सूर्य थापा
पोलिटब्यूरो सदस्य, नेकपा एमाले एवं प्रतिनिधीसभा सदस्य, प्यूठान
नेकपा एमालेका प्रभावशाली र यूवा नेताहरुमध्ये पर्छन् प्यूठानका सूर्य थापा । थापाको स्थायी घर झिमरुक गाउँपालिका–१ सौतामारे प्यूठान हो । आफूलाई लागेको कुरा प्रष्टसँग बोल्ने र कसैसँग नझुक्ने उनको हक्की स्वभाव छ । थापा पहिलोपटकमै चुनाव लडेर प्यूठानबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भए । उनी नेकपा एमालेको केन्द्रिय सदस्य हुँदै अहिले पोलिटब्यूरो सदस्य र लुम्विनी प्रदेश संयोजकको जिम्मेवारी छन् । नेकपा एमाले गुल्मीको पार्टी इन्चार्ज समेत हुन् । भर्खरै सकिएको नेकपा एमालेको लुम्विनी प्रदेश कमिटीको अधिवेशनले दिएको सन्देश, पार्टीभित्र झांगिदै जानथालेको गुट, समग्र राष्ट्रिय राजनीति, प्यूठानको समग्र विकास निर्माणमा थापाले खेलेको भूमिका लगायत विषयमा गरिएको कुराकानीको सार संक्षप :
नेकपा एमालेको लुम्विनी प्रदेश अधिवेशनबाट पार्टीमा गुटवन्दीको सन्देश फैलियो भन्ने छ नी ?
समग्रतामा अधिवेशन निर्धारित कार्यसूची सहित बढो शानदार रुपमा सम्पन्न भएको छ । ८३ हजार कुल पार्टी सदस्यहरुबाट १ हजार ५ प्रतिनिधीले ५ जना पदाधिकारी सहितको नेतृत्व छान्ने कुरा सामान्थ थिएन । विगतलाई हेर्ने हो भने ७ सय ५१ जनाबाट पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन भएको थियो । त्यो भन्दा पनि ठूलो साइजमा लुम्विनीको अधिवेशन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पार्टीका शिर्ष नेताहरु आएर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । पार्टी नेतृत्वबाट हामीले पूर्ण रुपमा अभिभावकत्व पाएका छौँ । यो अधिवेशनलाई सिंगो पार्टी पंक्तिले हेरिरहेका थिए । यसलाई अलि तरंगित बनाउने गरी हेरिएको पनि हामीले पायौँ ।
चिर्कटो दिएको भए त प्रदिप कमरेडले मलाई यस्तो दिइएको छ भनेर भन्नुहुन्थ्यो । उहाँ २३÷२४ वर्षको हुँदादेखि नै म उहाँको वर्किङ स्टाइललाई जान्दछु, उहाँले त्यस्तो गर्नुभयो भन्ने मलाई एकरथी पनि विश्वास छैन् । सहमतीको प्रयासमा प्रदीप कमरेड लाग्नुभएको हो ।
अधिवेशनबाट एमालेहरु शकुसल फर्किएलान कि नफर्किएलान् ? चरम गुटवन्दीले सिमा नाघ्ने भयो, पार्टी तहसनहस हुनेभयो जस्ता कुराले तरंगित बनाइएको थियो । तर, सवै हासीखुसी रमाइकन अधिवेशनले नेतृत्व जोड दियो । पार्टी अध्यक्षले अधिवेशन उद्घाटन पछि एकरात बुटवलमै बसेर आकांक्षीहरुसँग कुरा सुन्ने र सहमतीमा नेतृत्व चुन्ने गरी सम्झाउने बुझाउने गर्नुभयो । तर, यहाँ आकांक्षीहरुले बरावरी रुपमै आफ्नो अडान नछाडेपछि लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चुन्ने निधो भएको हो । अध्यक्ष कमरेडले एकजना मात्र उठ्नुस भनेको भए न्याय गर्नुभएन् भन्ने हुन्थ्यो । तर, सार्वजनिक रुपमा मतदाताको अगाडी छाडियो र नयाँ नेतृत्व चुनिएको छ, यसले जनतामाझ धेरै सकरात्मक सन्देश दिएको छ । चुनावमा जाँदा पनि अध्यक्षका उम्मेदवार दुवै खुसीहुँदै हासीखुसी छुटिनु भएको छ । अधिवेशन अघि देखिएको विवादका तरंगहरु नेतृत्व चुनिएसँगै सकिएको छ ।
तर, चुनावमा प्यानलै बनाएर बनाएर उम्मेदवारहरु मैदानमा उत्रिए नी ?
प्यानलै बनायो भनेर म मान्दिन । त्यसमा तपाइहरुले मरमसला गर्नुभयो । दुई जना मात्र उम्मेदवार हुनुभएको छ, त्यसलाई प्यानलै भयो भनेर नभनौ । उपाध्यक्ष र महासचिवसँग जोडेर हेर्ने काम भएको छ, त्यो सही छैन् । पार्टीमा स्वच्छ प्रतिस्पर्धा हुनु आकाश खस्ने जस्तो होइन् । प्रतिस्पर्धामा जनताले रुचाएको व्यक्ति नेता हुने हो । यहाँ ६० प्रतिशत सहमतीमा र ४० प्रतिशत निर्वाचनबाट नेतृत्व चयन भएको छ ।
उपमहासचिवले इन्चार्जलाई नेतृत्व चयनको सन्दर्भमा चिर्कटो दिनुभयो । जसले गर्दा अर्को पक्षले स्वीकार गरेन् भनेर राष्ट्रिय इस्सु छ भनिन्छ त ?
चिर्कटो उपमहासचिवले किन दिनुप¥यो ? उपमहासचिव करमेड प्रदिप ज्ञवाली यही प्रदेशको नेतृत्व गरेर पार्टी बनाएको नेता हो । आकांक्षीहरुलाई राखेर छलफल गर्नुभएको हो । उहाँले तपाई नै हुनुस्, तपाइ नै नहुनुस् भनेर कसैलाई भन्नुभएको हो जस्तो मलाई लाग्दैन् । चिर्कटो दिने नै भए पार्टी अध्यक्षले इन्चार्जलाई दिनुहुन्थ्यो । पोलिटब्यूरोसँगको छलफलमा म सहभागी हुन सकिन । बन्दशत्रको कारण म परामर्शमा जान सकिन् । चिर्कटो दिएको भए त प्रदिप कमरेडले मलाई यस्तो दिइएको छ भनेर भन्नुहुन्थ्यो । उहाँ २३÷२४ वर्षको हुँदादेखि नै म उहाँको वर्किङ स्टाइललाई जान्दछु, उहाँले त्यस्तो गर्नुभयो भन्ने मलाई एकरथी पनि विश्वास छैन् । सहमतीको प्रयासमा प्रदीप कमरेड लाग्नुभएको हो ।
लुम्विनीको अधिवेशनले अरु प्रदेशमा के सन्देश जाला ?
लुम्विनीमा खासगरी संचारक्षेत्र र अरुले तरंग सृजना गरेको हो । नभएपनि जवरजस्त गुट बनाएर हेरियो । अरु प्रदेशमा यो विकाउ मसला बन्दैन् । कसरी समाधान गर्ने, विवादको फैसला कसरी गर्ने, जस्ता विषयमा लुम्विनीले देशभरीमा एउटा सन्देश दिएको छ । यस विषयमा लुम्बिीनीले मानव निर्माण गरेको छ । अधिवेशन अघि र पछि लुम्विनीले देशविदेशको एमाले पंक्तिको के होला, कसो होला भनेर चिन्तित गराएको थियो । निर्वाचित र पराजित उम्मेदवारको अन्तिम चरणसम्म सुनेर फर्किदा त्यस्तो भएन । तितामिठा कुरा अधिवेशन सकिएसँगै त्यही सकिएको छ ।
प्यूठानबाट चुनाव जितेपछि जिल्लाको विकासमा अहिलेसम्म तपाइको भूमिका के रह्यो ?
प्यूठानबाट मैले चुनाव जितेको एक वर्ष पनि पुरा भएको छैन् । असार मसान्तसम्म त अघिल्लो वर्षकै बजेट कार्यान्वयनको चरण थियो । जिल्लाको आवश्यकताका हिसावले मैले सम्वन्धित मन्त्रालय, मन्त्री, विभाग लगायत राज्यका निकायहरुसँग आफैँ भेटेर माग राख्ने गरेको छु । प्यूठानका सवै पालिका प्रमुख र कार्यालय प्रमुखहरुसँग हामी कसरी अघि बढ्ने, जिल्लाका विकासका प्राथमिकता के हुन् ? भन्ने विषयमा पनि गहन छलफल भएको छ । प्यूठानका जनताको अपेक्षा स्वभाविक रुपमा हामीप्रति बढी छ । तर, अहिलेको अवस्थालाई पनि ध्यान दिनुपर्छ । सांसद् सवै हिसावले पूर्णता हुँदैनन् । उनीहरुले आफ्नो सक्रियता, पहुँचको हिसावले काम गर्ने हो । निर्वाचन क्षेत्र विकास कोषको कार्यक्रम अहिले सर्वोच्चले अन्तमरिम आदेश जारी गरेर रोकेको छ ।
सांसद्हरुले स्थानीय र प्रदेश सरकारसँगको सहकार्यमा विकासका गतिविधिलाई अगाडी बढाउन नीतिगत पहल गर्ने हो । प्यूठान विकास निर्माणले पछाडी परेको छ, त्यसैले विकास निर्माणमा भूमिका खेल्ने भनेर आएको छुँ । मदन भण्डारी राष्ट्रियय राजमार्ग, भालुवाङ बाग्दुला भिमगठे सडक, नौमुरे जलाशययूक्त जलविद्युत्त आयोजना लगायतका ठूला आयोजनाहरुको जवरजस्त रुपमा सरकारसँग यसको शिघ्र कार्यान्वयनका लागि माग गर्ने र संसद्मा आवाज उठाउने गरिएको छ । यी आयोजना प्यूठान बदल्ने गौरवका आयोजना हुन् । प्यूठानको सांसद्को हिसावले म अहिले प्रमुख सत्तापक्षको रुपमा छु । अहिले हाम्रो सत्ता नभएको कारण राज्यका अंगहरुमा प्रत्यक्ष सहभागी हुने कुरा भएन् ।
यो सरकारको आयू अव धेरै छैन् ।
प्यूठानको प्रतिनिधीको हैसियतले प्रतिपक्षको टेबलबाट जनताको आवाज उठाएकै कारण अहिले भालुवाङ प्यूठान सडक दुई लेनको बनाउने गरी बजेट परेको छ । हामीले हिजोभन्दा आज पहलकदमी बढाएका छौँ । सरकार खासगरी पूर्वाग्राही छ । हाम्रो प्राथमिकता र सरकारको बजेट विनियोजनको कुरा मिलेको छैन् । प्यूठानको आवश्यकतालाई संघीय संसद्भित्र इतिहासमै सवैभन्दा बढी सुनिने, देखिने गरी हामी आवाज बुलन्द पारेका छौँ । अरुले दशवर्ष सम्म नगरेको हामी एक वर्षभित्रै गरेका छौँ भन्ने लाग्छ ।
प्यूठानीहरुको तपाई सांसद्मा मात्र सिमित नभई मन्त्री भएको हेर्ने धोको छ, त्यो कहिले पुरा हुन्छ ?
प्रमुख विपक्षीलाई मन्त्री कसले बनाउने ? सांसद् मन्त्री भइदिए हुन्थ्यो भनेर जनताले आशा गर्नु स्वभाविक हो । म अरुभन्दा भिन्न छु । म मन्त्री हुन्छु भनेर चुनावमा भोट मागेको पनि होइन् । म जनताको काम गर्न आएको हुँ । म एक महिनामा प्यूठानमा सात÷आठ पटक जाने र जनताको गुनासो सुनेर संसद्मा लैजाने गरेको छु । मलाई अहिले मन्त्री भन्दा पनि जनताको काम कसरी गर्ने भन्नेमा ध्यान छ ।
राष्ट्रिय राजनीतिमा सत्ता समिकरण फेरिने संभावना कत्तिको छ ?
यो समीकरण धेरै समय चल्दैन् । प्रधानमन्त्री आफैँ छट्पटिनु भएको छ । उबेला रुसमा पानी पर्दा नेपालमा छाता ओड्छन भन्ने थियो नी, हो त्यही अहिले प्रधानमन्त्रीलाई भएको छ । सरकार संकटमा लरवराइ रहेको छ । एमाले र कांग्रेस मिलेर गएभने धेरैका फाफा र फुफु चल्दैन् । सानादलको भरिया ठूला दल बन्नुहुँदैन् । देशको निकासका लागि एमाले, कांग्रेस नै मिल्नुपर्छ । प्रचण्डको सरकार गल्र्यामम गुर्लमु ढल्छ । मैले यो कुरा चुनावताका पनि यही बुटवलमा भएको पत्रकार सम्मेलनमा भनेको हुँ । देशको निकासका लागि खासगरी एमाले र कांग्रेस मिलेर नै अघि बढ्नुपर्छ ।
गठवन्धन सरकार पाँचै वर्ष टिक्छ भन्छन् ?
एउटा मान्छेले जन्मिएपछि १०० वर्ष बाँच्न पाउँछु भन्नु उसको अधिकार पनि हो । तर, यहाँ त्यस्तो हुँदैन् । यो सरकारको आयू अव धेरै छैन् ।
भ्रष्टाचारको मामिलामा एमालेका नेताहरु पनि मुछिए नी ?
यो सरकारले लक्षित गरेर एमालेलाई कहाँ सकिन्छ भनेर प्रपन्च गरेको छ । जलहरी पित्तलको भनेर माओवादीले दिउँसै रातपार्ने प्रयास ग¥यो । नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा केके गर्दै छु भन्नुहुन्छ । जव महराको कुरा आउँछ चुप हुनुहुन्छ । माओवादीभित्र नारायणकाजी श्रेष्ठ ‘घ’ श्रेणीको नेता हो । जब ‘क’ श्रेणीको मााओवादीको नेता कृष्ण बहादुर महराको नाम मुछिन्छ त्यसपछि नारायणकाजीले के बयान लिनु ? उहाँको स्टनबाजी मात्र भयो । भ्रष्टाचार नियन्त्रणको विषयमा खास काम भएकै छैन् । ललिता निवास प्रकरणमा माधव नेपालको नाम आएपछि अहिले सुमसाम छ ।
न्यायोचित रुपमा पनि सभ्य र संस्कारित राजनीति गर्नेमा उहाँहरु हुनुहुन्न । एक महिना अघिदेखि उच्च स्तरीय छानविन आयोग गठन गर्ने विषयमा सहमती भएपछि मात्र हामीले संसद् खोल्ने सहमती गरेका हौँ । उहाँहरु भाटभेनीका संचालक मिन बहादुर गुरुङसँग केही कारोवार नमिलेर आक्रोशित हुनुभएको हो । भुटानी शरणार्थीमा जव आरजु राणा र मञ्जु खाणको नाम आउँछ, ललिता निवासमा जब बावुराम र माधव नेपालको नाम आउँछ, त्यसपछि उहाँहरु थर्कमान हुनुहुन्छ । टोप बहादुर रायमाझीको नाम आएपछि उहाँहरु खुसी हुनुहुन्छ । यस्तो बायसनेस रुपमा पनि कही भ्रष्टाचार नियन्त्रण हुन्छ ? साच्चिकै भ्रष्टाचार गर्न लागेकै हो भने हामी पनि सरकारलाई साथ दिन तयार छौँ । अहिले छानविन गरेका प्रहरी अधिकृतहरु किन सरुवा भए ? शेर बहादुर देउवाले फू गरेपछि नारायण काजीको कुर्सी हल्लिन्छ । त्यो २८ करोड संकलन गर्ने व्यक्तिहरु जेलमा परेका छन् त ? छैनन् ? जसले रकम संकलन ग¥यो उसलाई नियन्त्रणमा लिनुप¥यो नी ?
नेकपा एमालेको भावी नेतृत्वमा चर्चा भइरहेको छ ? पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको नाम पार्टी अध्यक्ष बन्नका लागि भनेर आएको छ । शक्तिका पछाडी लागेको भन्ने छ ?
नयाँ पुस्ता वा पुस्तान्तरणको विषय एमालेको समस्या होइन् । केपी ओली २०८३ सालसम्म पार्टीको अध्यक्षको रुपमा हुनुहुन्छ । महाधिवेशनमा यो सवैका लागि ढोका खुल्ला हुन्छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारी समूह बनाएर राजनीतिमा आउनुहुन्छ भन्ने ठानेका छन् भने त्यो उहाँलाई नबुझेका हुन् भन्ने मलाई लाग्छ । पार्टीको भविष्यका निम्ती लाग्ने व्यक्ति हो उहाँ । छाता आफै मानिस खोज्दै हिड्दैन् । मानिस पो कस्तो छाता चाहिने भनेर ओड्ने व्यक्तिहरु नै हिड्न हो नी ? त्यस्ता स्वार्थको रोटी पेल्नेहरुलाई यस्तो लागेको हुनसक्छ । कमरेड विष्णु पौडेलले पनि बुटवलमा आएर ११ औँ महाधिवेशनको अध्यक्ष केपी शर्मा ओली हो भन्नुभएको छ । अध्यक्ष कमरेडलाई विश्राम दिने खाल्ने गरी अर्को नेता खडा भएको देखिदैन् । एमालेको नेतृत्व हानथापले हुँदैन्, सर्वसम्मत रुपमै हुन्छ । यो सवैकुरा एमालेलाई भाड्नेहरुको हो ।
तपाईप्रति आम नागरिकले गर्ने सकरात्मक र नकरात्मक टिप्पणीले तपाइको राजनीतिक र पारिवारिक जीवनमा केही असर परेको छ की छैन् ?
म प्रति टिप्पणी गर्ने आम नागरिकलाई म सम्मान गर्छु । राजनीतिमा लाग्नेहरुलाई जनताले गाली गर्नु, मायाँ गर्नु त्यो त्यति नौलो कुरा होइन् । म प्यूठानबाट ४१ हजार १ सय १८ मत लिएर प्रत्यक्ष निर्वाचित भएको मान्छे सांसद् हुँ । म जनमतलाई विश्वास गर्ने मान्छे हुँ । तर, यहाँ केही फेक आइडी खोलेर आलोचना गर्नेहरुको पंक्ती छ । म मुखमा पानी राखेर चपाउने व्यक्ति होइन् । सत्यलाई लुकाएर बोल्ने मान्छे पनि होइन् । म राजाको शासनमा पनि निर्धक्क भएर बोल्ने र लेख्ने व्यक्ति हुँ । विभिन्न फेक आइडीहरु खोलेर हाम्रा अभिव्यक्तिहरुलाई गलत ढंगले प्रचार गर्ने र अपभ्रंस फैलाउनेहरुप्रति मैले केही भन्दिन् । हामी आफ्नो पौरख र मेहनतले स्थापित भएर आएका हौँ ।
प्रस्तुती : लक्ष्मण पौडेल / टिआर शर्मा / केशरराज क्षेत्री
- (न्यूज बुटवल टुडेबाट)