नवलपरासी : नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्षमा संचालन भएका आयुर्वेद कार्यक्रमहरुको समिक्षा तथा अनसाईट कोचिङ्ग गरेको छ । मनरी आयुर्वेद औषधालय सरावलमा भएको कार्यक्रम तीन दिनसम्म संचालन भएको थियो । नवलपरासीमा रहेका सम्पूर्ण आयुर्वेद औषधालयका प्रमुख तथा स्थानीय तहका आयुर्वेद शाखा प्रमुखहरुको कार्यक्रममा सहभागीता रहेको नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरिक्षक एवं कार्यक्रमका संयोजक नरहरि अर्याल (नविन)ले जानकारी दिए ।
सरावल, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा रहेका चार वटा आयुर्वेद औषधालय, तीन वटै पालिकाका आयुर्वेद शाखाद्धारा संचालित कार्यक्रम तथा सेवाहरुको स्थलगत निरिक्षण गरि आयुर्वेदको सेवालाई प्रभावकारी बनाउन कार्यक्रमले सघाउ पु¥याएको अर्यालको भनाई छ ।
कार्यक्रममा पंचकर्म बिशेषज्ञ डा. प्रवेश श्रीवास्तव, बालरोग बिशेषज्ञ डा.अर्जुन शर्मा, आयुर्वेद चिकित्सक डा.अर्चना शुक्ला र वरिष्ठ कविराज निरिक्षक अर्यालले सहभागीलाई प्रशिक्षण दिए ।
क्लिनिकल शिक्षामा अभ्यास सहितको प्रशिक्षण हाल सम्मकै उत्कृष्ठ रहेको भन्दै कार्यक्रममा सहभागी कविराज निरिक्षक रामएकवाल रायले खुसी व्यक्त गरे । नवलपरासी आयुर्वेद स्वास्थ्यकेन्द्र प्रमुख डा.अर्चना शुक्लाले आयुर्वेदको सेवा विस्तारमा बाधा पर्नजाने हुँदा कर्मचारीहरुलाई आयुर्वेद सेवा बाहेक अन्य थप जिम्मेवारीमा अन्यत्र काममा नखटाउन स्थानीय तहका जनप्रतिनिधीलाई आग्रह गरिन् ।
स्थलगत अनुगमनका क्रममा व्यवस्थित रुपले सेवा प्रदान गर्ने सरावल गाउँपालिकाको मनरी आयुर्वेद औषधालय जिल्लाकै प्रथम स्थानमा रहेकाले गाउँपालिका र आयुर्वेद शाखा प्रमुखलाई उनले हौसला प्रदान गरिन् । सरावाल गाउँपालिका अध्यक्ष सुखाडि प्रसाद चौधरीले मनरी आयुर्वेद औषधालयमा संचालन भईरहेको पुर्वकर्म÷पंचकर्म (आयुर्वेद थेरापी) सेवा लाई थप प्रभावकारी रुपमा संचालनको लागि आवश्यक पर्ने उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने प्रतिवद्धता सुनाए ।
नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन सहजीकरण सरावल गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख सन्तोष कहाँरले गरेका थिए । सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यता र वडा नं २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरी थारुको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।