरा भएको छैन् । २०४६ सालमा निर्माण भएको मान्द्रेढुंगा–मर्काबाङ–तोरबाङ खानेपानी आयोजना जिर्ण भएर धारामा पानी आउन छाडेदेखि खानेपानी समस्या भएको स्थानीय निमलाल नगरकोटीले बताए ।
योजना पूनःसंचालनमा लिन स्थानीयले नेताहरु गुहारेपनि अहिलेसम्म कतैबाट पहल नभएको गुनासो नगरकोटीले गरे । खानेपानी मर्मत गर्न जादा भिरबाट लडेर एक जना स्थानीयको ज्यान समेत गएको नगरकोटीले बताए । ‘निर्वाचनको बेला सबैले घरघरमा धारा ल्याईदिन्छौ भन्दै भोट मागे,’उनले भने, ‘चुनाव जितेर गएपछि नेताले फर्केर हेरेनन् ।’ स्थानीयबासीले घण्टौ लगाएर डोकामा पानी भर्ने पँधेराको मर्मत समेत नभएको उनले दुखेसो गरे ।
‘७ वर्ष पहिलेसम्म योजना अन्तर्गतको गाउँको सामुहिक धारामा पानी आउथ्यो,’ स्थानीय लोकबहादुर नगरकोटीले भने, ‘अहिले पानीका धाराहरु समेत सबै जिर्ण भएर भत्किसकेका छन्् ।’ साविकको ओखरकोट गाविसको चुधारा भन्ने ठाउँबाट ७ किलोमिटर दूरीको योजना बिग्रेपछि स्थानीयले पानीको चरम समस्या भोगेको नगरकोटीले बताए । ‘धारापानी पँधेराबाट लिप्ट गरेर पानी खान्छौ भनेर गाउ“पालिका हुँदै खानेपानी डिभिजन कार्यालयमा धेरै पटक धायौ,’उनले भने,‘अहिलेसम्म हाम्रो मागको कतैबाट सुनुवाइ भएको छैन् ।’
मर्काबाङ तोरबाङ नेटामा खानेपानीको चरम अभाब भएकाले पूरानो क्रमागत योजना बदर गरेर नयाँ योजनाको माग गरेको वडाध्यक्ष निमानसिह जीसीले बताए । गाउँपालिकाबाट प्रदेश, मन्त्रालयसम्म फाइल पु¥याएको जीसीले बताए । ‘पूरानो योजना धेरै जिर्ण भइसकेको छ,’उनले भने,‘स्थानीयको मागअनुसार यहाँ नयाँ योजनानै चाहिन्छ,‘ उनले भने,‘यसको लागि पहल थालेका छौ ।’ नयाँ योजना नपर्दासम्मको लागि स्थानीयलाई केहि राहत होस भनेर ३ लाख रुपैयाँ धारापानीको पँधेरामा ट्यांकी निर्माण गर्नको लागि बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।
मान्द्रेढुंगा–मर्काबाङ–तोरबाङ–खानेपानी आयोजना क्रमागत आयोजना अन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले जनाएको छ । स्थानीयले नयाँ योजना माग गरेको डिभिजन प्रमुख आविद हुसेनले बताए । ‘२०७१÷७२ मा पूर्नः स्थापनामा स्विकृत भएको योजना नयाँ सर्बे गर्ने अधिकार कार्यालयलाई छैन,’उनले भने,‘मन्त्रालयबाट संसोधन भएर आउनुपर्छ ।’ - इकान्तिपुरबाट