बांगेशाल (प्यूठान) : नेपालीहरुको प्रवित्ति गलत हुँदा रोजगारी सिर्जना हुन नसकेको प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले बताएका छन् । आफ्नै देशमा श्रम गर्न लजाउने तर विदेशमा जुनसुक काम गर्न पनि पछि नहट्ने प्रवृतिप्रति उनले चिन्ता व्यक्त गरे । साना किसान कृषि सहकारी संस्था लिमिटेड सरुमारानी गाउँपालिका बांगेसालको शनिवार सम्पन्न २१ औँ वार्षिक साधारण सभालाइ सम्वोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘देशमै श्रम नगर्ने यूवा जनशक्तिले विकसित मुलुकमा शौचालय सफा गर्न पनि पछि पर्दैनन्’,उनले भने,‘शिक्षित यूवाले कृषि तथा पशुपालन र आय आर्जनका क्षेत्रमा श्रम गर्ने परिपाटीको विकास गर्नुपर्छ ।’
प्रदेस सरकारको विशेष प्राथमिकतामा कृषि तथा पशुपालन परेको उनले बताए । खाली रहेको खेतीयोग्य भूमीमा व्यवसायीक कृषि गर्न प्रदेस सरकारले जग्गा भाडामा ७५ प्रतिशत लगानी गर्ने नीति ल्याएको समेत उनले जानकारी गराए । सहकारीहरुसंँग स्थानीय सरकार आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । गाँउपालिकाको समृद्धिको आधार कृषि र पशुपालन नै भएकाले सहकारी तथा स्थानीय सरकारले उत्पादनमा बृद्धि ल्याउन साझा संकल्पका साथ अघि बढ्नुको विकल्प नरहेकोमा उनले जोड दिए । ‘पराम्परागत खेतीपाती होईन , अब आधुनिक प्रविधिसंगै जोडिनु पर्दछ ।’ उनले भने । किसानसँग गाँउसरकार कार्यक्रमलाई अझ परिस्कृत तथा व्यवस्थित गर्दै अघि बढाइएको समेत उनले उल्लेख गरे ।
प्रदेस पाँचमा उत्कृष्ट सूचिमा पर्ने एक साना किसान कृषि सहकारीले आर्थिक वर्ष ०७५÷०७६ मा ३४ करोड ८३ लाख ६२ हजार ६ सय ६४ रुपैयाँ बराबरकोआय–व्याय प्रस्तुुत गरेको संस्थाका वरिष्ठ प्रवन्धक निमराज आचार्यले बताए । सहकारीको शेयर पूँजी २ करोड ७१ लाख ६६ हजार रुपैयाँ, निशेप बचत रकम तर्फ ६ करोड ३२ लाख २३ हजार रुपैयाँ रहेको छ । सहकारीले २० करोड ३१ लाख ७७ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
आठ सय ५३ सदस्य संख्या रहेको सहकारीले व्यवसायीक योजना निर्माण गरि आगामी तथा चालु वर्षको भावी योजना तथा कार्यक्रमहरु गर्ने लक्ष्य लिएको संचालक समितिका अध्यक्ष टंक बहादुर जिसीले बताए । कृषि व्यवसाय संचालन गर्ने सदस्यहरुलाई सुलभ व्याजमा कृषि कर्जा, पशुपालन कर्जा, अर्गानिक तरकारी खेति कर्जा र ग्रामीण स्वालम्बन कर्जा ऋण प्रदान गर्ने योजना रहेको जिसीले बताए ।
बाख्रापालनमा ३० भन्दा बढी माउँ बाख्राको संख्या पु¥याउने सदस्यलाई २५ हजार पुुरस्कार दिने व्यवस्था समेत मिलाईएको छ । संस्थाले पशु बीमा कार्यक्रम, घाँस विकास खेती, दुग्घ चिस्यान केन्द्र, पशु स्वास्थ्य शिविर संचालन र पशुनश्ल सुधार कार्यक्रमलाई बोका वितरण कार्यक्रम संस्थाले संचालन गरिरहेको छ । कृषि तथा पशुपालन कार्यलाई जोखिममूक्त बनाउन र व्यवसायलाई सफलता प्रदान गर्न कृषि तथा पशु प्राविधिक मार्फत कृषकहरुको घरदैलोमा पुगेर सेवा दिने योजना अघि सारिएको छ । साधारण सभामा सहकारीले उत्कृष्ट बचतकर्ता, समूह र विद्यार्थीलाइ सम्मान गरेको छ ।