तीज विशेष
अहिले हाम्रो गाँउ स्वर्गद्धारी नगरपालिका वडा नं. ३ प्यूठान स्थित भिंगृ सोंडमा तीज नजिकिएसँगै एउटा शिबमन्दिर निर्माण कार्य सम्पन्न भएको छ । स्थानीय गाँउकै अगुवा ब्यक्तिहरुको नेतृत्वमा महिला दिदी बहिनीहरुको लागि चर्के पिङ हाल्ने काम पनि सम्पन्न हुदैछ । संस्कृति मास्नु हुदैन्, यसको जगेर्ना गनुपर्छ भन्दै केहि यूवा समुह निकै नै खटेर लागेका छन् ।
यसपालिको तीजमा गाँउकै शिब मन्दिरमा पूँजाआजा गरेर, ब्रत बसी बर पिपलको चौतारीमा नाँचगाँन गर्ने स्थानीय महिला दीदी बहिनीहरुको धोको छ । यहि असोज १ गते तीजको अबसर पारेर भव्य रुपमा मन्दिर पनि उद्घाटन गर्ने कार्यक्रम छ । गाँउमा यूवाहरुको बिदेश जाने लर्को भएतापनि चाडपर्वलाई लक्षित गरेर हेर्दा यस्ता चाडपर्वमा गाँउ समाज र परिवारको पूनःमिलनको लागि भएतापनि हाम्रा पुर्खाले चलाएका सबै चाडपर्वहरुलाई भव्य रुपमा मनाउनु पर्छ भन्ने कुरा गाँउमा बस्ने नागरिकको बुझाई छ ।
यो मौसम तीज पर्वको हो । अहिले रेडियो, टि.भी.र मोबाइलहरुमा प्राय मानिसहरु तीजका गीतहरु बजाउने र सुन्ने गर्दछन् । स्थानीय सरकारले राती १०ः०० बजेपछि नाचगनान गर्न रोक लगाएतापनि त्यस्को व्यवास्ता गर्दै गाँउघरमा नाचगान गरेको पाईन्छ । चाडपर्वले प्राय गरेर हाम्रो जीवनलाई जीवन्त बनाउने गर्दछन् ।
सदाझै यस वर्ष पनि हिन्दु नेपाली महिला दिदी बहिनीहरुको महान चाड हरितालिका तीज नेपाली पात्रो अनुसार यहि असोज महिनाको १ गते सोमबारका दिन परेको छ । नयाँ नयाँ उमङ्ग र हर्सौल्लासका साथ हामी सबैको घर आँगनमा प्रवेश गर्दै गरेको तिज आउन अब एक हप्ता पनि छैन् । सामान्यता तीज हिन्दु नेपाली नारीहरुले मात्र मनाउने एउटा महत्वपूर्ण महान चाड भएकोले यसको आफ्नै किसिमको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइन्छ अर्थात यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म चार दिन मनाइन्छ । तर, तिथि घटबढ र मलमासको कारणले यो बर्ष तिज असोजमा परेको छ । तीजमा भगवान शिवको पुजा आराधाना गरिनुको साथसाथै नाँचगान र मनोरञ्जन समेत हुने गर्दछ ।
यो पर्व मुख्य रुपमा नेपालभर मनाईन्छ । आज विश्वव्यापीकरणले गर्दा छिमेकी देश भारत लगाएत सन्सारभर छरिएर बसेका नेपाली दिदी बहिनीहरुले पनि आफू रहेको ठाउँहरुमा धुमधामसँग तीज पर्ब मनाएका तस्वीर तथा भिडियोहरु बिभिन्न सञ्चार माभ्यमका मिडिया तथा अन्य सामाजिक संजालहरुमा आएको हुन्छन् ।
तीज कसरी सुरु भयो ?, तिज किन मनाईन्छ ? तिजको धार्मित तथा साँस्कृतिक महत्व के छ ? भन्ने कुरामा जिज्ञासा राख्नु यो स्वभाविक प्रकृया मात्र हैन् । कुनै पनि चाडपर्वको पृष्ठभूमि बुझ्नु र आम नागरिकलाई यो बिषयमा बुझाउनु समयको माग र आबश्यकता भईसकेको छ ।
यो तीज पर्व मनाउनु पनि यस भित्र एउटा जिवन्त कथा छ । भगवान शिवकी अर्धाङ्खेनी हिमालय पुत्री पार्वती भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिईन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउदै आएका छन् ।
यो चाडमा माइतीले छोरी चेलीलाई घरमा बोलाएर मीठा मीठा परिकारहरु बनाएर खुवाउने तथा मनका भावना एवम् दुःख(सुःख साटासाट गरी एउटै ठाँउमा खाने बस्ने चलन छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुःख, समृद्धि एवम् साहसको प्रतिक मानिन्छ । रातो पोतेले शान्ति र आनन्द प्रदान गर्दछ भने रातो टिका सौभाग्यको प्रतिक हो । तीजमा प्रयोग हुने बिभिन्न गर–गहनाले महिलाहरुको पहिचान देखाएको छ ।
हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफनो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको ठुलो तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको झण्डै १०० वर्ष पूरा भई सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरि पानी पनि नपिईकन निकै कठोर एवम् निराहार व्रत बसेको देख्दा शिवजी आफै प्रकट भई चिताएको कुरो पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह भएको हो भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
सामान्यता असार र श्रावण महिनामा खेतीपाती रोपिसकेपछि केहि फुर्सदको समय निकालेर प्राय नेपाली चेलीबेटीहरु जमघट भई मनाउने पर्वको नाम तिज हो । हुनतः तीज यही बेला र यहि मिति देखि सुरु भएको भन्ने ठ्याक्कै थाहा नभए पनि यो भारत वर्ष बिशेष गरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि मान्दै आएको कुरा इतिहासमा उल्लेख गरिएको छ ।
तीजमा महिलाहरु बिहानै नदी तथा खोलाहरुमा गई स्नान गरी निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहेको छ । बिबाह गरेका महिलाहरुले आफ्ना जीवनकोे आयु भन्दा पनि श्रीमानको लामो दिर्घायुको कामना गर्दछन् । श्रीमानको लामो दिर्घायु भएमा आफूलाई बिधुवा हुन नपर्ने र श्रीमान् सँग दुःख–सुःख गरेर बाँकी जीवन यापन गर्न सहज हुने धार्मिक मान्यता छ । त्यसैगरि बिबाह नभएका महिला दिदी बहिनीहरुले तीजको दिन ब्रत बसेर सुयोग्य वर पाऊँ भनी प्राथना गर्दछन् ।
हिजो आज तिज नजिकिदै गर्दा मानिसहरुको गाँउ, टोल, बजार र शहरमा तिजको रौनक र चहलपहल बढ्दै गएको छ । केटाकेटीहरु नयाँ कपडा किन्ने, महिला दिदी बहिनीहरु नयाँ साडी, बुलाउज, लेङ्गा, र गर–गहनाहरु किन्ने काम भईरहेको छ । कपडा किन्ने र सिलाउने ठाँउमा घुईचो छ । सुन चाँदी गहना पसलमा अत्यधिक भिडभाड छ । सुन तोलाको एक लाख रुपैया भएपनि मानिसलाई कुनै प्रवाह छैन् । जेहोस् महिला दिदी बहिनीहरुमा सम्बन्ध सुधार गर्ने, यसलाई प्रगाढ गर्ने तथा सम्बन्धमा भएका मनमुटावहरुलाई प्रेममा बदल्ने पर्व हो तीज ।
तीजलाई हामीले परम्परागत मुल्य मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दे लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका नारीहरुले तीजलाई व्यवस्थित बनाउदै लानुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र ज्यादै असभ्य बनाउनु हुदैन् । कमसेकम दाजुभाई तथा दिदी बहिनीहरु सँग बसेर मनाउन सक्ने पर्वको रुपमा बिकास गर्नु पर्दछ । हुनतः समय अनुसार तीज फरक हुदै गएको छ ।
पहिले नेपाली नारीहरु आत्मनिर्भर तथा स्वावलम्वी नभएको हुँदा एकदिन भएपनि मीठो–मसिनो खान माइतीघर जानु पर्दथ्यो । माइती घरमा बा–आमाले पकाएको दर खाएर खुशी भई नाँचगान गर्ने प्रचलन थियो । तर, अहिले दर खाने नाममा धेरै बिकुति पनि भएको छ । प्राय गरेर शहर र गाँउमा पनि तीज आउन पन्ध्र दिन अघिदेखि नै बिभिन्न होटलहरुमा कार्यक्रम गरेर दर खाएर नाँचगान गरेको पाईन्छ । यो तीज पर्वको सुन्दर पक्ष होइन् । तीज पर्वको मौलिकता के हो ? हरेक चेली र आम नागरिकले बुझ्न जरुरी छ ।
अचेल साहृै सस्ता र अपाच्य शब्द समाबेश गरेर गीत लेख्ने र तीज पर्वलाई विकृतितिर उन्मुख गराउने अभ्यास बढिरहेको छ । यस्ता छाडा गितहरुमा राज्यले नियमन गर्न जरुरी छ । कलाकार तथा रचनाकारहरुले युटुवमा भ्युजको लोभले सस्ता रत्यौली दर्शक–श्रोताका सामु फाल्नु अगाडि गम्भिर भएर सोच्न जरुरी छ । तीज पर्वमा बजाइने मादल, मनोरञ्जनको लागि खेलिने रोटे पिङ्ग, लठारे पिङ्ग र चर्के पिङ्ग संरक्षण कसले गर्ने हो ? सबैले बेलैमा एकपटक सोच्न जरुरी छ ।
तीज पर्वको सामाजिक सन्देशलाई अहिलेको परिवेशमा महत्वपुर्ण बिषयको रुपमा हेरिएको छ । तिजको दर खाने दिन भनेर क्यालेण्डरमा उल्लेख गर्दागर्दै पनि एक महिना पहिलेदेखि दर खाने कार्यक्रम नेपाली समाजमा उर्लेर आएको छ । होटल, रेष्टुरेन्ट तथा पार्टीप्यालेसमा दर खाने र तीज पर्व मनाउने हाम्रो संस्कृति होइन् । खराब र छाडा संस्कृतिमा बाढी आउन दिनु हुदैन् । दर भनेको के हो ? दर कहिले खानुपर्छ ? दरमा के पकाइन्छ भन्ने कुरा बिर्सनु हुदैन् ।
तपाई हामीलाई रातो टिका र जमरा लगाउन रहर लाग्यो भन्दैमा बैशाख १ गते नयाँ बर्षका दिन लाउन मिल्छ ? जमरा र रातो टिका लगाउन बर्षमा एक पटक आउने बडादशैं नै कुर्नुपर्छ । चैतमा देउसी भैलो खेलेर तिहारको महत्व हुदैन् । बिशेष तिथि र मितिमा चाडपर्वको आ–आफ्नै महत्व रहेको छ ।
बास्तवमा भन्ने हो भने तीजलाई राम्रो साँस्कृतिक पर्वको रुपमा विकास गर्नुपर्ने समय आएको छ । अरुको देखासिकी गरेर, ऋण धन गरेर चाडपर्व मनाउनु हुदैन् । गहना प्रर्दशन गर्ने, महङ्खा कपडाहरु प्रर्दशन गर्ने, दर खाने नाममा रक्सी तथा मदिरा सेवन गर्ने हो भने चाडपर्वको अस्थित्व रहन सक्दैन् । हाम्रो संस्कृतिलाई बचाई राख्नको लागि हामी सबै नर नारीहरु नै सचेत हुनुपर्दछ । गाँउघरमा तीजको दिन खेलिने चर्के पिङ्ख, रोटे पिङ्ख र लठारे पिङ्खहरु बिस्तारै लोप हुँदै गएका छन् ।
युवापुस्ताहरु यस्को संरक्षणमा लाग्नु पर्दछ । व्यापक आधुनिकीकरणको नाममा पुराना तीज बिशेष मौलिक गीतहरु बिर्सन हुदैन् । संस्कृतिलाई अस्वभाविक ढङ्गले अगाडी बढायौ. भने कालान्तरमा दुःख हुन्छ । नयाँ आउने पुस्ताले तीज संस्कृति लोप भयो भने हामीलाई धिकार्ने छन् । त्यसैले चाडपर्बलाई बिगार्ने, अपवित्र बनाउने भन्दा पनि राम्रो बनाउदै लानु पर्दछ । अन्त्यमा, नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
- (लेखक : लोक चेतना एकेडेमी विद्यालय स्वर्गद्धारी नगरपालिका, भिंगृ प्यूठानका माध्यमिक तहमा सामाजिक / अग्रेजी बिषयका शिक्षक हुनुहुन्छ ।)