खै कताबाट शुरु गरौँ आफ्नो बैवाहिक जीवनका गाथाहरु । जति बोलेपनि, जति लेखेपनि कहिल्यै नसकिने रहेछन् । विवाह केवल विवाहमै सिमित रहेन् । हाम्रो बैवाहिक जीवनसँग अनेकन कथाहरु लुकेर आए । तीनै कथा, व्यथाको ‘पोका’ खोल्ने शुभ दिनको रुपमा आज मैले हाम्रो वैवाहिक जीवनको क्षणलाई लिएको छु ।
उनी (जीवनसंगीनी) मेरो मनमुटु मात्र होइन्, मेरो हरेक अध्याय, हरेक खण्ड, हर अनुच्छेद्मा अटाएको दिन हो आज । लाग्छ अहिले त्यो दिन नआएको भए जसरी ‘सरगमबीना संगीत अँधुरो हुन्छ’ । त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउने थिए है ?
जसरी मैले एक नजर मै तिमीलाई मन पराउने मात्र होइन्, विहैकै निधोमा पुगे । तिमीले पनि त एकै नजरमै मुटुको कुनामा राख्यौँ र हामी बैवाहिक जीवनको आठौँ वर्षगाँठ मनाउन सफल छौँ । म हुनुको उद्देश्य तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो ।
अस्तव्यस्त मेरो जीन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौँ । त्यसैले मैले लेख्ने कवितामा शब्द तिमी हुन्छौ, शब्दमा भाव तिम्रै हुन्छ, अनि भावमा आकृती पनि तिमै । हरेक पल तिमी मेरो समय बनेकी छौँ । बिहानीको किरणदेखि मध्यरातको निद्रामा सपनीमा पनि सजाउन आएकी हुन्छौँ तिमी ।
तिमीलाई पाएर म कुर्सीमा बिराजमान नेताभन्दा बढी खुसी छु । मेरा हरेक ध्यानमा तिमी नै बसेकी हुन्छौँ, तेस्रो आँखा बनेर । त्यसैले जसरी मिहेनत अनि सफलता र सबै उत्प्रेरकको रुपमा मेरो पाठशाला भएकी छौ प्रिय । म बाट हामी, हामीबाट हामीहरु भइसक्यौँ । समय बित्दै छ । इच्छा चाहाना आबश्यकताहरु दिन दुईगुणा, रात चौगुणाको रुपले बढिरहेका छन् । ती अनेकन इच्छा र आवश्यकतालाई पुरा गर्न हामी दुरीगत हिसाबले सँगै छैनौँ ।
त्यसैले त परेवाले ‘कुँडकुँड’ आवाज निकाल्दै चारो टिप्दै गरेको देख्दा तिमीलाई सम्झिन्छु । प्रेमले नै त हो कतिबेला कहाँबाट कसले घाइते बनाउँछ भन्ने आभास हुँदाहुँदै पनि त्यो परेवा चारोको खोजीमा निस्किएको । उसलाई गुँडमा भएका बचेराहरुको मात्र झ–झल्को आएको हुन्छ ।
उ घन्टौं उडेर लामो दुरी तय गरेर भएपनि चारो लैजान्छ । किनकी प्रेम छ, तर प्रेमले मात्र पुग्दैन् । म पनि यहाँ छु टाढा, किनकी त्यो न्यानो अंगालोमा बाँधिएर मात्र प्रेमको कथा अजर अमंर बन्ने हैन् । नत्र मदनले ल्हासा किन जानुपर्दयो होला र ? प्रेम नै त हो । आज पनि प्रेममै गीत गुन्जिन्छन्, कथा सुनाइन्छन् । जति पनि त्याग र तपस्या हुन्छन् र भविस्यमा पनि हुनेछन् । त्यो सब प्रेमकै कारण हुनेछन् । प्रेम एउटा धारो हो, जुन निरन्तर बहने छ । त्यसैले आजभोली मसँग एउटा प्रश्न चर्चाको शिखरमा छ, ‘आखिर धनबीनाको मन र मन बीनाको धन ?’
कुन ठूलो हो भनेर छुट्याउने कुनै सुत्रधार नै बनेकै छैन् । जुन आँखाले हामी हेर्छौ त्यहाँ त्यही ठूलो हुन्छ । चाहे मन होस् वा धन । हामीले डाहाको चस्मा लगाएर हेर्ने गरेकाले मात्र छुट्याउन नसकेका हौं । हामी जाडो भए त्यही घाम प्यारो सोच्छौं र गर्मीमा त्यसलाई नकार्न कुनै कसर बाँकी छोड्दैनौं । अब भनौं त ठूलो के ? एउटै कुरा समय र परिवेसले हामी फरक तरिकाले हेर्छौ भने ठूलो र सानो किन भन्ने । यी आखिर समाजका विशेषता पनि होलान है ?
त्यसैले शत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन् । तर, मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन । यसैेले त होला समाजमा धन र मनको द्धन्द्ध चलेको । हामी निष्कर्षमा पुगौँ जे भनेपनि मन नै ठूलो हो ।
प्रेममा कुन रंग चाहिँ आहा छ भन्न सकिन्छ ? म त प्रेमका हरेक किरण उज्यालो नै देख्छु । हरेक पल म तिम्रो चमक आफ्नो शक्ति बनाउन खर्च गरिरहेको हुन्छु । तिमी प्रेरणाको धारो खोल्ने गर् तब म हारेका पाइला जित्दै निस्किनेछु, अनि तिमी पनि । जब हामी एक भयौँ समय पनि कति छिटो बितेको आभास भयो । आठौँ बर्ष पुरा हुँदा पनि आठौँ महिना लागेजस्तै गराउनु पनि तिम्रो मायाको कला होला है ? बैबाहिक बर्षगाठको शुभकामना अनि माया प्रिय इन्दिरा ।