- जनप्रतिनिधीहरु कोही प्रो छन्, कोही प्रो म्याक्स भइसके त कोही नोकिया ११०० मोडलजस्तै छन् ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको कार्यकाल एक वर्ष पुरा भइसकेको छ । तर, देशभरका ७ सय ५३ वटा स्थानीय सरकारमध्ये केही नग्न्य स्थानीय सरकारका जनप्रतिनिधिहरुले मात्र जनमुखी काम गरेको देखिन्छ । जसमध्ये अधिकांस जनप्रतिनिधीहरु स्वतन्त्रबाट चुनाब जितेका जनप्रतिनिधि हरु रहेका छन् । वास्तवमा उनीहरुमा काम गर्ने हुटहुटी मात्र होइन एक आपसमा प्रतिस्पर्धा जस्तै देखिन्छ । जसरी प्रविधिको दुनियाँमा मोबाइलका ब्रान्डलाई प्रो, प्रो म्याक्स दियर वा ई जस्तै बन्न खोजेको देखिन्छ त्यसरी नै जनप्रतिनिधिहरुमा पनि यस्तै कपी गरेको आभास हुन्छ ।
देशकै ठूलो काठमाण्डौँ महानगरपालिकाका यूवा मेयर बालेनले जसरी काम गरिरहेका छन् त्यो भन्दा धेरै र नयाँ तरिकाले धरानका मेयर हर्क साम्पाङले काम गरेको देखिन्छ । अनि अरु जनप्रतिनिधि हरु पनि त्यही गतिमा बालेन प्रो र बालेन प्रो म्याक्स बन्न खोजेका छन् । तर, अरु धेरै जनप्रतिनिधिहरु भने कामचलाउमा नोकिया ११०० मोडल सावित भएका छन् । त्यसैले अरु जनप्रतिनिधिलाई त एक वर्ष जितेपछि ५ बर्ष ढुक्कजस्तै भयो संगिनी सुई जस्तो ।
जनप्रतिनिधिको कामको मूल्यांकन जनताले हरबखत गरिरहेका छन् । यदि कोही जनप्रतिनिधि कुनै निर्वाचन क्षेत्रमा त्यस वार्षिक समिक्षामा अयोग्य ठहरिए, त्यस निर्वाचन क्षेत्रमा तत्काल उपनिर्वाचन गरिनुपर्छ । र, त्यो हालको अयोग्य जनप्रतिनिधिले फेरि उपचुनाव लड्न नपाउने र कम्तीमा एक निर्वाचन अवधिसम्म देशभरिका कुनै पनि चुनावमा उम्मेद्वारी दिन नपाउने व्यवस्था हुनु जरुरी देखिन्छ ।
जनप्रतिनिधिहरुले संस्थागत किसिमले अध्ययन गरेर त्यहाँको कर्मचारीतन्त्र स्थानीय समुदायसँग छलफल गरेर कुशलतापुर्वक समन्वय गर्नुपर्छ । उनीहरुले प्रचलित ऐन, नियम र कानुनको परिभित्र बसेर गर्न मिल्ने विषयहरु मात्रै काम गर्नुपर्छ ।
तर अहिले सस्तो लोकप्रियताको लागि घोषणा गर्ने तर पाइप बोके झै गर्ने गरेको पाइन्छ । घोषणा गर्ने तर काम हुन नसक्ने खालका कार्यक्रम घोषणा गर्नै हुदैन् । त्यसले जनप्रतिनिधिहरुलाई जनताको माझमा अलोकप्रिय र बद्नाम बनाउँछ । जनप्रतिनिधिहरुले यथार्थपरक र वास्तविक कार्यक्रम मात्रै ल्याउन सक्नुपर्छ र जनताको मनमा बस्नुपर्छ प्रो म्याक्स जस्तै भएर ।
मोवाइलका विभिन्न ब्राण्डहरुजस्तै अहिलेका जनप्रतिनिधीलाई पनि विभिन्न भागमा विभाजन गरेर उनीहरुको मूल्यांकन आम नागरिकहरुले गरिरहेका छन् । जनप्रतिनिधीहरु कोही प्रो छन्, कोही प्रो म्याक्स भइसके त कोही नोकिया ११०० मोडलजस्तै छन् ।
- (लेखक बुटवलका यूवा व्यवसायी हुन्)