मुलुकको विकासका लागि राजनीतिक स्थिरतासँगै राजनीति गर्ने नेताहरुसँग नैतिकता हुनु जरुर छ । तर, हाम्रोजस्तो विकासोन्मुख देशमा न राजनीति स्थिरता छ न त नेताहरुसँग नैतिकता नै । त्यसको फलस्वरुप देश अघोषित रुपमा कंगाल भइसकेको छ र आम यूवाहरुमा वितृष्णा जाग्नुका साथै लाखौ करौडौँ लगानी गरेर थालिएका व्यवसायहरु धरासायी बनाई ती यूवाहरु खाडीको यात्रा तय गरिरहेका छन् । अहिले मुलुकको अर्थतन्त्र जसरी तहसनहस भएर लगानी डुब्ने खतराको डिलैमा छन्, यो सव राजनीतिक अस्थिरता र भ्रष्ट नेताहरुको उपज हो ।
अहिलेको वर्तमान सरकारले ठूला पार्टी भनिएका ठूलै नेताहरुलाई नक्कली शरणार्थी काण्डमा प्रक्राउ गरेको छ भने कतिपय प्रक्राउको खोजीमा छन् । भ्रष्टचारीको आरोपमा तानिएका नेताहरुलाई सरकारले जसरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ यो वास्तवमै नेपालीहरुको लागि एक ऐतिहासिक र खुसीको क्षण पनि हो । जसका लागि सरकारलाई विनाशर्त धन्यवाद भन्नैपर्छ ।
वास्तवमा भन्ने हो भने भ्रष्टाचार गरिएका फाइलमध्ये सवैभन्दा सानो फाइल यही नक्कली शरणार्थीको हो भन्ने मलाई लाग्छ ।
किनभने, यसभन्दा अगाडी विभिन्न खाले करोडौ मात्र होइन्, अरवौका भ्रष्टाचारका काण्डहरु बजारमा मात्र आएका होइनन्, रंगेहात, भ्वाइस रेकर्ड लगाएत अख्तियारमा पुगिसकेका फाइलहरु छन् । तर, ती फाइलहरु अहिले कुन अवस्थामा छन्, धमिराले खाएकी ? मुसाले लग्यो की ? भित्रै आगो लगाइयो की ? लेनदेनमा गुपचुप पारियो की ? तीनै नेताले जानुन । अहिलेसम्म जनतालाई जानकारी छैन् । ती सवै फाइलहरुलाई खोली भ्रष्टाचारीलाई कारवाही गर्ने हो भने यो देश विकासको लागि र यूवाहरुलाई नेपालमै राख्नका लागि एक अस्त्र नै सावित हुने छ ।
यो तितो सुनिएपनि यी पापी नेताहरुले राष्ट्रमाथी गरेको गम्भिर अपराधको सजाय वास्तवमा तिनीहरुलाई हुनुपर्नेमा निर्दोष यूवाहरुलाई सजाय दिएस्वरुप जवरजस्त रुपमा वैदेशिक यात्रा तय गर्न बाध्य पारिएको छ ।
जसअनुसार त्यसको शुरुवात यो नक्कली शरणार्थी काण्ड नै पहिलो भएको छ । तर, यही काण्डमा सरकारले ‘म पिटेजस्तो गर्छु, त रोयजस्तो गर’ भनेझै यो काण्डलाई तिलाञ्जली दिएर अरु काण्डको नामै नलिइ वा यो काण्डसँग अरु काण्डको हिसाव मिलान गरियो भने तिनै भ्रष्टाचारी नेताहरुलाई फेरी हामी नेता मान्ने, तिनै फेरी मन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री र सांसद् हुने भए यो देश विकास कसरी हुन्छ ? अनि भ्रष्टाचार कसरी रोकिन्छ ? दण्डहिनताको अन्त्य कसरी हुन्छ ? अहिलेको अवस्था भनेको यसको उत्तर पनि गम्भिर रुपमा खोजिनुपर्छ ।
तर अहिलेको वर्तमान राजनीति नेतृत्वको पुस्ता रहुन्जेल हामीजस्ता यूवाहरुले भ्रष्टाचारी नेताहरुलाई कारवाही गर भन्नु र सरकार पनि आवेगमा आएर कारवाही गरेजस्तो देखिनु हामी आफैँमा एक रोग हुनेछ ।
यसर्थ, हामी यूवा यही अवस्था रहीरहे टुलुटुलु हेरेर मुखदर्शक हुनुभन्दा देशै छाडेर आफ्नो रोजीरोटी र सन्ततीको खुसीको लागि दुई÷चार पैसा आर्जन गर्न मुग्लान जानुनै वाञ्छनिय हुनेछ ।
तर, यो तितो सुनिएपनि यी पापी नेताहरुले राष्ट्रमाथी गरेको गम्भिर अपराधको सजाय वास्तवमा तिनीहरुलाई हुनुपर्नेमा निर्दोष यूवाहरुलाई सजाय दिएस्वरुप जवरजस्त रुपमा वैदेशिक यात्रा तय गर्न बाध्य पारिएको छ ।
- (लेखक : बुटवलका यूवा व्यवसायी हुन् ।)