बुटवल : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करहरुको नामावली सार्वजनिक हुँदा पनि वर्तमान सरकारले वयान समेत लिने काम नगरेको उल्लेख बताएका छन् ।
सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै ओलीले आफ्ना नेता, कार्यकर्ता तस्कार र भ्रष्टाचारमा मुछिदा काँन न्यानो बनाएर बसेको उल्लेख गरे । ओलीले वाइडवडी, यती लगायतका काण्डलाई छानविन गर्दै आफै जेलमा जान समेत सुझाव दिए । उनले भ्रष्टाचारका अनेक काण्डको फाइल खोलेर छानविन गर्न समेत चुनौती दिए ।
यस्तै, अध्यक्ष ओलीले गुमेको नेपालको भूभाग फिर्ता लिएको स्मरण गर्दै अहिले प्रधानमन्त्री प्रचण्ड देशको भूभाग बाढ्दै हिड्न थालेको आरोप लगाए । ‘देशको पैतृक सम्पत्ती बेच्दै हिड्ने कसैलाई अधिकारी छैन्’,उनले भने,‘प्रचण्लाई जमिन बाढ्ने अधिकार कसैले दिएको छैन् । एक इन्च जमित पनि तलमाथी गर्न हुँदैन्, दिइदैन् ।’
देशको स्वाधिनता, सार्वजभौम सत्ता, राष्ट्रिय हितको रक्षामा एमाले एक ढिक्का रहेको उनले उल्लेख गरे । उनले वर्तमान सरकार विकासको विरोधी भएको समेत आरोप लगाए । ‘रुपन्देहीमा बन्न लागेको मोतीपुर औद्योगिक क्षेत्रमा साथीहरुले ढुंगा प्रहार गरे, आफ्नो सरकार हुँदा त गोली पनि हानेछन्’,उनले भने,‘औद्योगिक ग्राम बनाउँछौ भन्दा गोली हान्छन् । यीनीहरुले विकास गर्छन् भन्ने पताउनुहुन्छ ?’