बुटवल : हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि र लायन्स क्लब अफ बुटवल सयपत्रीले आयोजना गरेको कार्यक्रममा सयौँले बाटोमै निःशुल्क मेहन्दी लगाएका छन् । शनिवार बुटवलको राममन्दिर लाइनमा गरिएको बृहत मधुमेह परिक्षण, चिसो पिउने पानी बितरण र हातमा मेहन्दी लगाउने कार्यक्रममा १ हजार ६ सय ९७ जना सर्वसाधरण नागरिकहरुले हातमा मेहेन्दी लगाएका हुन् ।
विगत पाँच वर्षदेखि लगातार सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवले २०२३÷२०२४ को वार्षिक कार्ययोजना अन्तर्गत सामाजिक उत्तरदायित्व सम्झेर सर्वसाधरण नागरिकहरुका लागि कार्यक्रमको आयोजना गरिएको क्लवका प्रथम उपाध्यक्ष प्रकाश खनालले जानकारी गराए । उनका अनुसार उक्त कार्यक्रममा ३ हजार ९ सय ८० जना नागरिकहरुले निःशुल्क सुगर परिक्षण गराएका छन् । बुटवलको गर्मीमा हजारौँको संख्यामा सर्वसाधरणले चिसो पानी पिएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल स्मार्ट सिटिका अध्यक्ष ‘एमजेएफ’ लायन्स सागर शर्मा र सयपत्रीकी अध्यक्ष लायन्स सिर्जना श्रेष्ठको संयूक्त अध्यक्षता र ‘डिष्ट्रिक’ गभर्नर ‘एमजेएफ’ लायन्स अर्जुनमान सैजुको प्रमुख अतिथ्यता रहेको थियो । फस्ट ‘भिडिजी एमजेएफ’ लायन्स पुरोषत्तमभक्त प्रधानङ र सेकेन्ड ‘भिडिजी पिएमजेएफ’ लायन्स बालाराम भट्टराईको विशेष आतिथ्यता थियो ।
एरिया सचिव डा.शान्ता शर्मा, क्याबिनेट मेम्वर लायन्स सुरेन्द्रमान भारी, एरिया ४ का चिफ लायन्स कल्पना सिवाकोटी, जोइन्ट चियरपर्सन ‘एनएलएफ’ लायन्स खेम थापा र सयपत्रीकी अध्यक्ष लायन्स सिर्जना श्रेष्ठ लगायतले हरितालिका तीजलाई सामाजिक सद्भाव र एकताको पर्वको रुपमा मनाउन सवैमा आग्रह गरे ।
मेहन्दी लगाएका सवैलाई हाजिमा एन्ड आरिस्फा स्टोर्सका संचालक लायन्स सेराज मियाँले मायाँको चिनो प्रदान गरेका थिए । मधुमेह परिक्षणमा लिट्स कलेजले प्राबिधिक सहयोग गरेको आयोजकले जनाएको छ । स्मार्ट सिटिका लायन्स कमल भण्डारीले संयोजन गरेको कार्यक्रमको सहजीकरण सयपत्रीकी लायन्स रिना भारीले गरेकी थिइन् । सामाजिक क्षेत्रमा यस्ता थुप्रै कार्यक्रम संचालन गर्ने योजना तय भएको लायन्स क्लब अफ बुटवल स्मार्ट सिटिका अध्यक्ष ‘एमजेएफ’ लायन्स सागर शर्माले जानकारी गराएका छन् ।