फरक फरक कार्यक्षेत्रले गर्दा उनी र म केही दुरिको टाढामा छौँ । एकाबिहानै मनमा केही कुरा सोँचेर बसीरहेको थिए । यत्तिकैमा उनको फोन आयो ।
हिजो घरनजिकैको चोकमा तीजको नाँच अलि अबेर रातीसम्म हेरेको थिय । त्यही भएर होला एकै कलमा फोन उठाउन निद्राले दिएन्छ । निद्राकै तालमा बल्लतल्ल उनको फोन रिसिभ गरे । उनले फोनमा भनिन्,‘तीजको योजना के छ स्वामी राजा ? तीज नजिकै आयो अहिलेसम्म केही भन्नु हुन्न चुपचाप हुनुहुन्छ । अरुको देख्दा पनि रहर लाग्ने के ?’
मैले उनलाई फोनमै रिप्लाई दिँदै भने,‘तीज गईराछ योजना त के हुनु । हिजो चोकमा गएको, अस्ति नि गए, भोली गुल्मेली समाजको दरखाने कार्यक्रम छ । पर्सी पार्टीको दर । सुन्नु न यो दिन त तीन वटा कार्यक्रम छ भने । अनि उनले भनिन् ए हजुर हजुरको के कार्यक्रम छ भनेको होइन्, हजुर र मेरो कार्यक्रम भनेको । उनले फेरी हास्दै भनिन् महिला तीज कि पुरुष तीज ?
साँच्ची नै मैले अचेलका तीज धेरै पुरुष केन्द्रित भएको, रेष्टुरेन्ट र पाटी प्यालेसमा केन्द्रित भएको त होइन ? भन्दै सोचे । अनि मैले भने अँ है ल म आउँछु अनि मनौला नि सँगै के भन्दै थिए उनको जबाफ आयो,‘तीजको महत्व हजुर नबुझ्नु भएको हो की ? भन्दै बुझाउन थालिन् । अनि म भोलिपल्ट उनलाई भेटन हिड्ने योजना बनाए र कान्छी सुनन् एक साडी ल्याइदिन्छु ल भने ।’
उनले भनिन्,‘पर्दैन दराजभरी साडी छन् ।’ अनि भेट भयो र उनी तीजको तयारीमा लाग्न थालिन र तीजमा माइत हिड्न थालिन् । लौ त म अब जान्छु है । हजुरले खाना समयमा खानू नि । अलि मीठो मीठो खानु । बाहिरको नखानू, ग्याष्टिक बढ्ला । बिहान खाली पेट पानी खान नबिर्सनु । घर सफा राख्नु ल ।
अनि बिस्तारा पनि सफा राख्नु नराम्रा सपना आउँछन् ।’ अनि मैले भने,‘तीजमा तिमी रमाइलो गर मेरो बारेमा केही चिन्ता नगर । तिमी बरु छिटो जाउँ भन्दै थिए । उनले भनिन,‘हेर्न कति खुसी भएको होला सँगै बस्न पनि कती मन नलागेको हो ? कति बेला माइत जान्छे र आफ्नै पाराले घुम्छु भन्नू भाछ क्या है ? कि म नजाऊँ ?’ भन्दै थिइन् । अनि मैले पनि हाँस्दै भने,‘केही नबोल्दा कस्तो चुप लागेको होला अरुको देख्दा नि रहर लाग्ने ।’
अनि जाँउ जाँउ भन्दा आफनै पाराले घुम्न पाइन्छ भन्ने कस्तो के तिमी है ? भन्दै महिलाहरु किन यस्तो किचकिचे हुन्छ्न होला भन्दै उनीलाई हेर्दै अलि अलि रिसाए । अनि छिटो जाऊ ढिला नगर सबै दिदीबहिनी हिजै आईसकेका छन्, छोरोको पनि आफ्नै जिद्दी बढ्दै थियो । कति बेला बाबासँग बस्छु, कति बेला मामाघर जान्छु भन्दै अन्ततः मामाघर जान्छु भन्यो । तर हजुर नि आउनु पर्छ तीजमा भन्ने शर्तमा मात्र । के गर्नु सन्तानको खुसी नै सवथोक हुँदो रहेछ ।
‘छिटो गर न, भन्दै थिए म ।’ उनले कोठाको पंखा बन्द गरिन् । भान्सामा गएर सिलिण्डरको रेगुलेटर अफ गरिन् । दुधको ताप्के प्लेटले छोपिन् । झ्याल ढोका बन्द गरेर पर्दा लगाउँन्छिन् । साँझको खानाको लागि तरकारीमा सिमि र आलु काटेर ठिक्क पारिएकी रहेछिन् । त्यसपछि बाहिर आएर ढोकामा ताल्चा लगाइन् र गेट बाहिर आइन् ।
बरु छिटो गर । अचेल बसमा निकै भिड हुन्छ । कि म बाइकमा छोडन जाँउ भन्दै थिए । उनीले अहिले पर्दैन बरु तीजमा आउनु सँगै नाँच्न जाउँला भनिन् । म हतार हतार छोरा समाएर गेट बाहिर आए । उनी सानो झोला समाएर बाहिर निस्किन । अनि ढोका लाउन थालिन् । केही सम्झेर फेरि ढोका खोलिन र भित्र पसिन् ।
‘छिटो गर न, भन्दै थिए म ।’ उनले कोठाको पंखा बन्द गरिन् । भान्सामा गएर सिलिण्डरको रेगुलेटर अफ गरिन् । दुधको ताप्के प्लेटले छोपिन् । झ्याल ढोका बन्द गरेर पर्दा लगाउँन्छिन् । साँझको खानाको लागि तरकारीमा सिमि र आलु काटेर ठिक्क पारिएकी रहेछिन् । त्यसपछि बाहिर आएर ढोकामा ताल्चा लगाइन् र गेट बाहिर आइन् ।
‘कति ढिलो गरेको हो के ?’ मैले भन्दै थिए, उनको जबाफ आयो,‘हजुरलाई सजिलो होला भनेर हल्का काम गरिदिएको नी ।’
‘लोग्ने मान्छे फूत्त घर बाहिर निस्केको जस्तो हो र छोरी मान्छेलाई ? अझै के बिर्से के बिर्से लागीरहेको छ ।’ टक्क अडिएर सम्झने कोशिस गर्दै उनले भनिन् ।
“ह्या छिटो बस न ।”
“हत्तेरीका चामल हेर्दिन भुलेछु नि । अनि हजुरको कपडामा आइरन लगाइदिन बिर्सेछु ।” झट्ट सम्झिँदै उनले भनिन् ।”
“त्यत्ती जाबो कुरा ? मै गर्छु नि । तिमी छिटो जाँउ । छिटो बस बाइक मा” तर उनले भनिन्,‘कति हतार हो हजुरलाई ? जाने त म पो हो नि । हजुरले ख्याल गर्ने भए त मलाई के को सुर्ता लिनु पर्दथ्यो र ? पानी धेरै खानू है ।
‘अनि साँझ र बिहान पूँजा कोठामा नबिर्सेर बत्ती बाल्नु है । फोन साइलेन्टमा नराख्नु । राती गेट, ढोका लगाउनु है । पर्वको बेला चोरी हुने डर हुन्छ ।’ यतिकैमा छोराले आइसक्रिम भन्दै दुःख दिदा बस छुट्यो ।
अनि एक आइसक्रिम छोरालाई किन्दिए । बाईकमा बसेर मुल सडक पुग्ने बेलासम्म यस्तै यस्तै अनेक कुरा गर्दै बस कुर्ने वेला उनलाइ लाई भने, “साडी ल्याईदिन्छु भन्दा भो पर्दैन् भन्यौँ । सबैले नयाँ लाउँदा तिमीले पोहरकै बेर्नु पर्ने । के भन्लान् मलाई तिम्रा दिदीबहिनी, माईतीले ?” उनको जबाफ आयो, तीज देखाउनलाई होर मनाउने भन्दै जबाफ आयो । यतिकैमा बस आयो अनि बसमा बसाएर म फर्के । छोराले मामा घर पुगे बाबा भन्दै हजुर आउनुस है बाबा भन्दै मैले ह्वस् भन्दै फोन राखे ।
अहिले उनले विहान जानेबेला बनाइदिएको सिमिको तरकारी पकाउँदै छु । अनि अहिलेको तीजमा उनीसँगै दरखाने र तीजमा सँगै नाँच्ने निधो गरेको छु ।
मानिसलाई खुसी खोज्न कतै भौतारिनु पर्दैन् । आफ्नी जीवनसँगीनी र सन्तानलाई खुसी राख्न मात्र सके पनि जीवनमा धेरै गर्नुपर्दैन् । तीजमा छोरा मान्छेहरु ससुराली घर जानु हुँदैन्, तीज त छोरी मान्छेको मात्र हो, भन्ने जुनखालको पुरातनवादी सोँच मानिसमा छ त्यसको म पूर्ण रुपमा विरोधी प िनहो । घरकी एउटा नारी खुसी हुनका लागि त्यहाँ छोरा मान्छेको ठूलो महत्व हुन्छ । श्रीमती खुसी हुनका लागि श्रीमानको भूमिका महत्वपूर्ण हुन्छ ।
त्यसैले सवैले तीजलाई विभेदको रुपमा होइन् सवैको साझा पर्वको रुपमा सोँच्ने बानीको विकास गरौँ । सवैमा तीजको शुभकामना ।