बुटवल : राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघको केन्द्रिय अध्यक्षमा श्याम पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । दुई दिनसम्म बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनबाट पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । झिमरुक गाउँपालिका ३ प्यूठानका पोखरेल लामो समयदेखि बुटवलमा बसेर पत्रकारिता गर्दै आएका छन् । पोखरेल प्यूठान-रुपन्देही सम्पर्क मन्चका अध्यक्ष समेत हुन् ।
संघको उपाध्यक्ष विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा, गोपाल प्रसाद भट्टराई, कोषाध्यक्ष प्रज्ववल पहाडी सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै, सचिवालय सदस्यमा महेश रिजाल, नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार र अमिर बास्कोटा चुनिए । वैकल्पिक सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने चयन भएका छन् । अधिवेशनको उद्घाटन राजमोका केन्द्रिय अध्यक्ष एवं प्रतिनिधीसभा सदस्य चित्र बहादुर केसीले गरेका थिए ।