प्यूठान : नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य थापाले प्यूठानी जनताको आशा र भरोसालाई कहिल्यै टुट्न नदिने गरि जिल्लाको बिकास र समृद्धिको लागि आफु लाग्ने बताएका छन् । चुनावी भेटघाटका शिलशिलामा जिल्लाबासीले दिएको मायाँले आफूलाई उत्साहित बनाएको उनले सुनाए ।
समाज र राष्ट्र निर्माणको मेरुदण्ड युवा शक्तिलाई देश निर्माणको मुल प्रवाहमा जोड्न सकेमात्रै जिल्लाको बिकासमा गति लिन सक्ने उनको भनाई छ । राष्ट्रिय युवा संघ नेपाल प्यूठानको निर्वाचन केन्द्रित भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज थापाले युवालाई बिहानीको सुर्योदयसंग तुलना गर्दै गाउँ देश बदल्न युवा शक्तिको खाँचो अपरिहार्य भएकोमा जोड दिए ।
‘यूवाको दृष्टिकोण सहि हुनुपर्छ, जब दृष्टिकोण सफा र सहि हुन्छ, यूवाले देशको भबिश्य निर्माण गर्न सक्छन्’, थापाले भने,‘निर्वाचन जितेर ६४ वडामा एक पटक अनुहार नदेखाउने ब्यक्तिलाई गठबन्धनले झुटो प्रचार गरेर जनता झुक्याउने काम गरिरहेका छन् ।’ एमालेले जनतासंग गठबन्धन गरेर अघि बढेकाले जित सुनिश्चित भएको उनले दावी गरे ।
मूलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न, जनताको स्थिर र बलियो सरकार निर्माण गर्न, राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, गुमेको भूमि फिर्ता ल्याउन र आर्थिक बिकास गरि देश बिकास र समृद्धि ल्याउन लागि एमालेको पक्षमा जनउभार ल्याउन यूवा तथा कार्यकर्ता परिचालन हुनुपर्ने थापाको भनाई छ ।
प्यूठानमा गठबन्धनका कारण नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का असल र जनप्रेमी कार्यकर्ताको मनमा चोट पुगेको भन्दै ती कार्यकर्ताको भावनाको सम्मान गर्ने उनले बताए । ‘नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का असल र जनप्रेमी कार्यकर्ताको म सम्मान गर्दछु उहाँहरुको मनको पनि सम्मान गर्दछु । प्यूठानको भविष्यको लागि उहाँहरुको मतको भावनाको सम्मान गरेर अगाडि बड्ने अठोट गर्दछु ।’
प्रदेशसभा क्षेत्र नम्वर १ का उम्मेदवार तुल्सिराम शर्माले मुलुकमा रोजगारी सृजना गरी वैदेशिक रोजगारीमा जानैपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न देशमै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । रोजगारीका लागि विदेश जाने बाध्यताको अवस्थालाई बदल्नुपर्ने उनको जोड छ । यूवा शक्तिलाई देश बिकास र समृद्धिमा जोड्नु पर्ने उनको भनाइ थियो ।
त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार एवं एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजालले नेकपा एमाले देशको एकमात्र जनमुखी पार्टी भएकाले सूर्य ध्वजाबाहक उम्मेदवारहरूलाई विजयी बनाउने दायित्व आम मतदाता, जनसमुदाय र सम्बन्धित पार्टीका नेता–कार्यकर्ताको दायित्व भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्ट, समानुपातिक उमेदवार सुरज मगर, बेगम बिश्वकर्मा, अनेरास्ववियुका केन्द्रिय सचिव धर्म गिरी, राष्ट्रिय यूवा संघ नेपाल केन्द्रिय सदस्य लिला जिसी लगाएतले सम्बोधन गरेका थिए ।