बुटवल : कार्यव्यस्तता यस्तो छ की काठमाण्डौँमा ओर्लन नपाउँदै जिल्ला पुग्ने योजना बनिहाल्छ । जनताको प्रतिनिधीका हिसावले काम गर्नु त छदैछ । पार्टीको जिम्मेवारीका हिसावले पनि प्यूठान–गुल्मी–काठमाण्डौँ आउजाउ गरिरहनुपर्छ । गुल्मीका सवै पालिकामा राजनीतिक प्रशिक्षण कार्यक्रम सकाएपछि गुल्मी–रुपन्देही सम्पर्क मंचले गरेको गैरआवशिय गुल्मेलीहरुका लागि प्रशिक्षण बुटवलमा पनि गरियो । बुटवलको प्रशिक्षण सकेर भर्खरै काठमाण्डौँ ओर्लिएको थिए । तर, पूर्व निर्धारित कार्यक्रम अनुसार प्यूठानको मल्लरानी गाउँपालिका वडा नम्वर ३ चुजाँठाटीको एक कार्यक्रममा जानैपर्ने थियो ।
त्यही योजना अनुसार पुस २३ गते काठमाण्डौँ–भैरहवाका लागि साँझ ५ः२५ बजेको बुद्ध एयरको टिकट लिए । प्लेन ५ः५५ मा उड्यो । पुस २४ गते धरमपानी स्वास्थ्यचौकीमा शुरुवात गर्न थालिएको प्रयोगशाला उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
प्यूठानमा पाइलट पढ्नेहरू क्रमशः बढिरहेको स्थिति छ । सबैका निम्ति क्या.लेखनाथ प्रेरणादायी हुनुहुन्छ । म जिल्लाका बहुआयामिक क्षेत्रका व्यक्तित्वहरूसँग भेट्न र संवाद गर्न अलि बढी रुचाउने मान्छे हुँ ।
यात्राका क्रममा प्लेनमा कतिपय साथीहरु चिनजानकै थिए । भैरहवा ‘ल्याड’ गर्नुअघि एयर होस्टेजले क्याप्टेन लेखनाथ पोखरेल र उडानकर्मीहरुको तर्फबाट धन्यवाद फेरी सेवा गर्ने मौका दिनुहोला भनिन् । यत्तिकैमा मेरो मानमा लाग्यो, क्याप्टेन लेखनाथ त प्यूठानको हुनुहुन्छ । अहो ! कस्तो संयोग भोली हुने कार्यक्रमका लागि आज म जहाँ जाँदैछु, त्यही गाउँकै क्याप्टेनले उडाएको प्लेन चढ्ने अवसर पो जुरेछ त । नजिकै रहनुभएकी एयर होस्टेजलाई बोलाएर आग्रह गरे, ‘क्याप्टेन लेखनाथ जी लाई सूर्य थापा आउनुभाछ भनेर खवर पु¥याइदिनु ल ।’
क्याप्टेन पोखरेलसँग मेरो यसअघि पनि चिनजान थियो । तर, यात्राका क्रममा उहाँकै गाउँको कार्यक्रममा जाँदाको संयोग पहिलोपटक जुरेको हो । प्लेनबाट ओर्लिएपछि दुवै जनाले सामुहिक तस्विर खिचायौँ । पुरानो सम्वन्ध नविकरण गरियो । थोरै समयको संवाद्मा सामुहिक फोटो पनि खिचियो । मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देविराम अर्यालले हाम्रो फोटो खिचिदिनुभयो । र, संयोगबस जुरेको सम्झनालाई तस्विरमा कैद गर्दै मेरो रात्रीकालिन यात्रा भैरहवाबाट प्यूठानका लागि अघि बढ्यो ।
‘काठमाण्डौँबाट प्यूठान चुँजाठाटीका लागि जाँदा गज्जबको संयोग जु¥यो । प्यूठानमा पाइलट पढ्नेहरू क्रमशः बढिरहेको स्थिति छ । सबैका निम्ति क्या.लेखनाथ प्रेरणादायी हुनुहुन्छ । म जिल्लाका बहुआयामिक क्षेत्रका व्यक्तित्वहरूसँग भेट्न र संवाद गर्न अलि बढी रुचाउने मान्छे हुँ । उहाँसँग भेट्दा पनि रमाइलो लाग्यो ।’
क्याप्टेन लेखनाथको जन्मघर मल्लरानी गाउँपालिका–३ रस्पुरकोट चौरपानी प्यूठानमा हो । चार दाजुभाई मध्ये उहाँ कान्छो भाई हो । भाईहरुको अहिलेको बसाई दाङको भालुवाङ र काठमाण्डौँमा छ । पोखरेलले व्यवासयिक उडान गर्न थालेको अहिले ११ वर्ष भइसक्यो । शुरुदेखि नै बुद्ध एयरको उडान गर्दै आउनुभएको छ ।
०६९ सालमा साउथ अमेरिकाबाट पोखरेलले पाइलटको पढाई पुरा गरेर नेपाल फर्कनुभएको हो । जेठो दाई जगत पोखरेलका अनुसार निमावी तह सम्मको पढाई लेखनाथले गाउँकै शारदा मावी चौरपानी रस्पुरकोटबाट गर्नुभएको हो ।
धरमपानी स्वास्थ्य चौकीमा प्रयोेगशालाको उद्घाटन कार्यक्रममा सांसद् सूर्य थापा ।
- (प्यूठानका संघीय सांसद् सूर्य थापासँग गरिएको कुराकानीमा आधारित)