गुल्मी : नेकपा एमाले गुल्मीले जिल्लाका गाउँ गाउँमा पुगेर स्थानीय नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको छ । केन्द्रिय, प्रदेश, जिल्ला र गाउँ कमिटीका नेताहरुले कार्यकर्ताहरुलाई गाउँ पुगेर पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गराएका हुन् ।
जिल्लाका १२ वटै पालिकामा पुगेर प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्ने योजना अनुसार पार्टीले कार्यकतालिका बनाएको एमाले गुल्मीले जनाएको छ । हालसम्म मदाने, मालिका, इस्मा, धुर्कोट, सत्यवती, रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरवार गाउँँपालिका र रेसुंगा नगरपालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशा, नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहासका विषयमा पार्टीका पोलिटब्यूरो सदस्य, गुल्मी जिल्ला इन्चार्ज एवं प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाले नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गराइरहेका छन् ।
पार्टी संगठन र व्यवस्थापनका बारेमा पार्टीका केन्द्रिय सदस्य एवं गुल्मीका प्रदेशसभा सदस्य दिनेश पन्थी, स्थानीय जनप्रतिनिधि र पार्टीबीचको अन्तर्सम्बन्धका बारेमा पार्टीका प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, दर्शान र दर्शनशास्त्र गणेश श्रेष्ठ, उद्यम र उद्यमशीलताका बारेमा फर्शु पाण्डे, सूचना र प्रविधिका बारेमा पार्टी गुल्मी कमिटी सचिव गणेश श्रीपाली, पार्टी निर्माण, नेतृत्व शैली र अनुशासनका विषयमा धर्म विश्वकर्माले प्रशिक्षण दिएका छन् ।
जनताको बहुदलीय जनवादका विषयमा चक्रबन्धु भुसाल, राजनीतिक अर्थशास्त्रका विषयमा गोविन्द गौतम र सम्वन्धित पालिकामा स्थानीय विकास र जनप्रतिनिधीहरुको भूमिका लगायत विषयमा सोही गाउँ कमिटीका निर्वाचित र पार्टीका अध्यक्ष तथा उपाध्यक्षहरुले प्रशिक्षण गराएका छन् ।
पार्टीका पोलिटब्यूरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापा पहिलोपटक जिल्ला इन्चार्ज तोकिए लगत्तै जिल्लाका पालिका पालिकामा पुगेर नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण गराइएको छ । यसले नेता, कार्यकर्तामा पार्टीप्रतिको जागरण र सक्रियतालाई थप उचाईमा पु¥याउने एमालेले विश्वास गरेको छ ।