अर्थ संवाद
- १ लाख दर्शकले अवलोक गर्नेछन् ।
- १ करोडको आर्थिक कारोवार हुनेछ ।
- २ सय बढी फरक फरक स्टल रहनेछन् ।
औधोगिक नगर क्षेत्रको रुपमा पहिचान बनाएको शिवराज नगरपालिका चन्द्रौटा कपिलबस्तुमा औद्योगिक व्यापार मेला यसवर्ष पनि हुँदैछ । “कृषि, पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान” भन्ने मुल नाराका साथ चन्द्रौटा उद्योग वाणिज्य संघले छैठौँ पटक चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव संचालनको तयारीलाई तिब्र बनाएको छ । पुष १४ देखि २६ गते सम्म संचालन हुने व्यापार मेलाको तयारी, यसले समग्र आर्थिक विकासमा पु¥याउने योगदान र यस व्यापारिक क्षेत्रका बारेमा आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष एंव व्यापार मेला व्यवस्थापन मुल आयोजक समितिका संयोजक जम्शेर अलि मिँयासँग आजको पोष्टका सहकर्मी प्यार अलि खाँनले गरेको कुराकानीको सार संक्षेप :
मेलाको तयारी कस्तो भइरहेको छ ?
तयारी तिब्र रुपमा अगाडी बढेको छ । करिब ९० प्रतिशत काम हामीले सकाएका छौँ । मेलालाई सफल बनाउन सर्वपक्षिय सर्वदलिय वैठकहरु सम्पन्न गरिसक्यौँ । यहाँका सबै उद्योगी व्यवसायीहरुसंग, स्थानीय सरकार, गैह्र सरकारी संघसंस्था कार्यालय तथा स्थानीय पत्रकार साथीहरुसंग नियमित छलफल गरिरहेका छौँ ।
मेला संचालन गर्नुको खास उदेश्य के हो ?
हामीले यस क्षेत्रको औद्योगिक, कृषि र पर्यटन क्षेत्रको प्रचार प्रसार, संरक्षण, सम्वद्र्धन र प्रर्वद्धनमा मेला कोशेढुंगा सावित होस् भन्ने मुख्य अभिप्राय हो । व्यापार मेलाले एक खाले यहाँका जनताहरुमा नयाँ स्फूर्तता उत्पन्न गराएको हामीले महशुस पनि गरेका छौँ । धेरै भन्दा धेरै मानिसहरुलाई मेलामा सहभागी गराई कृषिबारे कृषि विज्ञबाट आवश्यक परामर्श दिने, धार्मिक तथा पर्यटकीय तिर्थस्थलहरुबारे जानकारी गराउने, व्यवसायीहरुलाई कर तथा राजश्वबारे अभिमुखिकरण गर्ने, दैनिक रुपमा ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट मनोरञ्जन प्रदान गर्ने साथै कृषि स्टलको अवलोकन, प्रविधिहरुको अवलोकन, बालबालिकाको लागि पिङ्गहरुको व्यवस्था, मेला भर्न आउनेहरुले दैनिक घरायसी सामान लैजाने र घरायसी सामानहरु बेच्न ल्याउने मौका समेत पाउने छन् । यसखाले मेला पर्वको आयोजना अनिवार्य पद्धती समेत बनिसकेको अवस्था छ । मेला केवल रंगमंचमा मात्र सिमित हुने छैन् । यहाँ उद्योग व्यापारको कुरा उठ्नेछन् उद्योग तथा व्यापार संचालनमा व्यवसायी तथा उद्योगीहरुले भोग्नुपरेका समस्या के हुन् ? नेपालमा कस्ताखाले उद्योगहरु फष्टाएका छन्, उपभोक्ताको रुची के–कस्तो रहेको छ आदीको विषयमा पनि गहन छलफल हुनेछ ।
यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुबारे केही जानकारी गराईदिनुस न ?
विशेषत् यस क्षेत्रको मुख्य ऐतिहासिक महत्व बोेकेको शिवगढी किल्ला तथा शिव मन्दिर हो, जसको आफ्नै ऐतिहासिक विशिष्ट महत्व रहेको छ । अंग्रेजहरुलाई धपाउन हाम्रा पुर्खाहरुले जितगढी किल्लाबाट आफ्नो पौरख देखाएका थिए । यसैगरि मुस्लिम समुदायको तिर्थस्थलको रुपमा परिचित सौनी बर्गदवा ठाँउमा करिब ५ सय वर्ष पुरानो मस्जिद त्यहाँ अवस्थित छ यो पनि हाम्रो ऐतिहासिक सम्पदा हो जसको उचित संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको आवश्यकता हो । र भगवान गौतम बुद्धका ईष्ट देवता सोनवा गढमा अवस्थित छ । यो पनि हाम्रो ऐतिहासिक धार्मिक सम्पदा जसको व्यापक प्रचारप्रसार संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो । मलाई विश्वास छ यस पटकको औद्योगिक व्यापार मेलाले यस क्षेत्रको आर्थिक विकास तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने छ ।
शिवगढीमा पुग्न केबुलकारको चर्चा पनि सुनिएको थियो नि ?
भौगोलक विकटताका कारण शिवगढीमा पुग्न दर्शनार्थीहरुलाई ठूलै समस्या छ । हामीले विगत देखि नै यस क्षेत्रको धार्मिक महीमा बोकेको शिवगढीमा केबुलबार लैजाने परिकल्पना गरेका थियौँ । उद्योग वाणिज्य संघको पहलकदमीमा केबुलकारकोे परियोजनाबारे हामीले विभिन्न चरणमा छलफलहरु पनि चलाएका थियौँ तर त्यसले मुर्तरुप पाउन सकेन । अब हामी पुनः केबुलकार परियोजनाबारे सरोकारवाला पक्षसंग आवश्यक छलफल गर्ने छौँ । र, यसको प्रस्तावबारे औपचारीक तवरले प्रस्तुत गर्ने कोशिस पनि गरेका छौँ । फलस्वरुपः हामीेले छैठौँ चन्द्रौटा औद्योगीक व्यापार मेलाको उद्घाटनका निम्ति चन्द्रागिरि केबुलकारका संचालक एंव नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहनुभएका आदरणीय चन्द्रप्रसाद ढकाललाई प्रमुख अतिथिको रुपमा निम्ताएका छौँ । हामीलाई आशा छ उहाँबाट हामीले केबुलकारको संचालन प्रक्रियाबारे धेरै कुराहरु जानकारी लिन सक्ने छौँ । सबैको ईच्छाशक्ति भएमा शिवगढीमा केबुलकार पु¥याउन असम्भव छैन् जस्तो लाग्छ ।
चन्द्रौटा औद्योगिक क्षेत्र पनि हो लगानी सुरक्षाको प्रत्याभूीत दिलाउन राज्यले के कुरामा ध्यान दिनुपर्ला ?
यो निकै चासो र चिन्ताको विषय हो । विशेष गरि यस क्षेत्रमा साना मझौला तथा ठूला गरि १५७ उद्योगहरु संचालनमा छन् । ठूलो औद्योगिक लगानी यस क्षेत्रमा छ किनकी लुम्विनी क्षेत्रबाट औद्योगिक कलकारखाना तथा उद्योगहरु सार्नुपर्ने भएकोले विकल्पको रुपमा चन्द्रौटा–कृष्णनगर आसपासको क्षेत्रमा नयाँ उद्योगहरु पनि थपिने क्रम जारी छ । नजिकै भारतीय सिमाना पनि हुनुले पछिल्लो समय औद्योगिक क्षेत्रको तिब्रढंगबाट बढ्दो बृद्धि विकास यो क्षेत्रमा भइरहेको छ । यो हामीहरुको लागि खुसीको कुरा पनि हो । यहाँ स्टील कम्पनि, सिमेन्ट उद्योग, एसियाकै दोस्रो ठूलो मैदाको अटोमेटिक प्लान्ट संचालित छन् । यसैगरि जडीबुटी प्रशोधन केन्द्र, प्लाईउड कम्पनी, राइस मिल तथा ईटा भट्टा उद्योगहरु प्रशस्त मात्रामा संचालित छन् । चुनौतीको रुपमा खुल्ला सिमाना भएकोले बिना भन्सारका सामानको ओसारपोसार हुनु मुख्य समस्या छ । यसलाई प्रहरी प्रशासनले चनाखोका साथ हेर्नुपर्दछ । सुरक्षाको दृष्टिकोणले पनि यो क्षेत्र सुरक्षित छ किनकी यहाँ प्रदेसकै मुख्यालयको रुपमा रहेको सशस्त्र प्रहरी बलको गण यही क्षेत्रमा छ तसर्थ म ढुक्कका साथ भन्न सक्छु लगानी गर्न आउनुहोस् । यहाँको प्रशासन औद्योगिक क्षेत्रको सुरक्षा गर्न सक्षम छ । अहिलेको अवस्थामा सस्तो मूल्यमा जग्गा पाउनुको कारण पनि औधोगिक क्षेत्रको विकास यस क्षेत्रमा अनुकुल छ । लगानीबीना समृद्धि असम्भव भएकाले राज्यले औद्योगिक लगानी भित्र्याउन लगानीको सुरक्षाको अनुभुती गराउन कुनै कसर वाँकी राख्नुहुदैन् । महोत्सवले औद्योगिक करिडोरको विकासमा समेत उल्लेखनिय भूमिका खेल्नेछ ।
नेपाली घरेलु उत्पादनको प्रर्वद्धनमा मेलाले कस्तो भूमिका खेल्ला ?
हामी माछा, फलफुल र खाद्यान्नमा आत्मनिर्भर छौँ । हाम्रा उत्पादनहरु बाहिर पनि निर्यायत हुने गरेका छन् । यहाँका कृषकहरुबाट उत्पादित कृषिजन्य बस्तुको बजारीकरण गर्न सघाउ पु¥याउनु हाम्रो मुख्य दायित्व पनि हो । हामी चाहान्छौ कृषकहरुका अर्गानिक उत्पादनको प्रचारप्रसार होस् र विक्रि बितरणका लागि मेला एउटा प्लेटफर्म बनोस् । उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष भेटघाट हुने थलोको रुपमा यस्ता मेला महोत्सवहरुलाई विकसित गर्नुपर्दछ । मुलुकमा के–चिज उत्पादन हुन्छ के हुदैन् भन्नेबारे आम उपभोक्ताहरुले थाँहा पाउनु पर्दछ । पहिलेका दुर्लभ मानिने र नेपालकै अर्गानिक बस्तुहरु मेला प्रदशर्नीमा उपभोक्ताहरुले किन्न पाएका छन् । तसर्थ यो अर्थमा औद्योगिक व्यापार मेलाहरु फस्टाउनु पर्छ । सरकार र सरोकारवाला संस्थाहरुले यसमा बढी चासो दिनुपर्दछ ।
तपाई चन्द«ौटा उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । तेस्रोपटक सम्म आफ्नै नेतृत्वमा औद्योगिक व्यापार मेला लगाउन पाउँदा कत्तिको उत्साहित हुनुहुन्छ ?
उद्योग वाणिज्य संघमा मेरो चौथो कार्यकाल चल्दै छ । अवश्य पनि म निकै उत्साहित छु मलाई मेरा सहकर्मी साथीहरु, यहाँका सरकारी तथा गैह्र सरकारी संघसंस्था, नागरिक समाज, स्थानीय प्रहरी प्रशासन पत्रकार सबैको साथ र सहयोग पाएको छु । यो हामी सबैको साझा उत्सव हो यसलाई महाउत्सवको रुपमा मनाउन हामी दत्तचित्त एंव एकाकार छौँ । पर्यटन वर्ष २०२० को हामी पूर्वसन्ध्यामा छौँ यसर्थ पनि यो मेलाको महिमा बढेर गएको छ । हामीले हाम्रा रितिरिवाज, कला संस्कृति, भेषभुषा, धार्मिक संम्पदा, पर्यटकिय स्थलहरुकोबारेमा जानकारी गराउन एंव उचित प्रचार–प्रसार गर्न हामी सामुहिक भावनाबाट अघि बढ्नेछौँ ।
मेलामा कति दर्शकले अवलोकन गर्लान ? र, आर्थिक कारोबार कति हुने अपेक्षा छ ?
एक लाख दर्शकलाई मेलाको अवलोकन गराउने संकल्प छ । व्यापार मेलामा करिब १ करोडको आर्थिक कारोबार हुने आशा समेत हामीले लिएका छौँ । २ सय भन्दा बढि विभिन्न प्रकृतिका स्टल रहने मेलालाई सफल बनाउन म सबै शिवराज नगरबासी दाजुभाई तथा दिदिबहिनिहरुलाई हार्दिक अपिल पनि गर्दछु । मेलाको आर्कषणमा चन्द«ौटा डान्स आइडल पनि रहेको छ । लुकेर तथा छरिएर रहेका प्रतिभालाई प्रस्फुटन गराउन आइडल संस्करणले पनि महत्वपूर्ण भूमिका खेल्नेछ । मेलालाई सफल या असफल बनाउने जिम्मेवारी हामी नगरबासीको हो । यो हाम्रो प्रतिष्ठासंग पनि जोडिएको विषय हो । मैले नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा छलफल गरेको छु की प्रत्येक दिन ६ वटा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरु तथा शिक्षक तथा शिक्षिकाहरुलाई निःशुल्क रुपमा मेलामा प्रवेश गराई अध्ययन अवलोकन भ्रमण गराउन मैले अनुरोध पनि गरेको छु ।
अध्यक्ष ज्यू, यस क्षेत्रमा बेलाबखत धार्मिक सहिष्णुतामा आँच आउने खालका घटनाहरु हुने गरेका छन्, यसबारे के भन्नुहुन्छ ?
हामी सर्वप्रथम नेपाली हौँ त्यसपछि मात्र विभिन्न जातजाती, धर्म रितिरिवाज संस्कृतिमा आस्थावान छौँ । नेपाल हाम्रो साझा फूलबारी हो । हामी यहाँ विभिन्न रंगहरु एक आपसमा मिलि हार्दिकता कायम गरि आपसी भाईचारा, मेलमिलापका साथ साझा फूलबारीलाई सौन्दर्य बनाउने हो । विगतमा के भए, के भएनन् त्यतापट्टि नजाऔँ । अबको वर्तमान र भविष्यलाई सुन्दर बनाउन सामाजिक एकता धार्मिक सहिष्णुता तथा सद्भावलाई बढवा दिन पनि यो मेला पूर्णरुपमा सफल हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
र, अन्त्यमा प्रदेसको स्थायी राजधानीबारे यहाँका उद्योगी व्यवसायीहरु के भन्छन् ?
प्रदेस राजधानीको लागि यो क्षेत्र सबैभन्दा बढी पायक पर्ने कुरामा कुनै विवाद छैन । सबै भन्दा बढी सरकारी जग्गा पनि यहाँ हुनु, सिमा क्षेत्र नजिकै हुनुले पनि यस क्षेत्रलाई प्रदेस राजधानी बस्न सक्ने विकल्पको रुपमा संसदिय समितिले सुझाएको हुनुपर्दछ । तसर्थ प्रदेस राजधानीका लागि यहाँका जनताहरु निकै उत्साहित र हरेक प्रकारको सहयोग गर्न तत्पर छन् । यहाँका जनताहरु राजधानी यही ठाँउमा हुने र प्रदेसको नाम समेत लुम्विनी हुनेमा समेत विश्वस्त छन् । राजधानी यहाँ बनाउने सन्दर्भमा प्रदेस नं. ५ का अधिकांश बहुमत जिल्लाहरुको समेत सर्मथन पाउने बलियो सम्भावना बोकेको क्षेत्र चन्द्रौटा शिवपुर क्षेत्र नै हो ।
संवादका लागि विशेष आभार ।
हजुरलाई विशेष धन्यवाद । प्यूठानबाट छिमेकी जिल्लामा हुन लागेको महोत्सवबारे चासोका साथ संचार माध्यममा हाम्रो कुरा आम पाठकहरुमाझ पु¥याउने प्रयास गर्नु भएकोमा । चन्द्रौटा र प्यूठानको आफ्नै विशेष सम्वन्ध छ । यस क्षेत्रमा अधिकांस प्यूठान, रोल्पा, अर्घाखाँची र गुल्मीका मानिसहरुको बसाईसराई निरन्तर भइरहेको छ । चन्द्रौटामा लाग्ने मेला मार्फत पनि प्यूठानी दाजुभाई तथा दिदिबहिनिहरुले प्रत्यक्षरुपमा लाभान्वित हुनुहुनेछ भन्ने आशा छ । म सबै प्यूठानबासीहरुलाई एकपटक आफ्नो परिवारको साथमा मेला हेर्न आउनको लागि विशेष निमन्त्रणा गर्दछु । समृद्धको यात्रामा तपाई, हामी सवै एकभएर लागौ आउनुहोस् महोत्सवमा पूनः निमन्त्रणा ।