पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको काख भिंगृ बजारमा स्वर्गद्धारी नगरपालिका अवस्थित छ । पर्यटकीय र कृषिउपजका हिसावले यस नगरपालिका संभावनाको क्षेत्र मानिन्छ । नेपालकै सातधाम मध्येकै एक स्वर्गद्धारी र समथल भूभागमा कृषि उव्जनी गर्नसके यस नगरपालिकालाइ छिट्टै नै समृद्धि बनाउन सकिने बोलियो संभावना छ । संभावनाहरुको विकास गर्ने पहिलो दायित्व स्थानीय जनप्रतिनिधीको काँधमा गएको छ । त्यही जिम्मेवारीको नेतृत्व सम्हालेका छन् नगरप्रमुख नेत्र बहादुर रोकाक्षेत्रीले । साविक भिंगृ गाविसहुँदा समेत दुइपटक अध्यक्षको कार्यानुभव सम्हालेका रोकाय २० वर्षपछि आएको नयाँ व्यवस्थामा पनि नगरप्रमुखको जिम्मेवारी लिने शौभाग्य पाए । स्थायी शिक्षक छाडेर राजनीति क्षेत्रमा होमिएका उनलाइ सवैले प्रष्ट वक्ताको रुपमा चित्रण गर्दछन् । विकासमा स्पष्ट दृष्टिकोण भएका रोकासँग आजको पोष्टकर्मी केशर रोकाले गरेको कुराकानी ः
नेत्र बहादुर रोका क्षेत्री
मेयर, स्वर्गद्धारी नगरपालिका भिंगृ प्यूठान
नगरप्रमुखको जिम्मेवारीमा रहँदा तीन वर्षे अवधिमा कस्तो अनूभुति गरिरहनु भएको छ ?
हामी नयाँ संरचनाको अभ्यासमा छौँ । समृद्ध नगर बनाउने अभियानमा लागेका छौँ । दुर्गम क्षेत्रमा भएरपनि अत्यन्तै संभावना भएको नगर हो स्वर्गद्धारी । बाख्रापालन, तरकारी, फलफूल खेतीको क्षेत्रमा प्रशस्त संभावना छन् । यी क्षेत्रमा गतवर्ष लगानीलाइ अझबढी जोड गरियो । नगर क्षेत्रका किसानहरुले विभिन्न शहरहरुमा खसी, बोकाहरु निर्यात गर्ने गर्नुहुन्छ । करिव ६५ लाख रुपैयाँ किसानहरुलाइ अनुदान स्वरुप वितरण गरेका छौँ । निश्च्ति मापदण्ड बनाएर अनुदानका कार्यक्रम संचालनमा छन् । विशेषतः नगर क्षेत्रमा कृषिको अलि बढी संभावना नै देखिन्छ । संभावनाका क्षेत्र पहिचान गरेर लगानीलाइ जोड गरेका छौँ । बनिसकेका पूर्वाधारहरुको स्तरोन्नती गर्ने क्रममा छाँै । परम्परागत खेतीप्रणालीले समृद्धको नारा पुरा हुन सक्दैन् । यस वर्ष पनि कृषि र पशुपालन क्षेत्रमा १ करोड ५० लाख विनियोजन भएको छ । समृद्ध नगर बन्नका लागि कसैको भर परेर हुँदैन्, हामी आफैँ लाग्नुपर्छ भन्ने सिकाइ भएको छ । सवै किसानहरुलाइ व्यवसायीक रुपमा अघि बढ्न प्रेरित गरिरहेका छौँ ।
समृद्ध नगरको सपना के बाट देख्नुहुन्छ ?
शुरुमा सोँच पूर्वाधार निर्माणमा गयो । आजसम्म आइपुग्दा धेरै पूर्वाधार निर्माणका कामहरु भइसकेका छन् । उत्पादन बस्तुको बजारीकरणमा सहज यातायात भएन भने त्यसले अपेक्षाकृत प्रतिफल दिन सक्दैन् भन्ने राम्रोसँग बुझेका छौँ । सोही अनुसार यसअघि हाम्रो सोँच त्यतातिर गयो । पूर्वाधार क्षेत्रपछि हामी यसवर्ष बढी जोड कृषि र पशुपालनलाइ नै दिएका छौँ । नगरपालिका सहित संघ र प्रदेश सरकारले पठाउने बजेटलाइ समेत सोही अनुसार परिचालन गरेका छौँ । कृषिमा बढी आवश्यक भनेको पानीको सहजता हो । अहिले धेरैजसो क्षेत्रमा पानीका मुहान सुक्दै गएका छन् । यसलाइ चुनौतीको रुपमा हेरेका छौँ । लिफ्ट योजना संचालन गरेरै भएपनि किसानको बारी र घरसम्म पानी पु¥याउनेछौँ । प्रदेश सरकार अन्तर्गत हुने स्मार्ट कृषि कार्यक्रमका लागि पनि भिंगृकै चिरावारीलाइ छनौटमा राखेका छौँ । साझेदारी निकायलाइ पनि उत्पादनमुलक क्षेत्रमै कार्यक्रम बढी केन्द्रित गर्न सुझाव दिएका छौँ । यसर्थ, समृद्ध नगर र सुखी नगरबासीको आशा पुरा गर्न कृषि र पशुपालन बाहेक अन्य विकल्प देखिदैन् । मसला उत्पादन, अदुवा, बेसारको प्रशोधन गर्ने मेशिन किसानलाइ उपलव्ध गराउदैछौँ । किसानहरुले उत्पादन गर्ने बस्तुहरुको प्रशोधन, प्याकेजिङ र वितरणलाइ सहयोग गर्नेछौँ । नगरक्षेत्रका धेरैजसो ठाउँमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । सफा नगर बनाउने संकल्प अनुसार भिंगृमा एक घर, एक धारा, एक फूल, दुइ फलफूलको कार्यक्रम अघि सारिएको छ । बाटो विकास निर्माणको केही हिस्सेदार हो तर सवथोक होइन भन्ने सोँचले हामीले भौतिक पूर्वाधार निर्माणभन्दा उत्पादनमुलक क्षेत्रमा बढी जोड गरेका छौँ । नगरबासीको जीवनको आयू लम्वाउनका लागि स्वास्थ्य र सरसफाइको क्षेत्रमा बढी फोकस गर्नुपर्ने देखियो । हरित नगरको योजना पनि अघि सारिएको छ ।
स्वास्थ्यको क्षेत्रमा नगरपालिका धेरै अघि छ । दिर्घरोगीहरुलाइ अहिलेसम्म लगभग २९ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका छौँ । महिलाहरुको स्वास्थ्यलाइ अझबढी ध्यान दिएर गर्भावास्थमा हुने खतराको विषयमा जागरणका कार्यक्रम संचालन भइरहेका छन् । गर्भवती महिलालाइ चारपटक घरमै पुगेर उपमेयरको कोशेलीसहित भेट्ने कार्यक्रम छ । सुत्केरी भइसकेपछि पनि तीन दिन आमाको स्वास्थ्यवास्था बुझ्न स्वास्थ्यकर्मी सहित घरमै जाने गरेका छौँ । यस कार्यक्रमले शुन्य होम डेलिभरीलाइ साथ दिने आशा छ । हामी चुनिएर आइसकेपछि स्वास्थ्य संस्थामा औषधी अभाव भयो भन्ने जनताबाट सुन्न परेको छैन्, यसले पनि हामीलाइ अझ उत्साहित बनाएको छ । यसवर्ष दुइ स्थानमा शहरी स्वास्थ्यकेन्द्र स्थापना हुदैछन् ।
धार्मिक तिर्थस्थल स्वर्गद्धारीको काखमा भएकाले स्वर्गद्धारीको प्रवद्र्धनमा योजना के छ ?
स्वर्गद्धारीमा दिनानुदिन धार्मिक पर्यटकहरु आउने क्रम बढ्दो छ । पर्यटकहरुको व्यवस्थापनमा केही समस्या देखा परेको छ । सार्वजनिक शौचालय छैनन् । साउन महिनामा सयौँ गाडीमा हजारौँ भारतीय पर्यटकहरु आउने गरेका छन् । पर्यटकहरुलाइ निकै सस्तोमा गुणस्तरीय सेवा पुग्ने गरी योजना बनाउदैछौँ । केही समयमै सार्वजनिक शौचालय बनाउदै छौँ । पर्यटकहरुको बसाइ जतिसक्दो लम्वाउने गरी नगरपालिकाले ठोस योजना ल्याउने छ । भिंगृ स्वर्गद्धारीको आधारविन्दु भएकाले पनि यसको प्रवद्र्धनमा विशेष जोड दिएर अघि बढ्दै छौँ । स्वर्गद्धारीसँगै जोडिएका नगरका अन्य पर्यटकीय स्थलहरुको पनि विकास र प्रवद्र्धन गर्नु जरुरी छ । सारीको प्राकृतिक भू–बनोटको डिपिआर तयार भइसकेको छ । स्वर्गद्धारी विमानस्थलको आवश्यक पक्रिया अघि बढ्दै छ । यसलाइ केन्द्रमा राखेर दहचौरमा शान्तिपार्क निर्माण गदैछौँ । स्वर्गद्धारीसँगै जोडिएको पर्र्यटकीयस्थललाइ पनि सँगै लैजाने हाम्रो लक्ष्य छ । सुरक्षित आवासको योजना अघि सारिएको छ । वडा नम्वर ४, ९, ८ का ४ सय १६ घरधुरीलाइ जस्तापाता उपलव्ध गराएका छौँ ।
नगरबासी र प्रशासनिक क्षेत्रबाट कत्तिको सहयोग पाउनु भएको छ ?
प्रशासनिक क्षेत्रबाट जनप्रतिनिधीले बनाएका नीति तथा कार्यक्रमहरुको कार्यसम्पादनमा राम्रो साथ पाएका छौँ । कतिपय स्थानीय तहमा जनप्रतिनिधी र कर्मचारीबीच विवादका कुरा सुनिन्छ तर, हाम्रोमा अहिलेसम्म त्यस्तो छैन् । सौहार्दपूर्ण रुपमै काम भइरहेको छ । कर्मचारीको अधिकारलाइ जनप्रतिनिधीले हस्तक्षेप गर्नुहुदैन् । नीति निर्माणमा जनप्रतिनिधी र आर्थिक अधिकार सहितको कार्यसम्पादनमा कर्मचारीले सही रुपमा बुझेपछि कुनै विवाद हुँदैन् भन्ने मलाइ लाग्छ । दरवन्दी अनुसार कर्मचारी नहुँदा कामकारवाहीमा असहजता देखिएको छ । लक्ष्य कृषि र पशुपालनको व्यवसायीकरणमा भएपनि दक्ष कर्मचारी नहुनु दुःखद छ । फाट्टफुट्ट नगरबासीका गुनासा भएपनि धेरैले साथ दिनुभएको छ । आफ्नो उपस्थिती नहुँदा प्रतिपक्षले आक्रोश व्यक्त गरेको देखिन्छ । पछाडी पारिएका वर्गहरुलाइ विशेष जोड गरेर विकासको मूल प्रवाहमा ल्याउने कोशिस गरिएको छ ।
नगरको दिगो आर्थिक स्रोतको पहिचान के गर्नुभएको छ ?
नगरलाइ आर्थिक रुपमा सवल बनाउनका लागि थुप्रै संभावना छन् । ती संभावनाको खोजी र विकासमा हाम्रो ध्यान गएको छ । जनप्रतिनिधीलाइ व्यक्तिगत स्वार्थभन्दा माथी उठेर नगरपालिकाको विकासमा लाग्नुपर्छ भन्ने भावनाको विकास गरिएको छ । हामीले राम्रो अभ्यासको थालनी ग¥यौँ भने भावी पुस्ताका लागि त्यसले लाभ दिन सक्दछ । जनतालाइ करको मारमा पारेर आर्थिक संकलन गर्ने हाम्रो नीति छैन् । क्षेत्रगत रुपमा करको दायरा तोएिको छ । नयाँ पर्यटकीय क्षेत्रको निर्माण, स्र्वद्धारीको भौतिक पूर्वाधार निर्माणमा पहल, प्राकृतिक स्रोत साधनको उत्खनन्मा विशेष जोड दिएर अघि बढेका छौँ । अघिल्लो वर्ष १ करोड आन्तरिक आम्दानी भएको छ । आगामी वर्षका लागि १ करोड १७ लाखको अनुमान गरेका छौँ । विरोधी शक्तिहरुले करको दायरा ठिक भएन भन्नुहुन्छ, तर उहाँहरु आफै पहिलोपटक आएर कर बुझाउने गर्नुहुन्छ । विद्युत्त विस्तारमा वडा नम्वर १ र २ मा पु¥याउन सकिएको छैन् । यसवर्ष ऊर्जामन्त्रीसँग डलिगेशन गएपछि केही आशा पलाएको छ । त्यसपछि सवै गाउँमा विद्युत्त पुग्ने र उज्यालो नगर बन्ने छ । शिक्षाको नीति स्पष्ट नहुँदा कार्यसम्पादनमा असहज भइरहेको छ । दरवन्दी मिलानसम्वन्धी ठोस योजना छैन्, शिक्षा विकास तथा सम्वन्य इकाइले यसतर्फ अलि चासो देखाउनुपर्छ । शिक्षक अभाव नहुने गरी नयाँ दरवन्दी खडा गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाइ क्रमशः तीन लाख, दुइ लाख र एक लाख नगद सहित पुरस्कृत गर्ने योजना छ ।
यसबीचमा तपाइले कस्तो समस्या चुनौती भोग्नुभयो ?
जनताको आकांक्षा बढी छन् । स्रोत र साधनको कमी छ । जनप्रतिनिधी नआउँदा न्यून विकास हुने गर्दथ्यो । जति काम गरेपनि केही भएन भन्ने आवाजहरु पनि सुनिन्छन् । विकास क्षणिक हुनहुँदैन्, दिर्घकालिन महत्व राख्ने खालको हुनुपर्छ भन्ने सोँचले हामी अघि बढेको अवस्था छ । एक पटक गरिएको राज्यको लगानीमा पटक पटक लगानी गर्न नपरोस् भन्ने चाहान्छौँ । विकासमा नगरबासीको अनूभुति हुनेगरी गर्नुपर्छ । जसले उनीहरुलाइ अपनत्वको विकास गराउदँछ । स्थानीय, प्रदेश र संघीय सरकारबाट हुने बजेटलाइ छरेर होइन एकिकृत रुपमा लगानी गर्नुपर्छ अनिमात्र विकासले गति लिन सक्दछ । चुनावमा पक्ष, विपक्ष भएपनि अवका दिनमा एकमन, एकताका साथ अघि बढेर लाग्यौँ भने पक्कै पनि समृद्ध नगर धेरै टाढाको विषय हुनेछैन् ।