बुटवल : रुपन्देहीमा बसोवास गर्ने गुल्मीको छत्रकोट गाउँपालिकास्थित पल्लीकोटका नागरिकहरु संगठित भएका छन् । शनिवार बुटवलमा आयोजित भेलाबाट पहिलोपटक गुल्मी पल्लीकोट सम्पर्क समाज रुपन्देही गठन गरिएको हो । नव गठित समाजको अध्यक्षमा गम प्रसाद रेश्मी सर्वसम्मत चुनिएका छन् ।
१३ सदस्यीय समितिको उपाध्यक्षमा टोपलाल भण्डारी, सचिव भुवन रजाली, कोषाध्यक्ष राधा पौडेल सर्वसम्मत चुनिएका हुन् । त्यस्तै, सदस्यहरुमा पुरन पाण्डे, मिना महोत्रा, बिष्णु महोत्रा, कृष्ण रसाइली, अमृता भण्डारी, फूलमाया रजाली, निम बहादुर गाहा, कृष्णलाल सुवेदी, मीना राकस्कोटी चयन भएका छन् । भुवानन्द सुवेदीको संयोजकत्वमा विष्णु प्रसाद खनाल र नेत्र बहादुर रजाली सदस्य रहने गरी लेखा समिती गठन गरिएको छ ।
कार्यक्रममा छत्रकोट २ पल्लिकोटका वडा अध्यक्ष नगेन्द्र पल्लीको प्रमुख अतिथ्यता र दल बहादुर राकस्कोटीको विशेष आतिथ्यता रहेको थियो । अतिथीहरु रुक बहादुर राकसकोटी, बल बहादुर पचभैया, बिन बहादुर राकसकोटी, रुक बहादुर टन्डन, किसन कँडेल र राजेश महोत्राले नयाँ समिति गठनले पल्लीकोटबासीलाई उत्साह मिलेको प्रतिक्रिया दिए । उनीहरुले सामाजिक कार्यमा क्रियाशिल हुन् र रुपन्देहीमा बसोवास गर्ने पल्लीकोटबासी सहित सिंगो गुल्मेलीहरुको दुःख, सुखमा साथ दिन नव निर्वाचित समितिहरुलाई सुझाव दिएका छन् ।
१ सय ३० जनाभन्दा धेरैको उपस्थिती रहेको उक्त कार्यक्रममा पल्लिकोटमा जन्मिएर कलाकारितामा राष्ट्रिय छबी बनाएका रितु थापा र खिम रेश्मीले सांगितिक प्रस्तुती राखेका थिए । बुटवल सुख्खानगरस्थित पल्लीकोट पथमा भएको समग्र कार्यक्रमको सहजीकरण यूवा व्यवसायी प्रकाश खनालले गरेका थिए ।