कोभिडमा थला परेको मुलुकको अर्थतन्त्र अझैपनि ‘आइसियू’ मै उपचाररत छ । सरकारको स्पष्ट नीति सहितको उपचार नहुँदा अर्थतन्त्र जनरल ‘बेड’ मै आउन नपाई कतै आइसियूमै थलिरहने त होइन् ? आम नागरिकहरुलाई चिन्ताले सताइरहेको छ ।
सरकारले अर्थतन्त्रलाई उकास्ने खालको स्पष्ट नीति नल्याउनु, स्थिर सरकार नहुनु, लगानीमैत्री बातावरण नहुनु जस्ता यावत समस्या अर्थतन्त्र विग्रदै जानु रोग हो । स्रोत र संभावनाका हिसावले देश छिमेकीको तुलनामा कैँयन गुणा धनी छ । तर, विडम्बना संभावना हुँदाहुँदै पनि विदेशिने यूवाहरुको कमी छैन् ।
देशमा बढ्दो सत्तामोह, दश वर्षे शसस्त्र जनयुद्ध, राजनैतिक अस्थिरता, बढ्दो दण्डहिनता हरेक क्षेत्रमा हुने राजनैतिक नियूक्ती सिफारिस, संस्थागत तथा नीतिगत भ्रष्टाचार, खुल्ला सिमाना जस्ता कारणले पनि नेपालको अर्थतन्त्रलाई अप्रेशन थ्रेटरमा पु¥याएको थियो ।
देशको नेतृत्वको सही ठाउँमा सही व्यक्ति नहुनुले पनि आर्थिक क्षेत्रलाई आइसियूबाट बाहिर निस्कन सकिरहेको छैन् । मुलुकमा २००७ सालदेखि २०७४ सालसम्म विभिन्न किसिमका राजनैतिक परिवर्तन भएयता विभिन्न प्रकारका आन्दोलन सफल भएर व्यबस्था परिवर्तन भएता पनि देशको आर्थिक कुटनीतिले प्रमुख स्थान हासिल गर्न नसक्दा नेपाली अर्थव्यवस्था दिनानुदिन परनिर्भरतातर्फ धकेलीरहेको छ ।
देशमा बढ्दो सत्तामोह, दश वर्षे शसस्त्र जनयुद्ध, राजनैतिक अस्थिरता, बढ्दो दण्डहिनता हरेक क्षेत्रमा हुने राजनैतिक नियूक्ती सिफारिस, संस्थागत तथा नीतिगत भ्रष्टाचार, खुल्ला सिमाना जस्ता कारणले पनि नेपालको अर्थतन्त्रलाई अप्रेशन थ्रेटरमा पु¥याएको थियो । तर, कोरोना माहामरीले भने पछिल्लो समय आर्थिक क्षेत्रलाई आयसियूमा नै पु¥याएको छ ।
तर, इतिहासमा नेपाली अर्थव्यस्थालाई सबैभन्दा बढी असफल बनाउनमा २०५१ सालदेखि हालसम्मका राजनैतिक गतिविधि नै जिम्मेवार छन् । नेपालमा जति पनि नीति तथा कार्यक्रम निर्माण गरिन्छ ती सबै कागजमा विश्वमै सर्वोेत्कृष्ट स्थानमा पर्दछन तर विडम्बना कार्यान्यवनका क्षेत्रमा भने अन्तिम विन्दुमा पर्छ ।
नेपालमा जनआन्दोलन सफल भएपछि आर्थिक नीतिलाई प्रभावकारी बनाउन भएका प्रयासहरु वर्तमान समयमा नेपाल विदेशमा भाडाका श्रमिक उपलब्ध गराउने मुलुकमा रुपान्तरण भएको छ । नेपाल रास्ट्र बैकले जनताको मर्म नबुझ्नु, बैंकले असमानता पुँजी परिचालन गर्नुले पनि एकप्रकारले नेपालको अर्थब्यबस्था कमजोर भएको हो ।
यसर्थ, नेपालको आर्थिक नीति वर्तमान समयमा असफल भएको छ । जसलाई नयाँ शिराबाट अगाडी बढाई नयाँ युग
अनुसारको बनाउन अर्थव्यवस्थालाई आइसियूबाट जनरल बेडमा छिटो ल्याउनु जरुरी छ । नागरिकको पीडामा सरकार टुलुटुलु हेरेर बस्ने होइन्, जनमैत्री नीति र कार्यक्रम ल्याई कार्यान्वयन गर्नुपर्छ ।
- (लेखक, बुटवलका व्यवसायी हुन् ।)