प्यूठान : प्यूठान उद्योग वाणिज्य संघले आफ्ना बजार क्षेत्रहरुमा पालिकास्तरीय अधिवेशन सुरु गरेको छ । शनिबारसम्म पाँच वटा बजार क्षेत्रहरुमा सम्पन्न अधिवेशन मार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको संघका अध्यक्ष पशुपति नारायण नकर्मीले जानकारी गराए ।
स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औं साधारण सभा तथा सातौं अधिवेशनबाट अध्यक्ष बिष्णु योगी, उपाध्यक्ष टिकाराम भण्डारी, सचिव रमेश पुन, कोषाध्यक्ष बालाराम कालाथोकी निर्वाचित भएको निर्वाचन अधिकृत सन्देश आचार्यले जानकारी गराए ।
त्यस्तै सदस्यहरुमा बुद्धिराम गोराथोकी, पदम के.सी, दिपक चन्द्र थापा चयन भएका छन् भने जिल्ला प्रतिनिधिमा गङ्गाराम बि.सि चुनिएका छन्। अधिवेशनको उद्घाटन स्वर्गद्वारी नगरपालिकाका मेयर टेकप्रसाद भण्डारीले गरे।
सरुमारानी बजार क्षेत्रको १५ औं साधारण सभा तथा सातौं अधिवेशनबाट भरत एम.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्ष मो.अतिउल्ला हलुवाई, सचिव नमराज भण्डारी, कोषाध्यक्ष दुर्गा बहादुर खत्री र सदस्यहरु मीन बहादुर घर्तिमगर, खड्क पुन मगर, फन बहादुर राना, विष्णु खत्री सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन संघका सल्लाहकार रमेश पौडेलले गरे ।
गौमुखी बजार इलाकाको ठुलाबेसीमा सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिवेशनले कमला पोख्रेल न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत झविन्द्र शर्माले जानकारी गराए ।
समितिको उपाध्यक्षमा कृष्ण मल्ल, सचिव मुक्ति राना, कोषाध्यक्ष बिष्णु सुनार र सदस्यहरुमा बसन्ता केसी, टोपलाल सुनार, अमर बिटालु रहेका छन् । अधिवेशनको उद्घाटन संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले गरे । झिमरुक बजार इलाकाको सातौं अधिवेशनबाट भरत ढकाल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् । उपाध्यक्ष पिताम्बर घिमिरे, सचिव झबिलाल ज्ञवाली, कोषाध्यक्ष मिना पौडेल र सदस्यहरु लिलाधर न्यौपाने, लिमान सिंह जि.सी, नारायण जि.सी, टेकबहादुर ढकाल र जिल्ला प्रतिनिधिमा झगबहादुर पुन चयन भएको निर्वाचन अधिकृत दधिराम भण्डारीले जानकारी गराए । अधिवेशनको उद्घाटन संघका अध्यक्ष पशुपति नारायण नकर्मीले गरे ।
ऐरावती बजार क्षेत्रको १४ औं साधारण सभा तथा सातौं अधिवेशनले नुमप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा डिल बहादुर राउत, सचिव शिवराज श्रेष्ठ, कोषाध्यक्ष पृथ्वी बहादुर जि.एम, सदस्य प्रेम बहादुर घर्ती, टीकाराम आचार्य, जलजला थापा, विष्णु राउत सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन अधिकृत गोविन्दराज पोख्रेलले जानकारी गराएका छन् ।
अधिवेशन हुन बाँकी रहेका माण्डवी बजार क्षेत्र, नौवहिनी बजार क्षेत्र, मल्लरानी बजार क्षेत्र तथा प्यूठान नगर बजार क्षेत्रको अधिवेशन यहि फागुन १७ गते तय गरिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिए । प्यूठान उद्योग वाणिज्य संघको जिल्ला अघिवेशन चैत्र ५ गते खलंगामा हुँदैछ ।