आम निर्वाचन - २०७९
प्यूठानी बासी दिदीबहिनी तथा दाजुभाइहरु
जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च संस्था प्रतिनिध सभाको आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारको रुपमा प्रस्तुत हुन पाउँदा अत्यन्तै हर्षित छु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान संस्थागत भएसँगै मुलुक समृद्धिको महाअभियानमा जुट्नुपर्ने अवस्थामा सम्पन्न हुनलागेको ऐतिहासिक निर्वाचनमा आफ्नो जन्मथलो प्यूठानबाट जनताको प्रिय पार्टी नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनिरहँदा मलाई गौरवबोध भइरहेको छ । विकास, निर्माण र समृद्धिको यस अभियानमा प्यूठानी जनताको प्रतिनिधिका रुपमा काम गर्ने संकल्प बोकेर तपाईहरुको घर घरमा आइपुगेको छु । यसविचमा मैले आर्जन गरेका ज्ञान, सीप, क्षमता र बनाएका सम्बन्धहरुलाई सम्पूर्ण बलबर्कतका साथ प्युठान र प्युठानी जनताको सेवामा लगाउने निधोका साथ उम्मेदवार बनेको छु ।
प्युठानसँग मेरो जीवन र सपनाहरु जोडिएका छन् । मैले जिन्दगीको मेरो यात्रा यहीँबाट शुरु गरें । मेरो बाल्यकालका स्वर्णिम दिनहरू, युवाकालको शुुरुवाती दिनका उर्बर समयहरू यहीँ बितेका छन् । यहीँ नै मैले साँवा अक्षर चिनें, शब्द चिनें, शब्दहरूको अर्थ र महत्व बुझ्न थालें । यहीँको गुरुकुल र माटोले मलाई न्यायपूर्ण समाज निर्माणका लागि, समाज परिवर्तन र रूपान्तरणका लागि लड्न सिकायोे । मैले प्युठानका सबैजसो उकाली–ओराली, लेकबेंसी, भन्ज्याङ–चौतारीहरूलाई आफ्नै खुट्टाले धेरैपटक नापेको छु, आफ्नै आँखाले प्रत्यक्ष देखेको छु र मनले छोएको छु । त्यसैले त जिन्दगीको यात्रामा जहाँ पुगे पनि प्युठान बोकेरै त हिँडिरहेको छु ।
हाम्रो प्युठान र प्युठानी जनताको विगत जति गौरवमय छ, भविष्य पनि उति नै उज्यालो छ । इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्तिलाई बाटो र उज्यालो प्युठानले पनि देखाएको छ । यतिखेर मुलुक आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको सँघारमा छ र यसप्रक्रियाको आरम्भ र अगुवाइ गर्ने काममा पनि हामी प्युठानी पछि पर्नुहुन्न भन्ने मेरो विश्वास छ र यसको सफलतापूर्वक अगुवाई गर्ने सामाथ्र्य हामीसँग छ । शिक्षा र चेतनामा हामी अघि छौं, प्रकृति र भूगोलले हामीलाई साथ दिएको छ, जीव र वनस्पतिका लागि अनुकूल हावापानी रहेको प्युठानसँग कृषि, पर्यटन, बागवानी, जलविद्युत्, जडीबुटी, कृषिजन्य उद्योग, व्यापार आदिको प्रचुर सम्भावना छ । स्वर्गद्वारी, झुलेनी, लिस्ने भञ्ज्याङ, गौमुखी, मल्लरानी, सरुमारानी, भित्रीकोट, उदयपुरकोट, ओखरकोट, तुसाराकोट र विजुलीकोट आदि हाम्रा लागि धार्मिक पर्यटन मार्फत समृद्धि ल्याउन सक्ने प्राकृतिक वरदानका साथै अमुल्य सांस्कृतिक सम्पदा रहेका छन् ।
माथि नौबहिनीदेखि तल सरुमारानीसम्म, यता प्यूठान उपत्यकादेखि झिमरुक, स्वर्गद्वारी, गौमुखी, माण्डवी, मल्लरानी र ऐरावतीसम्मको विकास र समृद्धिको स्पष्ट खाका र मार्गचित्र मसँग छ । प्युठानको छाती भएर बगी जाने झिमरुक, माण्डवी, लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँत्रे खोला, खप्रेङ खोला, हरिया खोला, पत्रेखोला, छापेखोला, धनवाङ खोला, अरङखोला, गोठीवाङ खोला र वायखोलाहरुले प्युठानी जनताको जीवनमा कसरी हरियाली र उज्यालो ल्याउन सक्छन् ? त्यो मलाई राम्रोसँग थाहा छ ।
विजुवार फाँट, दाखा फाँट, वाग्दुला फाँट, चुनाफाँट, जाडी फाँट, वरौला फाँट, मरन्ठाना फाँट, अर्गलीफाँट, चिसावाङ फाँट, गनाहा र दर्भान फाँट, अरङ फाँट, रातटारी फाँट, गर्तङ फाँट, चिदीबास फाँट, डाब्र फाँटलाई हाम्रो समृद्धिका अभियानमा उत्पादन बढाउन कसरी उपयोग गर्ने ? त्यसको योजना मसँग छ । मलाई थाहा छ, स्वर्गद्धारीबाट आँखै अगाडि अन्नपूर्ण, धौलागिरी, मनास्लु, माछापुच्छ«े लगायतका झण्डै दर्जन हिमश्रृङ्खला देख्न सकिन्छ । मल्लरानी, झुलेनी र बड्डाँडालाई हिल स्टेशन पर्यटन पूर्वाधार विकास कार्यक्रममार्फत प्युठानी जनताको आय, रोजगारी, सुख र खुसी सँग जोड्न सकिने योजना कार्यान्वयनमा जुट्नु मेरो सपना र अभिलाषा रहेको छ ।
स्वर्गद्वारी, गौमुखी, नौबहिनी, मल्लरानी, भित्रीकोट र ऐरावती लगायतका पर्यटकीय स्थलको प्रबद्र्धन र प्रचार मार्फत यहाँका जनताको समृद्धिसँग कसरी जोड्न सकिन्छ ? त्यो मलाई थाहा छ । यहाँको शिवालय, भीमसेन मन्दिर, गणेश मन्दिर, निर्मलनाथको मन्दिर, कालिका मन्दिर, कात्रेखोला झाँक्रीस्थान लगायतको गाथा र गरिमा मलाई थाहा छ । नाचमा पुरुसुङ्गे नाच, मारुनी नाच, माडीखोले नाच, सोरठी नाचको महत्व थाहा छ । स्याउलीवाङ्ग, कोठीलेक, तीनपुरे धुरी, स्वर्गद्वारी लेक, पूजाको लेक, सरुमारानी र सिद्धलेक, पन्चासेको लेक जस्ता लेकहरु हाम्रो समृद्धिका आधार बन्नसक्छन् भन्ने पनि मलाई राम्रोसँग थाहा छ ।
अनेक भाषा, धर्म, संस्कृति र जातजातिको समिश्रण देशकै विविधता, मौलिकता र साझा पहिचान हुन् । प्राकृतिक, साँस्कृतिक र सामाजिकरूपमा निकै विशिष्ट एवं धनी प्युठानलाई समृद्ध बनाउने उद्देश्यका साथ तपाईंहरूको उम्मेदवार बन्न पाउँदा निकै जिम्मेवारीबोध भएको छ । प्युठानलाई समृद्ध बनाउन, चिनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हाँसिल गर्न तपाईंहरूको साथसहयोगले मात्रै सम्भव छ । यही सपना पूरा गर्न म नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य लिएर तपाईंहरू माझ उपस्थित भएको छु ।
सूर्य चिन्हको उम्मेदवारका रूपमा प्रस्तुत भए पनि सबै दल र जनताप्रति मेरो सद्भाव र सम्मान छ र सदा रहिरहनेछ । सबै राजनीतिक दल र जनताको एकता र सहकार्यबाट मात्रै प्युठान र प्युठानी जनतालाई सुख र समृद्धिको दिशामा अघि बढाउन सकिन्छ अनि समाजमा शान्ति र सुव्यवस्था कायम गर्न सकिन्छ भन्ने मेरो अटल विश्वास रहेको छ । त्यसमा कुनै कमी नगर्ने मेरो संकल्प र अठोट पनि छ ।
माथि नौबहिनीदेखि तल सरुमारानीसम्म, यता प्यूठान उपत्यकादेखि झिमरुक, स्वर्गद्वारी, गौमुखी, माण्डवी, मल्लरानी र ऐरावतीसम्मको विकास र समृद्धिको स्पष्ट खाका र मार्गचित्र मसँग छ । प्युठानको छाती भएर बगी जाने झिमरुक, माण्डवी, लुङखोला, गर्तङखोला, चुदरी खोला, जुम्री खोला, काँत्रे खोला, खप्रेङ खोला, हरिया खोला, पत्रेखोला, छापेखोला, धनवाङ खोला, अरङखोला, गोठीवाङ खोला र वायखोलाहरुले प्युठानी जनताको जीवनमा कसरी हरियाली र उज्यालो ल्याउन सक्छन् ? त्यो मलाई राम्रोसँग थाहा छ ।
प्युठान भौगोलिकरूपमा ठूलो र विकट छ, तर चुनावको प्रचार–प्रसार गर्ने समय अति छोटो रह्यो । त्यसैले तपाईंहरू सबैको घरआँगनमा स्वयं उपस्थित भएर यहाँहरूसँग भलाकुसारी गर्ने, सरसल्लाह गर्ने र आर्शीवाद थाप्ने मौका मैले चाहेजति मिल्न सकेन । तपार्इंहरूको घरदैलोमा आउन नसकेको अप्ठ्यारो र बाध्यतालाई यहाँहरू जस्ता गुनी र विवेकी मतदाताले बुझिदिनु हुनेछ भन्ने विश्वासका साथ अनुरोध गर्दछु । तपाईं अनि तपार्इंको परिवारको अमूल्य मतको आशा र अपेक्षा गर्दै यो अनुरोध गरेको छु ।
अन्त्यमा,
मलाई विश्वास छ, सूर्य चिन्हमा यहाँहरूले आफ्नो अमूल्य मतदान गरी प्रतिनिधि सभा सदस्यमा म सूर्य थापा, प्रदेश सभा सदस्यमा तुल्सीराम शर्मा र हरिप्रसाद रिजाललाई आफ्नो अत्यधिक मतले विजयी गराउनुहुनेछ । अनि, प्युठानी जनतालाई धनी, सुखी र समृद्ध बनाउने मेरो÷हाम्रो अभियान र योजनालाई साथ दिनुहुनेछ । हाम्रो तपाईहरुको मतलाई खेर जान दिनेछैनौं, प्युठान र प्युठानी जनताको मतको ऋणी बन्दै विश्वासको शिर झुक्ने कुनै काम गर्ने छैनौं ।
धन्यवाद ।
तपाईहरुकै
सूर्य थापा
उम्मेदवार, प्रतिनिधिसभा सदस्य
तथा पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज, नेकपा (एमाले)