काठमाडौँ - लोकसेवा आयोगले निजामती सेवाको शाखा अधिकृत वा सो सरह पदका लागि बुधवार एक हजार ९६ पद माग गरेको छ । निजामती सेवाका विभिन्न सेवा समूहअन्र्तगत खुलातर्फ ४१९,बढुवा(कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता) तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन,महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आयोगले विज्ञापन गरेको छ । प्रशासन सेवाअन्र्तगत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ । यस अन्तरगत खुलामा २१६,महिलामा ५८,आदिवासी जनजातीमा ४८,मधेशीमा ३९,दलितमा १५,अपाङ्गमा नौ र पिछडिएको क्षेत्रमा सात रहेको छ । यसैगरी प्रशासन सेवा राजस्व समूहअन्र्तगत ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ ।
यसको खुलातर्फ २७, महिलातर्फ आठ, आदिवासी जनजाती पाँच, मधेशी पाँच,दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रका लागि एक पद माग गरिएको छ । प्रशासन सेवा लेखा समूह अन्तरगत ३० पद माग गरिएकोमा बढुवातर्फ नौ रहेको छ । यसको खुलातर्फ १२, महिला तीन,आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक र पिछडिएको क्षेत्र एक रहेको छ । लेखापरीक्षण सेवा अन्तरगत ४२ पद माग गरिएकोमा बढुवातर्फ १३ रहेको छ । यसको खुलातर्फ १६,महिला चार,आदिवासी जनजाती चार,मधेशी तीन,दलित एक र पिछडिएको क्षेत्रमा एक पद मा गरिएको छ । यसैगरी परराष्ट्र सेवाअन्र्तगत चार पद माग गरिएकोमा बढुवातर्फ एक रहेको छ । परराष्ट्रको खुलातर्फ दुई र महिलाका लागि एक पद माग गरिएको छ । न्याय सेवाको न्याय समूहतर्फ २९० पद माग गरिएकोमा बढुवातर्फ ८५ रहेको छ । यसको खुलातर्फ १०९,महिला २९,आदिवासी जनजाती २४,मधेशी २४,दलित दश,अपाङ्ग पाँच र पिछडिएको चार पद रहेका छन् ।
न्याय सेवा कानुन समूहतर्फ ४९ पद माग गरिएकोमा बढुवातर्फ १५ रहेको छ । यसको खुलातर्फ १९,महिला पाँच,आदिवासी जनजाती चार,मधेशी चार,दलित एक,अपाङ्ग एक रहेका छन् । न्याय सेवा सरकारी समूहतर्फ २४ पद माग गरिएकोमा बढुवातर्फ आठ रहेको छ । यसको खुलातर्फ आठ,महिला तीन,आदिवासी जनजाती दुई,मधेशी दुई र पिछडिएको एक रहेका छन् । व्यवस्थापिका संसदतर्फ २८ पद माग गरिएकोमा बढुवातर्फ छ र आन्तरिक प्रतियोगितातर्फ तीन रहेका छ । यसको खुलातर्फ दश, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक, अपाङ्ग एक रहेका छन । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले आयोगको बार्षिक कार्यतालिकाअनुसार विज्ञापन गरिएको जानकारी दिनुभयो । गत वर्ष समायोजनका कारण प्रशासनतर्फ विज्ञापन नभएकोमा यस वर्ष उल्लेख्य सङ्ख्यामा माग भएको बताउनुभयो ।