विजयादशमीको पाँचौ दिन (पूर्णिमा) प्यूठानका विभिन्न स्थानमा सरायँ नाच प्रदर्शन भए । प्यूठान नगरपालिकाको जुम्री बजार, पुण्यखोला, मल्लरानी गाउँपालिकाको चौरपानी, ऐरावतीको जाबुनेकोट, झिमरुकको गडीकोट लगाएतका स्थानमा परापूर्वकालदेखि देखाउदै आइरहेको सरायँ यसवर्ष प्रदर्शन भएको छ ।
सरायँलाइ दर्शकहरुले मुख्य आकर्षणको रुपमा लिने गर्छन् । करिब ६ सय वर्ष पुरानो अर्थात १२ औँ शताब्दीतिर प्यूठानको भित्रीकोट राज्यमा एक राक्षसी प्रवृतिको जाड राजाले जनतालाई दुःख दिएको र जाडको आंतकबाट जनताहरुले त्रसित जीवन बिताउन परेको किवदन्ती सरायँमा रहेको पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सुशील पोखरेल सुनाउछन् ।
त्यसैले जाडको विनास गर्ने योजना बनाउँदै जनताहरु एकबद्ध भई जाडलाई मान्न खुडा, खुकुरी लिएर लड्न थाले जाडलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याएका थिए । त्यस ठाउँबाट लखेटदै विजुवारको डल्लेमा ल्याई जाँडको अन्त्य भएको भन्ने इतिहास छ । यसैको खुशीयालीबाट बिकास भएको सरायँ मेला बिभिन्न अवसरमा लाग्ने गरेको पोखरेल बताउँछन् ।
वडादशै र तिहारको अवसरमा प्युठानका धेरै ठाउँमा सराय मेला लाग्ने गर्छन् । प्युठानका गाउँगाउँमा पनि सराँयका समुहहरु गठन भएको पाईन्छ । जिल्लामा डल्लेबाट आरम्भ भएको सरायँ मेला विभिन्न स्थानमा लाग्दै आएको छ । आईतबार जुम्री परिवर्तनशील यूवा समुह प्यूठान नगरपालिका ३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाँच हेर्नेको घुईचो थियो ।
वडा नंम्बर ३ कै युवाहरुको सक्रियतामा सरायँ नाँच गरिएको हो । पहिलेदेखी नाँच्दै आएको सरायँ नाँचलाई निरन्तरता दिनुपर्ने विजुवारका स्थानीय दल बहादुर केसीको भनाइ छ । पहिलो पटक सरायँ खेलेका सापडाँडाका अशोक हमालले सरायँ नाँच रमाईलो लागेको प्रतिक्रिया दिए । पहिलो पटक सरायँ खेले,‘उनले भ ने,‘यसलाई निरन्तरता दिनुपर्छ ।’ यूवाहरुको पहलमा यसलाई निरन्तरता दिनुपर्ने उनको प्रतिक्रिया छ । प्यूठानसँगै छिकेकी जिल्ला अर्घाखाँची, गुल्मी र दाङमा समेत सरायँ नाँच प्रदर्शन भएका छन् ।