नेपालीलाई नेपाली भनेर चिनाउने हाम्रा चाडपर्व र रितिरिवाज हुन् । नेपाली चाडपर्वमा आफ्नै मौलिक पन छ । मौलिक संस्कृतिले नै हो नेपालीलाई विश्वसामु पहिचान दिलाएको । तर, अचेल ती पुराना र मौलिक संस्कृतिमा खडेरी लागेको छ ।
तीज, दशै, तिहार जस्ता चाडपर्वलाई बढ्दो सूचना र प्रविधिले ‘खल्लो’ बनाउँदै लगेको छ । हाम्रा चाडपर्वमा अचेल ‘आफ्नोपन’ पाइदैन् । पर्व हिजोआज भडकिलो बन्दै गएका छन् । तीजको दर अचेल आमाको भन्सामा पाक्दैन । होटलका किचनमा पाक्छ । तीजका नाँच अचेल गाउँको चौतारीमा होइन पार्टी प्यालेसका हलमा हुन्छन् । गाउँका चौतारीमा तीजका गित गुन्जिदैनन् । पार्टी प्यालेसमा ठूलो साउण्ड बजाएर गुन्जाइन्छ । सबैले सबैको ‘नक्कल’ गर्दागर्दै हाम्रो समाज नक्कली नै भइसक्यो ।
चाडपर्वमा फजुल खर्च गर्ने ‘शास्त्रमा’ लेखेको छ र ?
हाम्रो मौलिक सँस्कृति ओझेलमा मात्र होइन्, लोपोन्मुख जस्तै बन्न थालिके । पर्वको महत्व घट्दै गएको छ । यो देखावटी समाजमा राम्रो लगाए पनि देखाउनु छ, मिठो खाए पनि देखाउनु छ । सक्नेले पनि देखाउनु छ, नसक्नेले पनि देखाउनु छ, सक्दै नसक्नेले पनि देखाउनु छदैछ ।
चाडपर्वको नाममा ‘देखावटी’ को रुपमा विद्यमान छ । यसलाई यहीँ रोकौँ । चाडपर्व भनेको आफ्नो–आफ्नो कर्मले डोर्याएर टाढा–टाढा बसेका सबै परिवार जम्मा भएर जे छ त्यसैमा रमाउने पनि उत्सव हो । फजुल खर्च गर्नै पर्छ भन्ने कुनै शास्त्रमा लेखेको छ र ? आफ्नो अवस्थालाई ब्यवस्था गरेर आत्मरतिमा रमाउन बन्द गर्ने की ?
भड्किलो र बेथितीको रुपमा परिणत हुँदै जानथालेका हाम्रो मौैलिक पर्व र संस्कृतिलाई पुरानै लयमा फर्काउनका लागि समाजका सचेत नागरिकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । गाउँगाउँमा रहेका स्थानीय सरकारहरुले अझ बढी यसको अपनत्व लिएर चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुपर्छ । आउनुस्, सवै मिलेर हाम्रा मौलिक पर्वहरुको जगेर्ना गरौँ ।
- (लेखक, समाजशास्त्रकी विद्यार्थी हुन्)