रुपन्देही : रुपन्देहीको गैडहवा गाउँपालिका पूँजिगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । जिल्लाका १६ वटा स्थानीय तह मध्ये गैडहवा अग्रणी भएको हो । आर्थिक वर्ष २०७९÷८० मा भएको कार्यसम्पादनमा पूँजिगत तर्फ ८७ प्रतिशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाई अघि बढाएको छ । सिमित स्रोत साधनका विचमा पनि गाउँपालिकाले सफलता हासिल गरेको हो ।
आगामी आर्थिक वर्षमा यसलाई अझ बढाएर ९० प्रतिशत भन्दा माथी पु¥याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । गैडहवापछि पूँजिगत खर्च धेरै गर्नेमा सियारी ८४ प्रतिशत छ ।
‘स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन गर्न भौतिक, आर्थिक, सामाजिक बिकास गर्दै बिकास र समृद्धिको जनआकांक्षा पुरा गर्ने प्रमुख दायित्व जनप्रतिनिधी, कर्मचारी लगायत हामी सबैको हो’, वार्षिक समिक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले भने,‘१ देखी ९ सम्मका बिभिन्न वडाले ९६ प्रतिशतसम्म बजेट खर्च गरेको र जनताको अत्यावश्यक कामहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ ।’
उनले १७ करोड ३५ लाखमा सूर्यपुरामा १५ शँैयाको अस्पताल निर्माण भइरहेको र १ करोड ५० लाखमा नेपाली सेनाको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत रुपन्देहीकै ठुलो गैडहवा ताल पूनः निर्माण सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भइसकेको बताए । चालु खर्च ८२ प्रतिश रहेको बताउँदै पौडेलले बिकास निर्माणको काममा ढिलासुस्ति गर्ने, समय लम्बाउने र निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाइ कारबाही गर्ने बताए ।
सडक कालोपत्रे, ढलान, ग्राभेल , स्तरउन्नती, नाली निर्माणका धेरै काम भएको भन्दै प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थिले स्वास्थ्य, शिक्षा तथा कृषि र रोजगारलाई आर्थिक वर्ष ८०÷८१ मा बिशेष प्राथमिकताका साथ अगाडी बढाएर लैजाने बताए ।
उनले सार्वजनिक खर्च ब्यबस्थापनलाई नतिजामुखी बनाइँदै बिकास आयोजना कार्यान्वयनलाई सहजीकरण गरिने बताए । पन्थिले समिक्षा गोष्ठीमा जिल्लामै पूँजिगत खर्चमा पहिलो पालिका बनाउन जनप्रतिनिधी, स्थानीय उपभोक्ता र कर्मचारीहरुको विषेश योगदान रहेको उल्लेख गरे ।