- गोकर्ण प्रदिप थिए र गुल्मीलाई राष्ट्रिय राजमार्गले छिचोल्यो
- कालीकण्डकी करिडोर र मदान भण्डारी राजमार्ग ल्याउन निर्णायक भूमिका
- स्थानी भन्छन्,‘प्रदीप गोकर्णको योगदान भुलेका छैनौ’
गुल्मी : कालिगण्डकी गाउँपालिका–२ अरवेनीका रेश्मिराज न्यौपानेले आफूले कल्पना समेत गरेका थिएनन् आफ्नो गाउँहुँदै अन्तर्राष्ट्रिय राजमार्ग आउँला भनेर । कुनै पनि राष्ट्रिय – अन्तर्राष्ट्रिय राजमार्गको पहुँचमा नभएको जिल्लालाई राजमार्गले जोड्ला भन्ने स्थानीयको आशाको विषय थिएन् ।
तर अहिले उनको गाउँ अरवेनी हुँदै दुई देश जोड्ने कालिगण्डकी करिडोर निर्माणको काम धमाधम भइरहँदा उनी दंग छन् । छिमेकी राष्ट्र भारतको सुनौलीदेखी चीनको कोरलानाका जोड्ने सवैभन्दा छोटो दुरीको राजमार्ग उनकै गाउँहुँदै जान्छ ।
‘नेता प्रदिप ज्ञवाली राष्ट्रिय राजनीति र सत्ता पहुँचमा नभएको भए यो बाटो आउने सपना पनि गर्न सकिने थिएन’,उनले भने,‘अझ चाईना र भारत पुग्ने बाटो आउँला भन्ने त हाम्रो सोँचकै विषय भएन् ।’ न्यौपानेका अनुसार सदरमुकाम तम्घास जान समेत हिंडेर जानुपर्ने बाध्यता अरबेनीबासीलाई थियो । कालिगण्डकी करिडोरले गुल्मीका रुरु, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।
उक्त करिडोरले गुल्मी छोएसंगै यस क्षेत्रका स्थानीयले विभिन्न व्यापार व्यावसायमा समेत लगानी गर्न थालेका छन् । स्थानीयको आर्जनसँग यस करिडोरले महत्वपूर्ण योगदान दिएको छ । कालिगण्डकी करिडोर गुल्मी हुँदै लैजानुपर्छ भनेर पहिलोपटक परिकल्पना गरेको गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एंव पूर्व मन्त्री एमालेका पार्टी सचिव प्रदिप कुमार ज्ञवालीले चुनावी घरदैलोको क्रममा स्थानीयलाई सुनाए ।
सडक अभावले कालीगण्डकी र सत्यवतीका स्थानीयले भोगेको पीडा देखेर ज्ञवालीले कालिगण्डकी करिडोरलाई उक्त क्षेत्र हुँदै लैजान जोडबल गरेका थिए । कुनै समय गुल्मीको कर्णाली भनेर चिनिने अरवेनी, पूर्तिघाटका नागरिक सदरमुकाम तमघास आउन तीन जिल्ला पार गरेर आउनुपरेको दृश्य आफ्नो आँखामा अझैपनि झलझली आउने गरेको ज्ञवालीले स्मरण गरे ।
यस क्षेत्रका नागरिक सडक बनेपछि अहिले तीन घण्टामै सदरमुकाम पुग्ने गर्छन् । ज्ञवालीले विश्वका दुई ठुला अर्थतन्त्र देश चिन र भारतको पारबहन मार्गका रुपमा नेपाललाई ठुलो लाभ पुग्ने बताएका छन् । कालिगण्डकी करिडोरलाई दुईवटा महत्वपूर्ण सभ्यता बोकेका वौद्द सभ्यता र हिन्दु सभ्यता जोड्ने सडकको रुपमा लिइएको छ । ज्ञवालीले उक्त सडकले लुम्बिनी , रुरुक्षेत्र, गलेश्वरधाम लगायतका पर्यटकीय क्षेत्र जोड्ने बताए ।
मानसरोवर पुग्नका लागि सवैभन्दा सहज सडकका रुपमा रहेको कालिगण्डकी करिडोरले भविष्यमा गुल्मीका पर्यटकीय क्षेत्रमा विकास पुग्ने देखिन्छ । पहिलोपटक २०५७ सालमा सांसद भएपछि गुल्मीको हर्मिचौरमा करिडोरको शिलान्यास गरेका ज्ञवालीले सडक निर्माणका क्रममा धेरै उतारचढाव भोग्नु परेको विगत सुनाए ।
शसस्त्र द्वन्द्वमा यस करिडोरलाई पर्वत र स्याङजा हुँदै लैजानेगरी सम्झौता परिवर्तन भएको थियो । तर, पूनः ज्ञवालीले २०६८ सालमा गुल्मी हुँदै करिडोरको काम अगाडि बढाउने कार्यमा पहल गरेका हुन् । करिडोरको सवैभन्दा अप्ठ्यारो भाग अरवेनी र हर्मिचौर खण्डको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा दिएको थियो ।
अहिले यो करिडोरको सम्पूर्ण ट्रयाक सेनाले खोलेर सम्पन्न गरिसकेको छ । यो सडक अहिले सडक विभागले जिम्मा लिएर गुल्मी खण्डको १ अरब ८ करोडमा रिडिदेखी हर्मिचौरसम्म र ४ अरब ८ करोड लागतमा हर्मिचौरदेखी वाग्लुङसम्म पक्की गर्नेगरी काम शुरु भइरहेको छ । उक्त करिडोरमा गुल्मी खण्डको ८० किलोमिटर सडक पर्छ । ज्ञवालीले १÷२ वर्षभित्र सडक निर्माणको काम सकिएर भारतको सुनौलीदेखी चीनको कोरला नाकासम्म यातायातका साधन चल्ने बताए ।
यस्तै, गुल्मी छिचोल्दै निस्किएको अर्काे मार्ग हो मदन भण्डारी राष्ट्रिय राजमार्ग । यस राजमार्गले गुल्मीको पूर्वदेखी पश्चिम क्षेत्रलाई समेटेर प्यूठान, अर्घाखाँची जोडिएको छ । जिल्लाका रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरवार गाउँपालिका, रेसुंगा नगरपालिका, ईस्मा, मालिका र मदाने गाउँपालिका छिचोल्दै यो मार्ग निस्किएको छ ।
राजमार्गले गुल्मीको पूर्वी, मध्य र पश्चिमी भाग समेटेको छ । हाल यो राजमार्ग जिल्लाको मालिका गाउँपालिका–८ सिमलटारीसम्म पक्की भईसकेको छ । सिमलटारी–सौतामारे खण्ड कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत ३ अर्व ४२ करोडको लागतमा काम भइरहेको छ ।
मालिका गाउँपालिका–६ का निवर्तमान वडा अध्यक्ष शोभाखर गिरीले मदन भण्डारी राजमार्गले गुल्मीको पश्चिमी क्षेत्रको अनुहारनै बदलिएको प्रतिक्रिया दिए । ‘यो राजमार्गले धेरै परिवर्तन ल्याएको छ’,उनले भने,‘हामी जिल्लाको दुर्गम क्षेत्रमा थियौं । पश्चिम जाने सडकनै थिएन । अहिले राजमार्गले सडक छेउमा बजार समेत खुलेका छन् ।’
पश्चिमी क्षेत्रका नागरिक सहजै अहिले यो राजमार्ग हुँदै व्यापा, उपचार र बुटवल काठमाडौं आउजाउँ गर्नसमेत अर्घाखाँची र प्यूठान हुँदै जाने गर्छन् । राजमार्गको दायाँबायाँ पक्की घर निर्माण भएका छन् । होटल, मोटरसाइकल वर्कसप र बैंक खुलेका छन् ।
यो राजमार्ग शुरुमा चुरेको किनारै किनार निमार्ण गर्ने योजना बनेको थियो । तर गुल्मीका पूर्व मन्त्रीद्धय प्रदिप ज्ञवाली र गोकर्ण विष्टले चुरेको किनारै किनार निर्माण भएमा गुल्मीको अधिकांश भू–भाग राष्ट्रिय राजमार्गविहिन बन्ने बुझेर पहाडी गाउँहुँदै लैजाने निर्णायक क्षमता गरे ।
आफूले पहल नगरेको भए एक सय वर्ष पनि मदन भण्डारी राजमार्ग गुल्मी आउनेमा मुस्किल पर्ने गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्व मन्त्री गोकर्ण विष्ट स्मरण गर्छन् । ‘मेरो जीवनको भन्दा बढी मायाँ यो राजमार्गको छ’,विष्टले भने,‘यो राजमार्ग ल्याउनका लागि गरेको संघर्ष र पहलका दुःख भन्न थोरै समयले पुग्दैन् ।’
विष्टले राजमार्ग सञ्चालनमा आएपछि गुल्मी २ का जनताले सधैंभरी सम्झिने समेत बताए । पछि परेका वस्ती र क्षेत्रमा अहिले सडककै कारण चहलपहल बढेको विष्टको भनाई छ । राजमार्ग छिटो निर्माणका लागि निरन्तर बजेट विनियोजनको पहल भइरहेको उनले जानकारी गराए । गुल्मी खण्डको काम लगभग केही वर्षमा निर्माण सम्पन्न हुने बताउँदै विष्टले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको जीवन परिवर्तनका लागि कुनै कसुर वाँकी नराख्ने आश्वासन दिए ।