- शुरु भयो लैंगिक हिंसा विरुद्धको अभियान
प्यूठान : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमवारदेखि जिल्लाभर शुरु भएको छ । जिल्लाका नौ वटै स्थानीय तहले फरक फरक कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरेका हुन् । महिला हिंसा अन्त्यका लागि स्थानीय तहसँग सामाजिक संघसंस्थाहरुले समेत हातेमालो गरेका छन् । सवैको चौतर्फी चासोले मात्र बढ्दो लैंगिक हिंसालाई निवारण गर्न सहज हुने विभिन्न कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।
अभियानको अवसरमा मल्लरानी गाउँपालिका खलंगा प्यूठानले महिला कर्मचारीबीच दौड प्रतियोगिताको आयोजना गरेको छ । २५ जना सहभागी कर्मचारीहरुमा पहिलो गाउँपालिकामा कार्यरत अमिन पार्वता खड्का, दोस्रो गाउँपालिकाकै कम्यूटर अपरेटर तिर्सना थामागर र तेस्रो मालपोत कार्यालयमा कार्यरत सहायक कम्यूटर अपरेटर चम्फा पौडेल भएका छन् ।
उनीहरुलाई क्रमशः दुइ हजार, एक हजार पाँच सय र एक हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्रदान गरियो । खलंगा बसपार्कदेखि पार्टीचोक हुँदै संचालन गरिएको प्रतियोगिता दुइ किलोमिटर तीन सय मिटरको थियो । प्रतियोगिताले गाउँपालिकाभरी कार्यरत महिला कर्मचारीहरुमा भावनात्मक सम्वन्धलाई अझ नजिक बनाएको गाउँपालिका उपाध्यक्ष सरीता जिसीले बताईन् । कार्यक्रम संचालनका लागि संयूक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)ले सहयोग गरेको छ । ¥यालीपछि आयोजित कार्यक्रममा मानव अधिकारकर्मी पार्वता आचार्यले अभियानको सान्दर्भिकता र लैंगिक हिंसाको विद्यमान अवस्था तथा हिंसा न्यूनीकरणमा भएका प्रयासहरुका विषयमा कार्यपत्र प्रस्तुत गरेकी छिन् ।
अभियानकै अवसरमा प्यूठान नगरपालिकाले ¥याली सहितको कार्यक्रम संचालन ग¥यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख अर्जुन कुमार कक्षपतीले हिंसा अन्त्यका लागि सरोकारवालाको चासो हुनुपर्नेमा जोड दिए । हिंसा अन्त्य र सामाजिक समावेशिकरणबीना सामाजिक परिवर्तन असम्भव रहेको उनको भनाई छ ‘लैंगिक हिंसाको अन्त्यबीना समुन्नत नगरको कल्पना गर्न सकिदैन्’, कक्षपतीले भने,‘हिंसामा परेकाहरुको लागत संकलन गरी हिंसाबीनाको नगर बनाउने अभियान थाल्छौँ ।’ गरिबी, अशिक्षाका कारण हिंसाहरु दिनानुदिन बढ्दै जान थालेकाले सवैको पहँुचमा शिक्षा, बालमैत्री शासन, जेष्ठ नागरीक सम्मान जस्ता परिवर्तनशिल अभियानलाई जोड दिँदै जाने बताए ।
नगर उपप्रमुख शान्ता आचार्यले १६ दिने अभियानले मात्रै हिंसा न्यूनिकरण नहुने बताईन । ‘हिंसा विस्थापित गर्नका लागि सवै जागरुक वन्न जरुरी छ’, उनले भनिन, ‘नगरका सवै वस्तीमा सामाजिक जागरणका अभियानलाई निरन्तर संचालन गर्दै जानेछौँ ।’ नागरीकका हक अधिकारलाई संरक्षण र कार्यान्वयनका लागि जनस्तरबाट दवाव हुनुपर्ने समेत उनको धारणा छ ।
नागरिकता, सम्पत्तिको हक, सामाजिक सुरक्षा हक जस्ता नीतिगत कुरामा सुधार हँुदै आएको उनले बताईन । अन्तरपार्टी महिला संजालकी अध्यक्ष नानुमाया केसीले आर्थिक, राजनैतिक सवालमा अझै पनि समेवेशीता कायम नभएको टिप्पणी गर्दै यी कुराहरुलाई कार्यान्वयनमा अगाडी वढाउन अभियान नै थाल्नुपर्ने उल्लेख गरिन् । महिला पुरुष सहभागीतामूलक माध्यमबाट विषयगत योजनाहरु अगाडी बढाउन नगरपालिकाले जोड दिदैँ आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले जानकारी गराए ।